Amalabot Online

Breaking news 1

मुसिकोटका युवाको जापानमा असामयिक निधन, अन्तिम संस्कारको लागि आर्थिक सहयोगको अपिल

मुसिकोटका युवाको जापानमा असामयिक निधन, अन्तिम संस्कारको लागि आर्थिक सहयोगको अपिल

Breaking news 1, समाचार
गुल्मी: मुसिकोट नगरपालिका-७, चिसापानी काफलटोल स्थायी घर भै हाल जापानको टोकियो बस्दै आएका सागर सापकोटाको यहि पौष ११ गते राती असमायिक निधन भएको छ। जापानको टोकियोस्थित आफ्नो श्रीमती सहित निप्पोरीमा बस्दै आएका सापकोटा आफ्नै कोठामा सुतिरहेकै अवस्थामा मृत फेला परेका हुन। मृत सापकोटाको अन्तिम संस्कार तथा अन्त्येष्टीको लागि वामी सेवा समिती जापानले आर्थिक संकलन अभियान शुरुवात गरेको छ भने सहयोगको लागि सबैलाइ अपिल गरेको छ। ...
गुल्मीमा १२ जना चोरीमा संलग्न पक्राउ !

गुल्मीमा १२ जना चोरीमा संलग्न पक्राउ !

Breaking news 1, समाचार
गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले बुधबार एकैदिन १२ जना चोरीमा संलग्न व्यक्तिहरुलाई सार्वजनिक गरेको छ । विभिन्न ६ घटनाका १२ जनालाई पक्रा गरेर डाँकाचोरी मुद्धा दर्ता गरेको छ । यो मुद्धामा एकैदिन हिरासतमा १२ जना भएको जिल्लामा पहिलो हुन सक्ने प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिए । कुनकुन घटनामा कोको पक्राउ परे ?ईस्मा गाउँपालिका–५ सिराराका २० बर्षीय सागर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । उनले १५ मंसिरमा माधव कुँवरको लु ३६ प ५१८७ नंम्बरको मोटरसाईकल र सुरेश बहादुर दमाईको लु ५४ प १०२३ नं.को मोटरसाईकल चोरी गरी भागेका थिए ।. त्यस्तै गत २८ मंसिरमा धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थलका दिन बहादुर कामीको किराना पसल चोरी गर्ने सोहि स्थानका २२ बर्षीय गणेश सुनारलाई प्रहरीले पक्राउ गरेको छ । १५ मंसिरमा रेसुङ्गा नगरपालिका ५ बर्दबासी बिष्णु कुमारी जोगी कुँवरक...
गुल्मीमा केही दिन देखि हराइरहेका बालक जंगलमा मृत फेला

गुल्मीमा केही दिन देखि हराइरहेका बालक जंगलमा मृत फेला

Breaking news 1, समाचार
अनिल खत्री, गुल्मी: गुल्मीमा १० दिनदेखि हराइरहेका बालक जंगलमा मृत फेला परेका छन्। जिल्लाको चन्द्रकोट गाउँपालिका-३, हर्राचौरका ६ वर्षिय बालक मृत अवस्थामा जंगलमा फेला परेको प्रहरीले जनाएको छ। मंसिर २२ गते घरबाट हराएका बालकलाई खोज्ने क्रममा घर नजिकैको गगनगैरा भन्ने जंगलमा मृत अवस्थामा फेला परेका थिए। मृत फेला परेका बालकको शव केहि भाग जंगली जनावरले खाएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। यो पनि: गुल्मी हर्राचौरका पाँच बर्षिय बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह बालक जंगलमा मृत फेला परे पश्चात थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेको कमाण्डमा टोली घटनास्थल तर्फ लागेको छ। घटनाको स्थलगत अवस्था हेरे पश्चात मात्रै कारण खुल्ने डिएसपी पाण्डेले बताउनुभयो। बालकको घर नजिकै जंगल रहेको प्रहरीले जनाएको छ। बालक दृष्टिवि...
इस्मामा अख्तियारको अन्तरक्रिया : सहि सूचना दिनेलाई पुरस्कृत र गलत सूचना दिनेलाइ दण्डित गर्न माग

इस्मामा अख्तियारको अन्तरक्रिया : सहि सूचना दिनेलाई पुरस्कृत र गलत सूचना दिनेलाइ दण्डित गर्न माग

