Amalabot Online

गुल्मी मुसिकोटमा पहिलो पटक सर्वाधिक राशिको मेयर रनिङ्ग कप हुँदै (पत्रकार सम्मेलन)

गुल्मी । गुल्मीमा ठुलो धन राशिको प्रथम मुसिकोट मेयर कपको सम्पूर्ण तयारी पुरा भएको छ । मुसिकोट नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनमा मुसिकोट मेयर रनिङ्ग कप कार्तिक २२ गते बुधबार देखि सञ्चालन हुँदैछ । यसैबीच मंगलबार नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।

खेल क्षेत्रमा स्थापित गरी मुसिकोटको पहिचान विश्वव्यापी बनाउने, मुसिकोट नगरपालिकाका विभिन्न धार्मिक र पर्यटकीय स्थलहरुको समेत प्रचार-प्रसार गर्ने उद्धेश्य सहित कार्यक्रम आयोजना गरिएको मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभएको हो ।

समुद्घाटन खेल पोल १ बाट मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिका बीच हुनेछ भने भलिबल प्रतियोगीतामा अहिलेसम्म १० समुहले नाम दर्ता गरेको आयोजक टिमले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
मुसिकोट नगरपालिकाको ४ नम्बर वार्डमा रहेको ग्वादिकाचौर खेल मैदानमा हुने कार्यक्रम बुधबार बिहान ११ बजे लुम्बिनी प्रदेश सभा सदस्य डिल्लिराज भुषालले समुद्घाटन गर्ने तय भएको र समुद्घाटन खेल दिउँसो २ बजेदेखि सुरु हुने अध्यक्ष खत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *