
गुल्मी: मुसिकोट मेयर रनिङ्ग कप- २०८० अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता कार्यक्रमको तैयारी अन्तिम चरणमा पुगेको छ। बुधबार कार्तिक २२ गते देखि कार्तिक २४ गते सम्म हुने मुसिकोट मेयर रनिङ्ग कप-२०८० अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता पहिलो पटक मुसिकोटमा भएको कुरा मुसिकोट नगर खेलकुद बिकास समिति अध्यक्ष सन्दिप खत्री क्षेत्रीले बताउनु भयो।

अध्यक्ष खत्रीले ठूलो धन राशिका बिच अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिताको लागि मंगलबार कार्तिक २१ गते मध्यान्ह १२ बजे सम्म दर्ता गर्न सकिने कुरा र मुसिकोट मेयर रनिङ्ग कप- २०८० लाई सफल, भब्य र सब्य रुपमा सम्पन्न गर्नका निमित्त देशका सम्पुर्ण स्थानीय तहलाइ पत्रचार गरिएको कुरा विभिन्न मिडियामा बताउनुभएको भएको छ।

खत्रीका अनुसार मुसिकोटका अनेकौ राष्ट्रिय गहना र पर्यटकीय क्षेत्र, सामाजिक विकास, कृषि,उद्योग इत्यादि कुरालाइ देश भर चिनाउनका निम्ति यति ठूलो कार्यक्रम गर्न लागिएको कुरा पनि बताउनुभएको छ। कार्तीक २२ देखि २४ गते सम्म मुसिकोट नगरपालिका वडा नं ४ ग्वादिकाचौरमा प्रतियोगिता संचालन हुनेछ।