Breaking news 1, समाचार
सुमन महतारा, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा अख्तियार अनुसन्धान आयोगले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले इस्मामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रममा उपस्थित रामराज्य माध्यामिक बिद्यालय व्यावस्थापन समिति अध्यक्ष चन्द्र महत र पालुखा माध्यामिक बिद्यालय व्यावस्थापन समिति अध्यक्ष टामलाल केसिले कसैलाई दुख्ख दिने नियत भए अख्तियारमा उजुरी हाले हुने बताएका छन् । उनिहरुले सहि सूचना दिएर उजुरी हाल्नेलाइ पुरस्कृत र गलत सूचना दिएर दुख्ख दिने नियत राख्ने व्याक्तिलाइ दण्डित गर्नुपर्ने बताए । दुख्ख दिने नियतले मुद्दा हाल्नेकाे सङ्ख्या बढेको उनिहरुकाे गुनासो छ । कार्यक्रममा अख्तियार बुटवल कार्यालयका उपसचिव ठाकुर प्रसाद आचार्य, इन्जिनियर टीकाबहादुर थापा लगायतले कार्...
उहिलेको ‘तमघाँस’ अहिलेको ‘तम्घास’ बजार

उहिलेको ‘तमघाँस’ अहिलेको ‘तम्घास’ बजार

Breaking news 1, समाचार
अनिल खत्री, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा बढदो आधुनिकतासँगै पुराना डिजाइनका घरहरु भत्काएर नयाँ घरहरु निर्माण गर्ने क्रम बढदै गएको छ । कुनै समयका निकै राम्रो मानिएका ढुंगा, माटो, काठ र जस्ता पाता लगायत प्रयोग गरेर निर्माण गरिएका घरहरु तम्घास बजारमा हराउदै जान थालेका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको विकाससँगै अहिले पुराना डिजाइनका घरहरु हराउदै जान थालेका छन् । त्यस्ता घरहरु तम्घास बजारमा अहिले केहि मात्रामा मात्रै देख्न सकिन्छ ।अहिले बजार रहेका ती पुराना डिजाइनका घरहरु कुनै समयमा निकै राम्रा मध्येका घर हुन् । आधुनिकताको विकाससँगै अहिले सिमेन्टर, छड, इटा प्रयोग गरेर घरहरु धमाधम निर्माण हुँदै गएका छन् । यसरी निर्माण हुँदा पुराना डिजाइनका घरहरु अहिले हराउदै गएका हुन् । पुराना घरहरु हराएसँगै तम्घास बजारले नयाँ स्वरुप लिएको छ । २००९ सालअघिसम्म तम्घासको पुरै झाडी थि...
गुल्मीमा बालिकालाई यौन दुर्व्यवहार गर्ने एक पुरुष पक्राउ !

गुल्मीमा बालिकालाई यौन दुर्व्यवहार गर्ने एक पुरुष पक्राउ !

Breaking news 1, समाचार
गुल्मी । गुल्मीमा बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । कालिगण्डकी गाउँपालिकाकी एक बालिकालाई यौन दुव्र्यवहार गर्ने पर्वत बिहादी गाँउपालिका वडा नं. ६ घर भई हाल कालिगण्डकी गाँउपालिका ६ बस्ने खिम प्रसाद भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । पीडितले दिएको जाहेरीका आधारमा भट्टराईलाई करणी सम्बन्धी कसुर (बालयौन दुरुपयोग) मुद्धामा पक्राउ गरी सोमबार जिल्ला अदालत गुल्मीबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान हुँदै गरेको प्रहरीले जनाएको छ । ...
मुसिकोटको भुवाचिदीमा सञ्चालित व्यवसायहरुको अनुगमन !

मुसिकोटको भुवाचिदीमा सञ्चालित व्यवसायहरुको अनुगमन !

Breaking news 1, समाचार, स्वास्थ्य
प्रकाश घिमिरे, मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिका वडा नं-६ कुर्घा स्थित भुवाचिदी बजारमा सञ्चालित पसल व्यवसायहरुको अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना एवम् जिल्ला प्रशासन कार्यालय गुल्मीको सहजीकरणमा बजार क्षेत्रका खाद्यान्न, तरकारी, फेन्सी तथा सुनचाँदी लगायतका पसलको अनुगमन गरिएको हो । बजारक्षेत्रका झण्डै २५ वटा पसलमा गरिएको अनुगमनका क्रममा केही पसलहरुका म्याद गुज्रेका सामाग्री भेटिएका छन् । त्यस्तै कतिपय व्यवसाय दर्ता बिना सञ्चालन रहेको, मूल्यसूची नराख्ने गरेको, दर्ता भन्दा फरक कारोबार गर्ने गरेको लगायतका समस्याहरु भेटिएको घरेलु तथा साना उद्योग कार्यालयका त्रिविक्रम ज्ञवालीले जानकारी दिनुभयो । अनुगमनमा पहिलो पटक भएकाले सुझाव र सल्लाह दिएपनि आगामी दिनमा पुनः सोही कमजोरी भेटिए कारबाही स्वरुप जरिवाना लिईने उहाँले बताउनुभयो । अनुगमनका क्रममा झण्ड...
अस्पतालले मृत्यु प्रमाणपत्र बनाएर पठाएको व्यक्ति घाट लैजान लाग्दा जीवितै!

