Amalabot Online

कठिन संघर्षको अर्को नाम विष्णु सापकोटा: बनिन् राष्ट्रिय सभा सदस्यमा उम्मेदवार

गुल्मी: आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट विष्णु सापकोटा उम्मेदवार बनेकी छन्। सत्ता गठबन्धन नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सापकोटा हाल नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पदमा रहेकी छन्।

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा जन्मेकी सापकोटाले २०३६ सालदेखि नेपाली कांग्रेसको राजनितिमा प्रवेश गरेकी हुन्। पहिलेको त्यो समयमा महिलाहरुले राजनीति गर्न निकै कठिन अवस्था थियो।
महिलाले घरको काम गर्नु पर्छ, विहे गरेर जानुपर्छ भनेर घरबाट राजनिति गर्न दिने चलन पनि थिएन। तर त्यो संघर्षलाई चिर्दै सापकोटाले भने सानै उमेरदेखि महिला पुरुष बिच विभेद हुनुहुदैन भन्दै नेतृत्व गर्दै आइन।

गुल्मी जिल्लाको वामी टक्सार स्थित महेन्द्र आर्दश माध्यमिक विद्यालयका कक्षा ८ मा पढ्दा नेविसंघको सदस्य बनेर राजनिति प्रवेश गरेकी थिइन। २०४२ सालखेखि नेपाली कांग्रेसको भतृ संगठनमा क्रियाशील रहेकी सापकोटा निरन्तर लाभको पदमा नपुगी राजनीति गर्दै आएकी महिला नेतृ हुन्।

सरल स्वभावकी सापकोटा गुल्मी जिल्लामा सबैले विष्णु दिदी भनेर बोलाउने गर्दथे। नेविसंघको जिल्ला सदस्य हुँदै ०४८ मा इकाइ सदस्य बनेकी थिइन। सापकोटा जिल्लामा कक्षा १० सम्म अध्ययन सकेर उच्च शिक्षा अध्ययन गर्न काठमाडौंमा पुगीन । त्यहाँ रहदा पनि उनि पढाइसँगै विद्यार्थी राजनीतिलाई निरन्तर छोेपेर अगाडी बढिन।

२०५३ मा इकाइ सभापति, ०५५ मा स्ववियू सदस्य बनेकी थिइन। ०५८ सालमा नेविसंघको केन्द्रिय सदस्य बनेकी थिइन। विद्यार्थी राजनितिलाई बिट मारेर ०६३ सालमा गुल्मी जिल्लामा आएर महिला संघको जिल्ला अध्यक्ष बनिन्। सापकोटाले नेपालमा परिर्वतनको पक्षमा चलेका आन्दोलनहरु ०४६ साल, ०६२/०६३ सालमा चलेको आन्दोलनमा महिलाहरुको नेतृत्व गरेर होमिएकी थिइन।

त्यस्तै जिल्ला स्तरमा विभिन्न समयमा हुने आन्दोलनहरुमा पनि उनि सक्रिय भएर उभिने गरेकी थिइन। सापकोटाले राजनीति आफ्नो निहित स्वार्थमा भन्दा पनि आम नागरिकको हितमा हुनुपर्छ भन्ने मान्य आफुमा रहेको बताउने गरेकी छन्।

०७४ सालमा नेपाली कांग्रेस गुल्मीको पार्टी सचिव बनेकी सापकोटा विभिन्न समयमा महाधिवेशन प्रतिनिधि समेत बनेकी छन्। अहिले पनि सापकोटा जिल्लामा रहेका एक र्दजन सामाजिक संघ संस्थमा आवद्ध रहेकी छन्।

उनि २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा मुसिकोट नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेर पराजित भएकी थिइन। माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित भए सबैको साझा बनेर हरेर नागरिकको पक्षमा काम गर्ने उनले बताइन। यो अवसरलाई अधिकतम नागरिकको हितमा आफुले काम गर्ने दृढ अठोट आफुमा रहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *