मदन भुसालको अध्यक्षतामा द राईजिङ युथ फर सोसाइटीको नयाँ कार्यसमिति चयन
Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
बुटवल । द राईजिङ युथ फर सोसाइटी रुपन्देहीमा पद हस्तान्तरण गरिएको छ । जिल्लाको बुटवलस्थित डलफिन रिसोर्टको सभाहलमा दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा २०७९/०८० का अध्यक्ष विस्वास घिमिरेले २०८०/२०८१ का अध्यक्ष मदन भुसाललाई पदभार हस्तारण गरेका हुन् । कार्यक्रममा अध्यक्ष भुसालले २०८०/२०८१ का सम्पूर्ण बोर्ड सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । पद हस्तान्तरण गर्दै घिमिरेले आफ्नो एक वर्षे कार्यकालमा गरेका महत्त्वपूर्ण कामका बारेमा जानकारी गराउँदै एक वर्षको अवधिमा क्लबले कोराना सचेतना अभियान, वृक्षरोपण ,विद्यालयमा छात्राहरुलाई सेनेटरी प्याड वितरण लगायतका कामहरु सम्पन्न गरेको उद्घोष गरे । घिमिरेले पद हस्तान्तरण गर्दै नयाँ अध्यक्ष भुसाललाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना समेत दिए ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपम...









