गुल्मीमा मध्य साउनसम्म ७९ प्रतिशत रोपाइँ
Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
अनिल खत्री १५ साउन, गुल्मी । गुल्मी जिल्ला मध्य साउनसम्म ७९ प्रतिशत रोपाइँ भएको छ । यसवर्ष कृषकले धानको ब्याड राख्ने समयमा खडेरी परेकाले बिउ ढिलो उम्रेको र पानीका मूलहरु पनि प्रर्याप्त नभएकाले मध्य साउनसम्म ७९ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।जिल्लामा जेठको अन्तिम साताबाट रोपाइँ सुरु गरेर साउनको अन्तिम सातासम्म बर्खे धान खेती रोप्ने गरेको भण्डारीले बताउनुभयो । किसानहरु धानखेती रोप्न व्यस्त बनेका छन् ।जिल्लामा कुल ९ हजार १५३ हेक्टरमा धान खेती गरिदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । त्यसमध्ये ४ सय ४५ क्षेत्रफलमा चैते धान रोपिदै आएको छ ।
जिल्लाभर रामधान, खुमल चार, खुमल ६, खुमल दश, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेका छन् । हाइब्रिड जातहरुमा च्याम्पियन, शंकर...









