Amalabot Online

गुल्मीको तल्लाफाँटमा अन्तर विद्यालय मैत्रीपूर्ण छात्र भलिबल खेल भब्य रुपमा सम्पन्न

गुल्मी। गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नम्बर ५ तल्लाफाँटको श्री शिवशंकर माद्यामिक विद्यालयमा दशैं लक्षित अन्तर विद्यालय मैत्रीपूर्ण छात्र भलिबल प्रतियोगिता हिजो सनिबार सम्पन्न भएको हो। कार्तिक १० र ११ गते दुइ दिन भनेर आयोजना गरिएको कार्यक्रम भब्य र सब्य रुपमा सम्पन्न भएको खेल संयोजक शिक्षक कृष्ण घिमिरेले जानकारी दिनुभएको हो।

रोचक तरिकाले सम्पन्न भएको खेलमा करिब दर्जन टिमको सहभागिता रहेको थियो। विद्यालय तथा दानदाताहरुको सहयोगबाट आयोजना गरिएको कार्यक्रममा रेकर्ड डान्स र भलिबल खेल लगायतका कार्यक्रमहरु भएको कुरा जय जय कोटेश्वर समुह व्यवस्थापक लब्ली किरण खरेलले जानकारी दिनुभएको हो। निकै सोचक तरिकाले सम्पन्न भएको कार्यक्रममा दानदाता, खेलाडी,कलाकार,पत्रकार तथा समाजसेवी बुद्धिजीवी व्यक्तित्त्वलाइ समेत सम्मान गरिएको कुरा खेल संयोजक घिमिरेले बताउनुभएको हो।

प्रमुख अतिथि नगर प्रमुख जिवलाल खरेल जीवन, विशिष्ट अतिथि मुसिकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ऋषिस्वर अर्याल, विद्यालय व्यवस्थापन समिति, आमा समूहका पदाधिकारी, क्लबका पदाधिकारीहरु, नगर खेलकुद बिकाश समितिका अध्यक्ष सन्दिप खत्री, युवा समाजसेवी सुरज भट्टराई, विद्यालयका शिक्षक तथा भूपु शिक्षक,पत्रकार लगायतको सम-उपस्थिति रहेको थियो।

उक्त भलिबल खेलमा प्रथम उपाधि श्री त्रिभुवन मा वि मु न पा-६ भुवाचीदी र दोश्रो उपाधि श्री दुर्गा भवन मा वि आँपचौरले पाएको थियो। खेलमा सेमिफाइनल सम्म पुग्ने विद्यार्थी खेलाडीलाइ समेत पुरस्कार र सहभागिता भएर खेल खेल्ने विद्यार्थी खेलाडीलाइ आउने जाने खर्च समेत आयोजकले प्रदान गरेको कुरा पनि संयोजक घिमिरेले बताउनुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *