Amalabot Online

लोकप्रिय

सदनको अवरोध खुलाउन एमाले सहमत : सुन प्रकरणमा गृहमन्त्रीले जवाफ दिने

सदनको अवरोध खुलाउन एमाले सहमत : सुन प्रकरणमा गृहमन्त्रीले जवाफ दिने

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले दुई सातादेखि अवरुद्ध संसद बैठक सञ्चालन गर्न सहमत भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा एमालेले यस्तो सहमति जनाएको हो । गत साउन ३ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने भएपछि एमाले संसदको अवरोध खुलाउन तयार भएको हो । बैठकमा दलका अन्य नेताहरुले पनि सुन तस्करी प्रकरणबारेमा बोल्ने भएका छन् । एमालेका सचेतक महेश बर्तौलाले गृहमन्त्री श्रेष्ठको जवाफ सुनेपछि थप निर्णय लिने बताएका छन् । यदि गृहमन्त्रीको जवाफमा चित्त नबुझेमा फेरि संसदमा अवरोध रहने उनले बताए । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए । सुनकाण्ड अनुसन्धानका लागि उच्च स्तरीय...
मुसिकोटले गत आ.व २०७९/०८० को बार्षिक प्रगति समिक्षा सम्पन्न गर्यो

मुसिकोटले गत आ.व २०७९/०८० को बार्षिक प्रगति समिक्षा सम्पन्न गर्यो

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
सागर भण्डारी, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० को बार्षिक प्रगति समिक्षा तथा चालु आर्थिक वर्ष २०८०/०८१ का लागि बार्षिक कार्य योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । मुसिकोट नगरपालिका वडा नं ४ स्थित ग्वादिकाचौर सभा हलमा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्षमा नगरपालिका मार्फत सञ्चालित कार्यक्रम, योजना, गतिविधि, खर्च विवरण, खर्चको प्रभावकारीता , स्थानीय तहका अवसर चुनौति तथा आगामी दिनको कार्यदिशा समेतमा शाखा/इकाई प्रमुखहरूले आआफ्नो प्रस्तुती राखेका थिए । प्रशासन शाखा मार्फत सञ्चालित कार्यक्रमहरुबारे प्रस्तुती दिँदै प्रशासन शाखा प्रमुख मुना ज्ञवालीले हालसम्म ९९ वटा ऐन, नियम कार्यविधि रहेकोमा चालु आर्थिक वर्षमा मात्रै ८ वटा ऐन, नियम र कार्यविधि निर्माण गरिएको बताउनुभयो । जसमध्ये ४ वटा नयाँ कार्यविधि र ४ वटा संसोधन गरिएको उहाँको भनाई छ । नगरपालिकामा रिक...
गुल्मीका सहोदर दाजुभाई नेविसंघको केन्द्रीय सदस्यमा मनोनित

गुल्मीका सहोदर दाजुभाई नेविसंघको केन्द्रीय सदस्यमा मनोनित

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
नेविसंघको ७१० को तदर्थ समितिमा सहोदर दाजुभाई केन्द्रीय सदस्यमा मनोनित भएका छन् । गुल्मी मदाने गाउँपालिका ३ का पदम भट्टराई र शिव भट्टराई मनोनित भएका हुन् । पेशाले पदम चार्टर एकाउन्टेन्ट हुन् । उनी चार्टर एकाउन्टेन्ट अध्ययन गर्न भारत पुगे । इन्सिच्युट अफ चार्टर एकाउन्टेन्ट अफ इन्डिया (आईसीएआई) मा भर्ना भए । चार्टर एकाउन्टेन्ट पढ्ने विद्यार्थीलाई मूलधारको राजनीतिमा जोड्नुपर्छ भनेर सन् २०१३ मा सीए नेविसंघ, भारत युनिटको संस्थापक अध्यक्ष बने । त्यसअघि उनी जेभिएर इन्टरनेशनल कलेजमा कक्षा १२ पढ्दै गर्दा गुल्मी काठमाडौं सम्पर्क समितिको कोषाध्यक्ष थिए । निजी कलेजमा राजनीति गर्न नपाइने भएकाले समाजमा जोडिएका थिए । २०७३ सालको नैनसिंह महर नेतृत्वको नेविसंघको केन्द्रीय समितिमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । १४औँ महाधिवेशनमा गुल्मीबाट महाधिवेशन प्रतिनिधिसहित महासमिति सदस्य निर्वाच...
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित हुन सक्ने

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित हुन सक्ने

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
काठमाडौँ । नेपालमा अहिले विहारको उत्तरी भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रधावले लुम्बिनी तथा सदूर पश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (शुक्रबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । राति भने कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका ...
मुसिकोट भित्र सञ्चालित होटल व्यवसायहरुमा भदौदेखि नयाँ मुल्य सुची

मुसिकोट भित्र सञ्चालित होटल व्यवसायहरुमा भदौदेखि नयाँ मुल्य सुची

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
सागर भण्डारी, गुल्मी । होटल व्यवसायी मञ्च मुसिकोटले नगरभित्र सञ्चालित होटल व्यवसायहरुले बिक्री वितरण गर्ने वस्तु तथा सेवाको नयाँ मुल्य कायम गरेको छ । होटल व्यवसायी मञ्च गुल्मीको श्रावण २० गते बसेको बैठकको निणर्य अनुसार जिल्लाभरका होटल व्यवसायका लागि निर्धारित नयाँ मुल्यसूचीलाई मुसिकोट शाखाको २७ गते बसेको बैठकले अनुमोदन गरी कार्यान्वयन गर्ने निणर्य गरेको हो । होटल व्यवसायमा प्रयोग हुने कच्चा पदार्थ सहित खाद्यान्न र अन्य सामाग्रीहरुको मुल्य वृद्धि भएकाले होटलबाट उत्पादन हुने खाद्यान्न सामाग्रीहरुको पनि मुल्य वृद्धि गरिएको होटल व्यवसायी मञ्च मुसिकोटका अध्यक्ष विवेक काफ्लेले जानकारी दिनुभयो । बजार र व्यवसायको आधारमा मञ्चले विभिन्न समयमा मुल्यसूची परिमार्जन गर्दै आईरहेको छ । थोक मूल्य र छिमेकी जिल्लाहरुको मूल्य दरको आधारमा हाल कायम गरिएको नयाँ मूल्यसूची पुरानो मूल्यसू...
गुल्मीमा बेवारिसे शव फेला

गुल्मीमा बेवारिसे शव फेला

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ मा एक बेवारिसे शव फेला परेको छ । उक्त वडाको सिम्ले भन्ने स्थानको एक खोलामा बिहिबार साँझ अन्दाजी ३२ वर्र्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक कुशल सिंह ठकुरीले जानकारी दिए । प्रहरीका अनुसार, फेला परेको शव सडकबाट टाढा रहेको र त्यस स्थानमा लगातार पानी परिरहेकोले शव निकाल्नको लागि समस्या भइरहेको छ । हालसम्म फेला परेको शवको पहिचान हुन सकेको छैन् । स्थानीयले शव देखेपछि आफुहरुलाई खबर गरेकोले आफुहरु घटनास्थलमा आइपुगेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक ठकुरीले बताए । उनका अनुसार, त्यस गाउँबाट एक जना पुरुष विगत केही दिनदेखि हराइरहेको भन्ने निवेदन प्रहरीकोमा आएकोले संकाको बिषय रहेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले शव फेला परेको जानकारी ...
बडिगाडमा भिरबाट लडेर मृत्यु भएका गुरुङको परिवारलाई सहयोग

बडिगाडमा भिरबाट लडेर मृत्यु भएका गुरुङको परिवारलाई सहयोग

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । खर बोक्ने क्रममा भिरबाट लडेर ज्यान गुमाएका बडिगाड गाउँपालिका वडा नं ५ दाँगका स्व. देविराम गुरुङको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । घरको अभिभावक गुरुङको मृत्यु भएपछि परिवारको विचल्ली भएको अवस्थाका बारेमा जिटिभि नेपालले केही महिना अगाडी भिडियो सामाग्री प्रशारण गरेको थियो । उक्त भिडियो सामाग्री हेरेपश्चात हाल हङकङमा रहनुहुने प्रितिका गुरुङले पठाउनुभएको नगद रु १० हजार रुपैयाँ जिटिभि नेपालले घरमै पुगेर हस्तान्तरण गरेको हो । गुरुङले यसभन्दा अगाडी पनि उक्त परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । दैनिक ज्याला मजदुरी गरी परिवारको जिविकोपार्जन गर्दै आईरहेका स्व.देविरामको मृत्यु पछि उनका सन्तानको विचल्ली भएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा पुग्नुभएका बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले समेत उक्त परिवारलाई नगद रु १ हजार रुपैयाँ स...
सिम्रिक एयरको सबै उडानमा आजदेखि रोक

सिम्रिक एयरको सबै उडानमा आजदेखि रोक

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडान आज (शुक्रबार) देखि रोकेको छ । प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख नतिरेकाले आज (शुक्रबार) देखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एयरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडान रोकिएको उनको भनाइ छ । ‘सिम्रिक एयरको वित्तीय अवस्थाका कारण पाइलट तथा कर्मचारीको पारिश्रमिक नै नपाउने अवस्था हुनु उडान सुरक्षाका दृष्टिकोणले गम्भीर मानिन्छ, त्यसैले प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकोप्टरको उडानमा रोक लगाइएको हो’, सूचना अधिकारी भूलले भने । नागरिक उड्डयन निमयावली–२०५८ र विमानस्थल सेवा शूल्क नियमावली–२०७८ बमोजिम सिम्रिक एयरको उडानमा रोक लगाइएको हो । भुलका अनुसा...

लतिला निवास प्रकरणका दुई आरोपी रिहा, अरुको पाँच दिन म्याद थप

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकामध्ये दुई जना रिहा भएका छन् । मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रिहा भएका छन् । स्वास्थ्यका कारण उनीहरुलाई मुद्दा बुझाउने दिन पेश गर्ने गरी बुधबार रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन् । सो प्रकरणमा पक्राउ परेका अन्यलाई भने आजै काठमाडौँ जिल्ला अदालतबाट थप ५ दिन म्याद थप भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत हिरासतमा छन् । ...
गुल्मीको मुसिकोट नगरपालिकाका वडाध्यक्ष मृत फेला

गुल्मीको मुसिकोट नगरपालिकाका वडाध्यक्ष मृत फेला

Breaking news 3, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मोहन घिमिरे मृत फेला परेका छन् । उनी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । बिहान फेसबुक स्ट्याटस लेखेर ‘अलबिदा’ भनेका घिमिरे  घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।  प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको बताएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन्। ...