Amalabot Online

Breaking news 3

मदाने अध्यक्ष कप: भलिबलमा प्रथम मुसिकोट नगरपालिका

मदाने अध्यक्ष कप: भलिबलमा प्रथम मुसिकोट नगरपालिका

Breaking news 3, खेलकुद, समाचार
गुल्मी – गुल्मीको मदाने गाउँपालिकामा अन्तर स्थानीय तह भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाले दाेस्राे अध्यक्षकप भलिबल प्रतियोगिता वडा नम्बर ७ को कुडापानी भनभनेमा फागुन ७ गतेदेखि ९ गते सम्म संचालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए । गुल्मी जिल्लाका स्थानीय तहबाट सहभागी हुन पाइने अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा जम्मा ११ समुहको सहभागीता रहेको थियो । जसमा मुसिकोट नगरपालिकाले प्रथम स्थान लिदै बिजय हाशिल गरेको छ । दोस्रो चन्द्रकोट गाउँपालिका भने तेस्रो स्थानको जित सत्यबती गाउँपालिकाले हातपारेको पन्थिले बताउनु भएको हो। प्रथम पुरस्कार एक लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको थियो। त्यस्तै द्वितीय पुरस्कार ५५ हजार पाँच सय ५५ रुपैयाँ रहेको हो । साथै तृतीय पुरस्कार २५ हजार पाँच सय ५५ रुपैयाँ रहेको थियो । त्यस्तै गाउँपालिका ...
नेविसंघ र अखिल छैठौँले बुटवल बहुमुखीका क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिए

नेविसंघ र अखिल छैठौँले बुटवल बहुमुखीका क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिए

Breaking news 3, राजनीति, समाचार
बुटवल । नेपाल विद्यार्थी संघ र अखिल छैठौँ बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् । क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको मिलोमतोमा क्याम्पसको मुल गेटमा गयराति अनेरास्ववियूको स्वागत बोर्ड राखिएकाले क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका उपसभापति नारायण घिमिरेले बताए । फागुन ६ गते क्याम्पस प्रशासन, प्रध्यापक संङगठनहरु, स्ववियू, विद्यार्थी संङगठनहरुको सर्वदलीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्नुको साटो वोर्ड राख्न दिएकाले आफूहरु बाध्य भएर क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएको उनले बताए । ‘फागुन ६ गते क्याम्पस प्रशासन, प्रध्यापक संङगठनहरु, स्ववियू, विद्यार्थी संङगठनहरुको बैठकले क्याम्पसको मूल गेटको नजिक रहेको स्ववियू बोर्डमा लेखिएको अभिभावदन शब्द परिमार्जन गरी नमस्कार लेख्ने सहमति भएको थियो ।’–उपसभापति घिमिरेले भन...
लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी

लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी

Breaking news 3, खेलकुद, समाचार
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ । शनिबार नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भयो । नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहितकुमार पौडेलको नाममा समान १ विकेट रह्यो । नेदरल्याण्ड्सका २ जना रन आउट भए । बिहान ब्याटिङ गर्न कठिन मानिने त्रिविको विकेटमा टस जितेर फिल्डिङ गर्ने कप्तान रोहितकुमार पौडेलले निर्णयलाई सही सावित गर्दै ओपनर बलर सोमपाल कामीले तेस्रो बलमा नै विकेट लिएका थिए । खाता नै नखो...
पाँचथरमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएपछि गरे आत्महत्या

पाँचथरमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएपछि गरे आत्महत्या

Breaking news 3, समाचार
पाँचथर । पाँचथरको फालेलुङ-२ जोरपाटिका मान बहादुर गुरागाईले शनिबार आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाइ आत्महत्या गरेका छन् । ४० वर्षीय गुरागाईले ३६ वर्षीय श्रीमती बिमला गुरागाईलाई खुकुरी प्रहार गरेर घाइते बनाएका हुन् । गुरागाईलाई खोज्ने क्रममा नजिकैको जंगलमा आइतबार झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घाइते बिमलाको टाउको र बायाँहातमा चोट लागेको छ ।घाइतेकाे जिल्ला अस्पताल पाँचथरमा उपाचार हुन नसके पछि थप उपचारकोलागी झापा स्थित बि.एण्ड.सि लगिएको प्रहरीले जनाएको छ । घटना बारे प्रहरी थप अनुसन्धान गरिरहेको छ । ...
लियो क्लबको निशुल्क आँखा शिविरमा १ सय ४६ जनाले लिए सेवा !

लियो क्लबको निशुल्क आँखा शिविरमा १ सय ४६ जनाले लिए सेवा !

Breaking news 3, समाचार
मुसिकोट । लियो क्लब अफ गुल्मी सालिमेको आयोजनामा मुसिकोट-२ मुसिकोटमा एक दिने नि-शुल्क आँखा शिविर सम्पन्न भएको छ । मङ्गलवार उक्त वडाको देउरालीमा अवस्थित नेपाल राष्ट्रिय त्रिभुवन माबिमा सम्पन्न शिविरबाट आँखा सम्बन्धी समस्या भएका १ सय ४६ जना विरामीले सेवा लिएका छन् । जसमध्ये २४ जनाको मोतियाबिन्दु पहिचान भएको छ । अन्य विरामीहरुलाई आवश्यकता अनुसार नि-शुल्क चस्मा र औषधी वितरण गरियो क्लबले बताएको छ । शिविर मुसिकोट नगरपालिका वडा नम्बर २ को सह-आयोजना, श्री कृष्णहरी सापकोटा रुद्रावती आँखा उपचार केन्द्रको प्राविधिक सहयोग, ग्लोवल आईएमई बैँक वामी शाखाको सामाजिक उत्तरदायित्व अन्तर्गतको विशेष सहयोग साथै विभिन्न समाजसेवी, युवा व्यक्तित्व लगायतको सहयोगमा सम्पन्न भएको क्लबका अध्यक्ष भुगोल सापकोटाले जानकारी दिनुभयो । क्लबले मुसिकोट नगरपालिकाको वडा नं १,२,३ र ४ वडा भित्र आँखा सम्बन्धी समस्या ...
गुल्मीमा बोका चोरेर मासु खाने २ जना पक्राउ

गुल्मीमा बोका चोरेर मासु खाने २ जना पक्राउ

Breaking news 3, समाचार
गुल्मी: गुल्मीमा बोका चोरेर मासु खाने दुई जना पक्राउ परेका छन्। जिल्लाको रेसुङ्गा नगरपालिका-७ बस्ने २३ वर्षीय एक र अर्को एक जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। उनीहरुले मङ्सिर १५ गते राति गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ बर्दबास बस्ने विष्णु कुमारी जोगी कुँवरको अन्दाजी २२ किलोको बोका चोरेका थिए। कुँवरको उजुरीपछि अनुसन्धान गर्दै जाँदा गुल्मीको गुल्मीदरवार गाउँपालिका वडा नम्बर १ मा फेला पारी पक्राउ गरि सोधपुछ गर्ने क्रममा उक्त चोरी गरेको बोका काटि केहि मासु खाएको र केही मासु बिक्री गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको थियो । निजहरुलाई गुल्मी जिल्ला अदालतबाट म्यादथप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । ...
गुल्मीका एक युवा भारतमा रेल दुर्घटनामा घाइते

गुल्मीका एक युवा भारतमा रेल दुर्घटनामा घाइते

Breaking news 3, समाचार
गुल्मी: हिजो बिहीवार दिउँसो करिब १२ बजेतिर भारतको महाराष्ट्र स्थित रेल यात्राका क्रममा दुर्घटनामा परेका गुल्मी पराल्मी गाउँका अन्दाजी २० बर्षिय चित्रबहादुर पाच्या गम्भिर घाइते भई त्यहाँको एक अस्पतालमा उपचार गराई रहेका छन। जिल्लाको रेसुङ्गा नगरपालिका-१४, पराल्मी स्थित यमबहादुर पाच्याका छोरा चित्रबहादुर महाराष्ट्रको उल्लासनगर स्थित रेलको लिकमा बेहोस अवस्थामाभेटिएका थिए। उक्त कुरा जानकारीमा आएपछि प्रवासी नेपाली सम्पर्क विभाग महाराष्ट्रका सभापति राज रोकाय, उल्लास नगर समिति सभापति शंकर विक, प्रवक्ता खबत विश्वकर्मा लगायतका नेपालीहरुले रेल्वे पुलिसको सहयोगमा उल्लास नगरको सेन्ट्रल हस्पिटलमा पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नभए पछि उनलाई मुम्बईको साईन हस्पिटलमा लगेर उपचार गराईएको र आज बिहान उनको होस खुलेको जनाईएको छ। घटनास्थल देखि अस्पताल सम्म रहेका गुल्मी कै छत्रकोट गाउँपालिका-३, ध...
२१ दिनअघि बेनीबाट बेपत्ता भएकी युवती भीरमा मृत फेला

२१ दिनअघि बेनीबाट बेपत्ता भएकी युवती भीरमा मृत फेला

Breaking news 3, राजनीति, समाचार, स्थानीय सरकार
म्याग्दीको बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको पर्वतको मल्लाजस्थित भीरमा शव भेटिएको छ। गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मंगला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटा शनिबार बिहान पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनी सामुदायिक वन क्षेत्रमा मृत भेटिएकी हुन्। म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार शनिबार बिहान भेटिएको शव पुष्पाको भएको पुष्टि भएको र परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी दिए। शव सडेको अवस्थामा भेटिएको थियो। बेनीको कालीपुल पारी रहेको सो जङ्गलको भूगोल पर्वतमा पर्छ। घटनाको बारेमा पर्वत प्रहरीले अनुसन्धान थालेको छ। बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल हलमा कार्यरत सापकोटा कात्तिक २१ गते बिहान पौने ११ बजे त्यहाँबाट निस्किएकी थिइन्। उनको मोबाइलको ‘लोकेशन’ क्याम्पस चोकको टावर रेञ्जमा देखाएको थियो। पुष्पाको मृत्युको...
पाल्पामा दोस्रो माडी सास्कृतिक,पर्यटन,कृषि तथा व्यापार महाेत्सव उद्घाटन

पाल्पामा दोस्रो माडी सास्कृतिक,पर्यटन,कृषि तथा व्यापार महाेत्सव उद्घाटन

Breaking news 3, समाचार
पाल्पा ।पाल्पामा सराई युवा क्लबको आयोजनामा दोस्रो माडी सास्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८० सुरु भएको छ । दोस्रो माडी सास्कृतिक,पर्यटन,कृषि तथा व्यापार महाेत्सवको शुभारम्भ अघि बाजागाजा, विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकीसहित माथागढी गेट देखी खहरे बजार परिक्रमा गर्दै सराइ खेलमैदान महोत्सव स्थलसम्म र्‍याली प्रदर्शन गरिएको थियो। महोत्सव सफल पारौं, कृषि र पर्यटन प्रवर्द्धनमा हातेमालो गरौं भन्ने उद्घोषसहित निस्किएको विशाल महोत्सव र्‍यालीमा माथागढि गाउँपालिका अध्यक्ष यम बहादुर चिदी सहित अन्य जनप्रतिनिधिले सहभागिता जनाएका थिए । दोस्रो माडी सास्कृतिक,पर्यटन,कृषि तथा व्यापार महाेत्सवको उद्घाटन गर्दै माथागढि गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले कृषि र पर्यटनको विकास हुन नसके आर्थिक समृद्धि हासिल नहुने उल्लेख गर्नुभयो । धार्मिक पर्यटनलाई लक्षित गरी माथागढी गाउँपालिक...
गुल्मीको चन्द्रकोट गाउँपालिकामा एकीकृत घुम्ती शिविर सुरु

गुल्मीको चन्द्रकोट गाउँपालिकामा एकीकृत घुम्ती शिविर सुरु

Breaking news 3, राजनीति, समाचार, स्थानीय सरकार
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले एकीकृत घुम्ती सेवाको मंगलबार देखि शुभारम्भ गरेको छ । नागरिकको घरदैलो मै पुगेर सेवा दिने उद्देश्यले सञ्चालन भएको एकीकृत घुम्ती सेवा मंसिर २४ गतेसम्म विभिन्न वडामा सञ्चालन हुने छ । चन्द्रकोट गाउँपालिका वडा नं. ५ ग्वाघाबाट सुरु भएको उक्त कार्यक्रममा योजना संझौता, उपभोक्ता समितिहरुका लागि अनुशिक्षण कार्यक्रम, जेष्ठ नागरिक परिचयपत्र वितरण, व्यवसाय तथा कृषि÷पशुफर्म दर्ता एवम् नवीकरण, माटो परिक्षणका लागि नमुना संकलन, कृषि तथा पशुसेवा परामर्श एवम् औषधि वितरण, स्वास्थ्य परिक्षण, परामर्श तथा औषधि वितरणका सेवाहरु उपलब्ध भएको थियो । पहिलो दिनको शिविरमा १७९ जना नागरिकले सेवा लिएका छन । जसमध्ये स्वास्थ्य सेवा लिनेको संख्या बढी रहेको छ । कार्यक्रम यस अघि प्रकाशित सूचना अनुसार प्रत्येक वडामा तोकिएको मितिमा संचालन हुने गाउँपालिकाले जनाएको छ । जसअन...