Amalabot Online

गुल्मीमा पहिरोमा परी १७ वर्षीय किशोरको मृत्यु, दुई जना घाइते ।

गुल्मीमा पहिरोमा परी मजदुरको मृत्यु भएको छ ।
जिल्लाको रेसुङगा नगरपालिका वडा नम्वर तीन भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधिन घर माथिबाट पहिरो खस्दा मजदुर प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर तीनका १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए ।
यस्तै पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर तीनका २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शबलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *