Amalabot Online

गुल्मीको मदानेमा १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न, १४७ जनाले लिए लाभ

गोविन्द भुसाल, गुल्मी । मदाने आँखा उपचार केन्द्रको आयोजनामा मदाने गाउँपालिका वार्ड नम्बर २ को बाझँकटेरी स्वास्थ्य चौकीमा १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।

बाझँकटेरी स्वास्थ्य चौकीको उज्यालो अभियान कार्यक्रम अन्तर्गत मदाने आँखा उपचार केन्द्रको आयोजना तथा बाझँकटेरी स्वास्थ चौकी र बाझँकटेरी समाज काठमाडौंको सह आयोजनामा शिविर संचालन गरिएको बाझँकटेरी स्वास्थ्य चौकीका इन्चार्ज घन बहादुर थापा मगरले जानकारी दिनुभयो ।

उक्त एक दिने आँखा शिविरमा १४७ जनाको निशुल्क आँखा जाँच गरिएको थियो । जसमा १०२ बर्सिय कुवारी सुनारको समेत आँखा उपचार गरिएको थियो ।बाझँकटेरी स्वास्थ्य चौकी इन्चार्ज थापा मगरका अनुसार यस शिविरबाट ६६ जनालाई चस्मा वितरण र बाझँकटेरी समाज काठमाडौंको सौजन्यमा तेह्र हजार पाँच सय दस बराबरको निशुल्क औषधि वितरण गरेको थियो ।

यस्तै उक्त आँखा शिविरमा १० जनाको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने भएकाले उनीहरुको थप उपचारका लागी मदाने गाउँपालिका वार्ड नम्बर ६ मा अवस्थित मदाने आँखा उपचार केन्द्रमा पठाइएको र त्यहाँ उनीहरुको निशुल्क अप्रेसन हुने समेत बाझँकटेरी स्वास्थ्य चौकी इन्चार्ज थापा मगरले जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *