Amalabot Online

पाल्पामा दशैंको मुखैमा जीप दुर्घटना_६ जनाको ज्यान गयो

पाल्पा – पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाएका छ जनाकै परिचय खुलेको छ ।

दुर्घटनामा पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका–१६ की पार्वती लोहनी, ६५ वर्षीय कृष्ण लोहनी, ११ वर्षीय सविस लोहनी, इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङकाे बेसीसहर नगरपालिका–२ की ५५ वर्षीया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालक ३६ वर्षीय ईश्वर लोहनीको तानसेनमा रहेकाे युनाइट मिशन अस्पतालमा उपचार भइरहेको छ । पर्यटकीय स्थल रानीमहल दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१—०२६ च — ७२०९ नम्बरको जीप आज आइतवार बैकुण्ठे भीरबाट खोलामा खसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *