Amalabot Online

गुल्मीमा डोजरले मान्छे मारेको घ,टना गुपचाप गर्ने प्रयास_डोजरको नम्बर समेत फरक

गुल्मी: डोजरले हानेर मान्छे मारिन्छ । अनि घटनालाई सामन्यकरण गराउन प्रयासका साथ सञ्चार माध्यममा अर्कै समाचार टिपाईन्छ । यस्तै गरियो बुधबार गुल्मीको पराल्मी गाउँमा । बुधबार दिउँसो एक बजेर २० मिनेट जाँदा रेसुङ्गा नगरपालिका १४ पराल्मीको तारनेटा टापु जोडने सडक मर्मत गर्न लु १ क २३६४ नम्वरको जेसिभी अर्थात डोजरले हानेर स्थानीय ९२ बर्षीय कृष्णबहादुर सुनारलाई मारियो।

तर प्रहरीबाट पुष्टी गर्नु पर्ने समाचार त्यता पुष्टी नगराई त्यहाँका वडाध्यक्ष धनबहाद्ुर थापालाई उदृत गर्दै डोजरले चलाईको ढुङ्गाले किचेर सुनारको मृत्यु भएको समाचार बाहिरिए पछि पिडित परिवार थप पिडित हुँदै बिहिबार जिल्ला प्रहरी कार्यालयमा आई आक्रोष ब्यक्त गर्दै थिए । दशैको सडक मर्मत सम्भार गर्न चलाईएको डोजरले सुनार परिवारको दशैं खोसियो । दशैं मान्ने तयारी गरेका सुनार । जसले सबैको सडक सुविधाका लागि सबैले भन्दा बढि जग्गा दिए ।

उनैलाई त्यसै डोजरले हिर्काएर मारियो । घटनालाई तोडमडोड गर्न समाचार मात्रै अर्कै टिपाईएन, जेसिभीको नम्वर समेत अर्कै टिपाउने चलखेल समेत गरियो । यस बिषयमा जिल्ला प्रहरी कार्यालयमा दलित अधिकारकर्मीहरुले आक्रोष पोख्दै थिए । स्थानीय समाज सेवि गोकर्ण पन्थिले भने डोजरले किचेर मान्छे मारेको छ तर मिडियामा माथिबाट खसेको ढुंगाले किचेर भनिएको छ , कसले टिपायो त्यस्तो न्युज ?

निर्माण ब्यवसायीको तर्फबाट अन्तिमा डोजर चालकको लापर्बाहीबाट सुनारको ज्यान गएको धनिश्वर गौतमले स्वीकार गरे।

अघिल्लो दिन डोजरले चलाएको ढुङ्गाले लागेर सुनारको मृत्यु भएको प्रतिकृया दिएका उनै वडाध्यक्षले पनि अर्को दिन हामी संगको कुराकानीमा डोजले हनेरै मृत्यु भएको स्वीकार गरे ।

मृतकका छोरा शिव सुनारले घटनालाई तोडमडोड गर्ने प्रयास भएको प्रति दुखेसो गरे ।

निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपीले डोजर चालक पाल्पाको माथागढी गाउँपालिका –७ रहबासका २९ बर्षीय कृष्णबहादुर लामिछानेलाई नियन्त्रणमा लिएको जानकारी दिए। उनले चालकको लापरबाही बाटै सुनारको ज्यान गएको घटनास्थलको प्रकृतिले देखाएको बताए।

उप्त डोजको बिमा नगरिएको पाईएको छ । जेपि एण्ड कन्ट्रक्सन प्रालि मालिका ८ को उक्त जेसीभि धनिश्वर सहितका निर्माण ब्यवसायीहरुले भाडामा लिएर चलाईएको बताईन्छ । छलफलमा मृतककी श्रीमति कृष्णकुमारी सुनारलाई डोजर संचालकहरुले ५ लाख २५ हजार क्षतिपुर्ति दिने सहमति भएको छ । तत्काललाई ७५ हजार दिईएको छ भने बाँकी रकम २५ दिन भित्रमा चुक्ता गर्ने सहमति गरिएको छ ।

डोजरले हानेर मान्छे मार्ने चालकलाई प्रहरीले के कस्तो कार्बाही गर्ने हो त्यो भने हेर्न बाँकी छ । यति ठुलो घटनालाई तोडमडोड गर्ने जुन प्रयास भए त्यो मानवता विरोधी थियो । यस्तो बिषयमा सञ्चारकर्मी पनि कतै गलत प्रयोग गरिएको छ कि भन्ने कुरामा सचेत हुन र थप मानिसहरु संग जरुरी देखिएको छ । सोहि समाचार ओझेलका खबरबाट साभार गरिएको हो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *