Amalabot Online

गुल्मीमा आजदेखि पुरुष तथा महिलाको पालिका स्तरीय भलिबल प्रतियोगिता

गुल्मी: गुल्मीमा आजदेखि पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै छ। आजदेखि उपल्लो तम्घासमा सुरु हुन लागको महोत्सवमा १२ वटै स्थानीय तहका पुरुष र महिला गरी २१ टिमबीच प्रतिस्पर्धा हुने जिल्ला भलिबल संघका अध्यक्ष राजन कुँवरले जानकारी दिए।

कार्तिक १८ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले पुरुषतर्फ नगद ७७ हजार ७७७ सहित ट्रफी, कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५, तृतीय पुरस्कार ३३ हजार ३ सय ३३ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ सहित कप मेडल र प्रमाणपत्र रहेको जिल्ला भलिबल संघ गुल्मीका महासचिव नारायण आचार्यले जानकारी दिए ।

यस्तै महिला तर्फ प्रथम पुरस्कार ३५ हजार दृतिय पुरस्कार २५ हजार तृतीय पुरस्कार १५ हजार र सान्त्वना पुरस्कार १० हजार सहित शिल मेडल प्रमाणपत्र रहेको छ । कपको मुख्य प्रायोजक गुल्मीकै पहिलो अन्तर्राष्ट्रिय भलिबल खेलाडी रेसुङ्गा नगरपालिका–२ छापटो घर भैइ हाल अमेरिका रहेका प्रेम कुवर रहेको आयोजकले जनाएको छ ।

पालिका स्तरिय भलिबल प्रतियोगितामा पुरुष र महिला तर्फ जिल्लाका १२ वटा पालिकाले नै समुह दर्ता गरेको जिल्ला भलिबल संघ गुल्मीका अध्यक्ष राजन कुँवरले जानकारि दिए । जिल्ला समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको खेल दिउँसो दुई बजेबाट सुरु हुने अध्यक्ष कुँवरले जानकारी दिए।

जिल्लाभरका स्थानीय तह बीचको आत्मीयता बढाउन, रेसुङ्गा, अर्जुन, उनाएचौर जस्ता धार्मिक एवं पर्यटकीय स्थलको प्रचारमा टेवा पुर्याउन साथै व्यपार व्यवसायीको प्रबर्द्धन गर्नु पनि भलिबल कपको उद्देश्य रहेको आयोजकको दावी छ । राष्ट्रिय खेलाडीलाई प्रतियोगितामा सहभागी नगराईने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *