गुल्मीमा विद्यार्थीलाई दुना-टपरी बनाउने तालिम
गुल्मी – गुल्मी जिल्लाको सिद्धबाबा माध्यमिक विद्यालयमा विद्यार्थीलाई दुना-टपरी बनाउने तालिम दिन थालिएको छ । पछिल्लो समय पलाष्टिक जन्य वस्तुको प्रयोगले परम्परागत सीप संस्कृति समेत संकटमा पर्दै जान थालेको छ ।
जिल्ला सदरमुकाम तम्घासमा रहेको विद्यालयले पढाईसँगै व्यवहारिक ज्ञानसमेत प्रदान गर्ने उदेश्यले दुना–टपरी बनाउने तालिम प्रदान गरेको विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसले बताए । उनका अनुसार विद्यार्थीको पढाईसँगै अतिरिक्त समयमा व्यवहारिक ज्ञानसमेत प्रदान गर्ने गरिएको हो ।
पछिल्लो पीढीका विद्यार्थीहरु परम्परागत सीपको बारेमा जानकारी गराउने र उनिहरुलाई पनि सहभागि गराउने उदेश्यले विद्यालयले लिएको छ । दुना–टपरी खुटने तालिममा विद्यार्थीहरुले उत्साह पूर्वक सहभागि हुने गरेको विद्यालयले जनाएको छ ।
सालको पातबाट तयार गरिने दुना–टपरी विभिन्न धार्मिक कार्यहरुमा प्रयोग गर्ने गरिन्छ ...