अस्पतालले मृत्यु प्रमाणपत्र बनाएर पठाएको व्यक्ति घाट लैजान लाग्दा जीवितै!

Breaking news 1, समाचार, स्वास्थ्य
इटहरी । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवितै पाइएको हो । प्रतापका छिमेकी पहल कटुवालका अनुसार उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोश भएका थिए। उनलाई तत्काल इनरुवा अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नहुने भन्दै विराटनगरमा रहेको कोशी अस्पताल रिफर गरिएको थियो । उपचारका क्रममा कोशी अस्पताल लगिएका ...
गुल्मीको मदानेमा १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न, १४७ जनाले लिए लाभ

गुल्मीको मदानेमा १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न, १४७ जनाले लिए लाभ

Breaking news 1, समाचार, स्वास्थ्य
गोविन्द भुसाल, गुल्मी । मदाने आँखा उपचार केन्द्रको आयोजनामा मदाने गाउँपालिका वार्ड नम्बर २ को बाझँकटेरी स्वास्थ्य चौकीमा १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । बाझँकटेरी स्वास्थ्य चौकीको उज्यालो अभियान कार्यक्रम अन्तर्गत मदाने आँखा उपचार केन्द्रको आयोजना तथा बाझँकटेरी स्वास्थ चौकी र बाझँकटेरी समाज काठमाडौंको सह आयोजनामा शिविर संचालन गरिएको बाझँकटेरी स्वास्थ्य चौकीका इन्चार्ज घन बहादुर थापा मगरले जानकारी दिनुभयो । उक्त एक दिने आँखा शिविरमा १४७ जनाको निशुल्क आँखा जाँच गरिएको थियो । जसमा १०२ बर्सिय कुवारी सुनारको समेत आँखा उपचार गरिएको थियो ।बाझँकटेरी स्वास्थ्य चौकी इन्चार्ज थापा मगरका अनुसार यस शिविरबाट ६६ जनालाई चस्मा वितरण र बाझँकटेरी समाज काठमाडौंको सौजन्यमा तेह्र हजार पाँच सय दस बराबरको निशुल्क औषधि वितरण गरेको थियो । यस्तै उक्त आँखा शिविरमा १० जनाको मोतियाबिन...
गुल्मीमा मुसिकोटमा गोरु पाल्ने किसानलाई हलो उपहार !

गुल्मीमा मुसिकोटमा गोरु पाल्ने किसानलाई हलो उपहार !

Breaking news 1, राजनीति, समाचार
गुल्मी । बिरलै गरिने सम्मान । किसानलाई हलो उपहार । सोमबार मुसिकोट नगरपालिका-८ का कृषक ४७ बर्षीय हिरा बहादुर नेपालीले हलो उपहार पाए । उनले १५ बर्षदेखि गोरु पाल्छन् । उनले छिमेकी चार जना धनश्याम सापकोटा, भक्त केसी, गुञ्ज बहादुर केसी र कृष्ण विकको खेतबारी समेत ठेक्कामा काम गरेका छन् । छिमेकीहरु बसाई सरेर वामी र तराई झरे । हातमा बल र सीप भएका नेपालीले धान, मकै र गहुँ तीन बाली भित्राउँछन् । आफ्नो काम सकेर गाउँमा पनि गोरु पुराउँछन् । एक हल गोरु र हलीको एक हजार पाँच सय रुपैयाँ पारिश्रमीक छ । गाउँमा गोरु पाल्नेहरु निकै कम हुँदै गएको बेला वडाले गरेको सम्मानले उर्जा मिलेको नेपालीले बताए । ‘गाउँमा मेसिन नपुग्ने खेतबारी बाँझै बसे । बडो मुस्किलले गोरु पाइन्छ,’उनले भने,‘जनशक्ति नहुँदा हलो पनि पाइँदैन् ।’ मान्छे बर्षेनी दोब्बर संख्यामा पहाडबाट बसाइसराई सरेर मधेश झरेका छन् । गुल्मीका ग्रामी...