
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५० करोड ३४ लाख १० हजार ३ सय ४२ रुपैयाँ बराबरको बार्षिक बजेट सार्वजनिक गरेको छ ।
१५ औ गाउँसभाको दोश्रो बैठकमा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले आगामी आर्थिक वर्षको आय व्यय सहितको बार्षिक बजेट प्रस्तुत गर्नुभएको हो ।

जसमध्ये चालु खर्च तर्फ ३१ करोड ४१ लाख ७८ हजार ३ सय ९४ अर्थात कुल बजेटको ६२.४१ प्रतिशत र पुँजीगत तर्फ १८ करोड ९२ लाख ३१ हजार ९ सय ४७ अर्थात कुल बजेटको ३७.५९ प्रतिशत रहेको छ ।
बैठकले सभा समक्ष उपाध्यक्ष भण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ पनि पारित गरेको छ । याे समाचार जिटिभीअन्लाइनबाट साभार गरिएकाे हाे ।


