पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
पाल्पा । सिद्धार्थ राजमार्ग गए राति (शनिबार) देखि अवरुद्ध भएको छ । तानसेन–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै हेडबक्समा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
पहिरो गए राति करिब १० बजेतिर खसेको हो । अहिले पनि राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । दुईवटा जेसिबिले पहिरो पन्छाउने काम भइरहेको छ ।
पहिरो ठूलो खसेको हुँदा कतिबेला सुचालु हुन्छ भन्ने यकिन नभएको थापाले बताएका छन् । माथिबाट ठूलो ढुंगासहित अझै पहिरो खस्ने खतरा रहेको छ । राजमार्ग अवरुद्ध भएपछि गए रातिदेखि सयौंको संख्यामा सवारी साधन बीच बाटोमा रोकिएका छन् । कयौं यात्रु गन्तव्यमा पुग्न नसकेर बीच बाटोमै अलपत्र परेका छन्
...









