कृष्ण कँडेल र कलाकारबिचको विवाद अदालत पुग्यो !
काठमाडौँ। चर्चित लोक दोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र कलाकार शर्मिला श्रेष्ठबीच केही दिनदेखि सामाजिक सञ्जालमा चर्किएको विवाद अदालत पुगेको छ ।
इन्द्रेणीबाट निकालिएको भनिएका शर्मिलासहितका कलाकारहरुले लगाएको आरोपको आज अपराह्न पत्रकार सम्मेलन गरि खण्डन गरेका कँडेलले उनीहरुबिरुद्ध अदालतमा मुद्दा दर्ता गराएसँगै विवाद अदालत पुगेको हो । शर्मिलासहितलाई प्रतिवादी बनाएर कँडेलले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गराएका छन् ।
पहिले इन्द्रेणीमै काम गर्ने छ जना कलाकारहरुले पहिले फेसबुक लाइभमा र लगत्तै पत्रकार सम्मेलन गरेर कँडेलले श्रम शोषण गरेको बताएका थिए । शर्मिलाले आफू तीनवर्षदेखि ’यौन दुर्व्यवहार’ को शिकार भएको गम्भीर आक्षेपसमेत लगाएकी थिइन् ।
तर, कँडेलले भने त्यस्ता आरोप निराधार रहेको दाबी गरेका छन् । आज पत्रकार सम्मेलनमा उनले श्रम शोषण नगरेको...









