सुन तस्करी प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीको संसदमा जवाफ दिनु पर्छ : महामन्त्री शर्मा
Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्ने बताएका छन् ।
आज (शुक्रबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले सुन तस्करी प्रकरण सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसद बैठकमा खोज्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसदको भएको भन्दै अविलम्व संसद सुरु हुनुपर्ने बताए । उनले सुन प्रकरणको गहिराइमा गएर छानबिन हुनुपर्ने पनि बताएका छन् ।
उनले छानबिनको माग गर्दै संसद बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको भन्दै छलफलबाट समाधानमा पुग्नुपर्ने उल्लेख गरे । उनले विमानस्थलबाट सरकारको कमजोरीका कारण सुन तस्करी भएको भन्दै सिनामंगल चोकमा सरकारले नै सुन समातेको पनि उनले उल्लेख गरे ।
...









