Amalabot Online

शिक्षा

मदन भुसालको अध्यक्षतामा द राईजिङ युथ फर सोसाइटीको नयाँ कार्यसमिति चयन

मदन भुसालको अध्यक्षतामा द राईजिङ युथ फर सोसाइटीको नयाँ कार्यसमिति चयन

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
बुटवल । द राईजिङ युथ फर सोसाइटी रुपन्देहीमा पद हस्तान्तरण गरिएको छ । जिल्लाको बुटवलस्थित डलफिन रिसोर्टको सभाहलमा दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २०७९/०८० का अध्यक्ष विस्वास घिमिरेले २०८०/२०८१ का अध्यक्ष मदन भुसाललाई पदभार हस्तारण गरेका हुन् । कार्यक्रममा अध्यक्ष भुसालले २०८०/२०८१ का सम्पूर्ण बोर्ड सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । पद हस्तान्तरण गर्दै घिमिरेले आफ्नो एक वर्षे कार्यकालमा गरेका महत्त्वपूर्ण कामका बारेमा जानकारी गराउँदै एक वर्षको अवधिमा क्लबले कोराना सचेतना अभियान, वृक्षरोपण ,विद्यालयमा छात्राहरुलाई सेनेटरी प्याड वितरण लगायतका कामहरु सम्पन्न गरेको उद्घोष गरे । घिमिरेले पद हस्तान्तरण गर्दै नयाँ अध्यक्ष भुसाललाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना समेत दिए । कार्यक्रमका प्रमुख अतिथि बुटवल उपम...
संवैधानिक परिषदकाे बैठक सुरु

संवैधानिक परिषदकाे बैठक सुरु

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
काठमाडौँ । संवैधानिक परिषद् बैठक सुरु भएको छ । बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा छलफल भइरहेको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की चार दिनपछि २० साउनबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि बैठकले नाम सिफारिस गर्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् । ...
सुन तस्करी प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीको संसदमा जवाफ दिनु पर्छ : महामन्त्री शर्मा

सुन तस्करी प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीको संसदमा जवाफ दिनु पर्छ : महामन्त्री शर्मा

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्ने बताएका छन् । आज (शुक्रबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले सुन तस्करी प्रकरण सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसद बैठकमा खोज्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसदको भएको भन्दै अविलम्व संसद सुरु हुनुपर्ने बताए । उनले सुन प्रकरणको गहिराइमा गएर छानबिन हुनुपर्ने पनि बताएका छन् । उनले छानबिनको माग गर्दै संसद बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको भन्दै छलफलबाट समाधानमा पुग्नुपर्ने उल्लेख गरे । उनले विमानस्थलबाट सरकारको कमजोरीका कारण सुन तस्करी भएको भन्दै सिनामंगल चोकमा सरकारले नै सुन समातेको पनि उनले उल्लेख गरे । ...
मुसिकोटले उत्कृष्ट अगुवा कृषक,उद्यमी व्यावसायीलाई सम्मान गर्यो

मुसिकोटले उत्कृष्ट अगुवा कृषक,उद्यमी व्यावसायीलाई सम्मान गर्यो

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले नगरपालिका भित्रका उत्कृष्ट कृषक, व्यावसायी र उद्यमीहरुलाई सम्मान गरेको छ । “आफ्नै गाउँ फर्की आउँ” र पख्नोस तपाईँकालागि हामी केही गर्दैछौँ कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका उत्कृष्ट १९ जना अगुवा कृषक तथा उद्यमी व्यावसायीहरुलाई सम्मान एवम् पुरस्कृत गरेको हो । मुसिकोट नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र विनियोजित ६ लाख बजेटबाट नगरपालिका भित्र रहेका कृषक, उद्यमी व्यवासाय मध्ये लगानी, आम्दानी र फर्मको अवस्थाका बारेमा स्थलगत निरिक्षण गरी पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ । मुसिकोट नगरपालिकाको कृषि कार्यक्रम सञ्चालन तथा अनुदान सम्बन्धी कार्यविधि २०७४ प्रथम संसोधन २०७९ अनुसार नगरपालिकाले कार्यक्रममा आबद्ध हुन २०७९ जेठ ४ गते सुचना प्रकाशन गरेको थियो । जसमध्ये ४२ जनाको आवेदन परेको थियो । ९ वटै वडाबाट आएका आवेदनहरुल...
खुमन अधिकारीको तिज गित `न यता न उता ´सार्वजनिक भएसंगै दर्शकको रोजाइमा

खुमन अधिकारीको तिज गित `न यता न उता ´सार्वजनिक भएसंगै दर्शकको रोजाइमा

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
बुटवल । चर्चित लोक दोहोरी गायक खुमन अधिकारीको तिज गित `न यता न उता ´सार्वजनिक भएसंगै दर्शकको रोजाइमा पर्न थालेको छ । आउँदै गरेको नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वलाई लक्षित गरी चर्चित लोकतथा दोहोरी गायक खुमन अधिकारी र विष्णु श्रीपालीको आवाज रहेको `न यता न उता ´सार्वजनिक गरिएको छ । विक्रमबाबु विस्वकर्माको शब्द रहेको उक्त गितमा नारायण विपिको लय रहेको छ ।भने यो गितमा चर्चित मोडल ओबि रायमाझी ,नारायणी खत्री ,साहिर के सि र विष्णु श्रीपाली लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । सुनिल परियारको एरेन्ज रहेको सो गीतको भिडियोको निर्देशन  र कोरियोग्राफी जेरि भण्डारीले गरेकी छन् । जसको छायांकन करण चैसिरले गरेका छन् । ...
रोल्पामा बस दुर्घटना : दुइको शव भेटियो, अरुको उद्धार हुँदै

रोल्पामा बस दुर्घटना : दुइको शव भेटियो, अरुको उद्धार हुँदै

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
रोल्पा । रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ । त्रिवेणी गाउँपालिका–७ स्थित रिचि भन्ने ठाउँमा ना ५ ख १६१२ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएको र दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ । घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ । प्रहरीले गम्भीर घाइतेहरुको थप उपचारका लागि घोराही पठाउने तयारी गरिरहेको छ । अरुको उद्धार कार्य जारी छ । ...
सदनको अवरोध खुलाउन एमाले सहमत : सुन प्रकरणमा गृहमन्त्रीले जवाफ दिने

सदनको अवरोध खुलाउन एमाले सहमत : सुन प्रकरणमा गृहमन्त्रीले जवाफ दिने

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले दुई सातादेखि अवरुद्ध संसद बैठक सञ्चालन गर्न सहमत भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा एमालेले यस्तो सहमति जनाएको हो । गत साउन ३ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने भएपछि एमाले संसदको अवरोध खुलाउन तयार भएको हो । बैठकमा दलका अन्य नेताहरुले पनि सुन तस्करी प्रकरणबारेमा बोल्ने भएका छन् । एमालेका सचेतक महेश बर्तौलाले गृहमन्त्री श्रेष्ठको जवाफ सुनेपछि थप निर्णय लिने बताएका छन् । यदि गृहमन्त्रीको जवाफमा चित्त नबुझेमा फेरि संसदमा अवरोध रहने उनले बताए । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए । सुनकाण्ड अनुसन्धानका लागि उच्च स्तरीय...
मुसिकोटले गत आ.व २०७९/०८० को बार्षिक प्रगति समिक्षा सम्पन्न गर्यो

मुसिकोटले गत आ.व २०७९/०८० को बार्षिक प्रगति समिक्षा सम्पन्न गर्यो

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
सागर भण्डारी, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० को बार्षिक प्रगति समिक्षा तथा चालु आर्थिक वर्ष २०८०/०८१ का लागि बार्षिक कार्य योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । मुसिकोट नगरपालिका वडा नं ४ स्थित ग्वादिकाचौर सभा हलमा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्षमा नगरपालिका मार्फत सञ्चालित कार्यक्रम, योजना, गतिविधि, खर्च विवरण, खर्चको प्रभावकारीता , स्थानीय तहका अवसर चुनौति तथा आगामी दिनको कार्यदिशा समेतमा शाखा/इकाई प्रमुखहरूले आआफ्नो प्रस्तुती राखेका थिए । प्रशासन शाखा मार्फत सञ्चालित कार्यक्रमहरुबारे प्रस्तुती दिँदै प्रशासन शाखा प्रमुख मुना ज्ञवालीले हालसम्म ९९ वटा ऐन, नियम कार्यविधि रहेकोमा चालु आर्थिक वर्षमा मात्रै ८ वटा ऐन, नियम र कार्यविधि निर्माण गरिएको बताउनुभयो । जसमध्ये ४ वटा नयाँ कार्यविधि र ४ वटा संसोधन गरिएको उहाँको भनाई छ । नगरपालिकामा रिक...
गुल्मीका सहोदर दाजुभाई नेविसंघको केन्द्रीय सदस्यमा मनोनित

गुल्मीका सहोदर दाजुभाई नेविसंघको केन्द्रीय सदस्यमा मनोनित

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
नेविसंघको ७१० को तदर्थ समितिमा सहोदर दाजुभाई केन्द्रीय सदस्यमा मनोनित भएका छन् । गुल्मी मदाने गाउँपालिका ३ का पदम भट्टराई र शिव भट्टराई मनोनित भएका हुन् । पेशाले पदम चार्टर एकाउन्टेन्ट हुन् । उनी चार्टर एकाउन्टेन्ट अध्ययन गर्न भारत पुगे । इन्सिच्युट अफ चार्टर एकाउन्टेन्ट अफ इन्डिया (आईसीएआई) मा भर्ना भए । चार्टर एकाउन्टेन्ट पढ्ने विद्यार्थीलाई मूलधारको राजनीतिमा जोड्नुपर्छ भनेर सन् २०१३ मा सीए नेविसंघ, भारत युनिटको संस्थापक अध्यक्ष बने । त्यसअघि उनी जेभिएर इन्टरनेशनल कलेजमा कक्षा १२ पढ्दै गर्दा गुल्मी काठमाडौं सम्पर्क समितिको कोषाध्यक्ष थिए । निजी कलेजमा राजनीति गर्न नपाइने भएकाले समाजमा जोडिएका थिए । २०७३ सालको नैनसिंह महर नेतृत्वको नेविसंघको केन्द्रीय समितिमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । १४औँ महाधिवेशनमा गुल्मीबाट महाधिवेशन प्रतिनिधिसहित महासमिति सदस्य निर्वाच...
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित हुन सक्ने

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित हुन सक्ने

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
काठमाडौँ । नेपालमा अहिले विहारको उत्तरी भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रधावले लुम्बिनी तथा सदूर पश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (शुक्रबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । राति भने कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका ...