मुसिकोटले उत्कृष्ट अगुवा कृषक,उद्यमी व्यावसायीलाई सम्मान गर्यो
Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले नगरपालिका भित्रका उत्कृष्ट कृषक, व्यावसायी र उद्यमीहरुलाई सम्मान गरेको छ ।
“आफ्नै गाउँ फर्की आउँ” र पख्नोस तपाईँकालागि हामी केही गर्दैछौँ कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका उत्कृष्ट १९ जना अगुवा कृषक तथा उद्यमी व्यावसायीहरुलाई सम्मान एवम् पुरस्कृत गरेको हो ।
मुसिकोट नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र विनियोजित ६ लाख बजेटबाट नगरपालिका भित्र रहेका कृषक, उद्यमी व्यवासाय मध्ये लगानी, आम्दानी र फर्मको अवस्थाका बारेमा स्थलगत निरिक्षण गरी पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ ।
मुसिकोट नगरपालिकाको कृषि कार्यक्रम सञ्चालन तथा अनुदान सम्बन्धी कार्यविधि २०७४ प्रथम संसोधन २०७९ अनुसार नगरपालिकाले कार्यक्रममा आबद्ध हुन २०७९ जेठ ४ गते सुचना प्रकाशन गरेको थियो । जसमध्ये ४२ जनाको आवेदन परेको थियो ।
९ वटै वडाबाट आएका आवेदनहरुल...









