गुल्मी मुसिकोटको शिद्धेवर गुफामा यज्ञ सम्पन्न
गुल्मीको मुसिकोट नगरपालिका-५ अमलाबोटमा रहेको शिद्धेश्वर महादेव (गुफा) मन्दिरमा हिजो माघ ८ गते भब्य यज्ञ सम्पन्न भएको हो। सधै दर्शनार्थीको घुइंचो लाग्ने शिद्धेश्वर महादेव मन्दिरमा भएको यज्ञ अहिले सम्मकै पहिलो यज्ञ भएको स्थानीय बताउछन।
प्रचार-प्रसार बाट थोरै पछाडी भएको मन्दिर आज भन्दा करिब २८ वर्ष पहिले सपनीमा दीक्षा दिएर बिपनिमा उल्था भएको मन्दिर हो। यस मन्दिरमा ढुंगाबाटै बनेका बाजागाजा(मादल,खैजडी,दमाह)लगायत शिवलिङ्ग, पंचमुखे शंख रहेका छन्। खैन्चौर र अमलाबोट गाउको बीच चमेरे खोल्साको नजिकै आफै उत्पन्न भएको सोहि गुफामा धेरै सत्यता लुकेको स्थानीय बताउछन्।
सुन्दर, मनोरम तथा अद्भुत दृष्य रहेको मन्दिरमा हिजो मात्र भब्य यज्ञ सम्पन्न गरि भक्तजनहरुबाट भेटि संकलन गरिएको थियो। देश तथा विदेशबाट अमलाबोट बासि तथा स्वदेश विदेशमा छरिएर रहनुभएका भक्तजनहरुबाट संकलन भेटिबाट शिद्धेवर महादेव ...









