
दाङ: तुलसीपुरको एक सामुदायिक वनमा एउटै रुखमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका-१३ को सानो बखरिया स्थित शिद्धदेव सामुदायिक वनमा एउटै रुखको छुट्टा छुट्टै हाँगामा माइजू-भान्जा मृत भेटिएका हुन।
झुण्डिएको अवस्थामा एक महिला र युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए। मृत भेटिनेमा तुलसीपुर उपमहानगरपालिका-३, गोटीखोला निवासी १९ वर्षीय युवक तुलसीराम घर्ती र सोही ठाउँकी करिब ३५ वर्षीया बसन्ती थापा रहेको प्रहरीले जनाएको छ। मृतक बसन्ती विवाहित हुन। उनका श्रीमानले केही दिन अघि मात्रै श्रीमती हराएको भन्दै इप्रका तुलसीपुरमा निवेदन दिएका थिए।
बुधबार पात टिप्न गएको बेला स्थानीयले झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । उनीहरूको शव सडेको अवस्थामा फेला परेको छ। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

