भलिवल कप २०८० : दुबै उपाधी सत्यवतीले चुम्यो
गुल्मी । प्रथम भलिबल कप २०८० मा कालिपार भनेर चिनिने सत्यवति र कालिगण्डकी गाउँपालिकाका खेलाडीले उत्कृष्ट प्रर्दशन गरेका छन् । निर्वाचन क्षेत्रका हिसावले भलिवलमा क्षेत्र नं २ कम्जोर देखिएको छ । पुरुष तर्फको तृतिय पुरस्कार मुसिकोटले सान्त्वना मात्रै पायो । त्यो बाहेक क्षेत्र नं २ ले महिला पुरुषका सवै अवसर गुमायो । क्षेत्र नं १ तर्फ गुल्मी दरवारले महिला तर्फको तृतिय र रुरुले सान्त्वनामा चित्त बुझाएर प्रमुख अवसर बडिगाड र कालिपारका पठाउनुको विकल्प देखिएन ।
महिला तथा पुरुष तर्फका दुवै उपाधी सत्यवति गाउँपालिकाको पोल्टामा परेका छन् । यो बिरलै प्राप्त हुने अवसर हो । उपाधीसंगै सत्यवतिले खेल क्षेत्रमा राम्रो संभावना देखाएको छ । १५ कार्तिकबाट जिल्ला भलिबल संघ गुल्मीले पालिकास्तरिय भलिवल प्रतियोगीता आयोजना गरेको थियो । प्रतियोगीतामा सत्यवति गाउँपालिकाका महिला र पुरुषतर्फका खेलाडीले उत्कृष्ट खेल ...