बागलुङ। बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत ढोरपाटन नगरपालिका-२ मलकटिबाङमा ध १ ज ९९४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्याक्सीमा सवार बागलुङ जिल्ला ढोरपाटन नगरपालिका-२ पाखुटे बस्ने २८ बर्षिय होम बहादुर पुन र बडिगाड गाउँपालिका ६ छिसफाटका-३२ बर्षिय अस्विन परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिका जाँदै गरेको ट्याक्सी सडक देखि एक सय मिटर तल खसेको उहाँले बताउनुभयो ।