मुसिकोटले गत आ.व २०७९/०८० को बार्षिक प्रगति समिक्षा सम्पन्न गर्यो
Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
सागर भण्डारी, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० को बार्षिक प्रगति समिक्षा तथा चालु आर्थिक वर्ष २०८०/०८१ का लागि बार्षिक कार्य योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
मुसिकोट नगरपालिका वडा नं ४ स्थित ग्वादिकाचौर सभा हलमा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्षमा नगरपालिका मार्फत सञ्चालित कार्यक्रम, योजना, गतिविधि, खर्च विवरण, खर्चको प्रभावकारीता , स्थानीय तहका अवसर चुनौति तथा आगामी दिनको कार्यदिशा समेतमा शाखा/इकाई प्रमुखहरूले आआफ्नो प्रस्तुती राखेका थिए ।
प्रशासन शाखा मार्फत सञ्चालित कार्यक्रमहरुबारे प्रस्तुती दिँदै प्रशासन शाखा प्रमुख मुना ज्ञवालीले हालसम्म ९९ वटा ऐन, नियम कार्यविधि रहेकोमा चालु आर्थिक वर्षमा मात्रै ८ वटा ऐन, नियम र कार्यविधि निर्माण गरिएको बताउनुभयो । जसमध्ये ४ वटा नयाँ कार्यविधि र ४ वटा संसोधन गरिएको उहाँको भनाई छ ।
नगरपालिकामा रिक...








