Amalabot Online

स्थानीय सरकार

शुद्धोधनमा कपडा बैंक सञ्चालनमा

शुद्धोधनमा कपडा बैंक सञ्चालनमा

Breaking news 1, समाचार, स्थानीय सरकार
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा कपडा बैंक (क्लोथ बैंक) सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बश्याल, उपाध्यक्ष शान्तादेवी ज्ञवाली, प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर घर्ती लगायतले कपडा बैंकको उद्घाटन गरे । क्लोथ एण्ड फूड बैंक नेपालले शुद्धोधन गाउँपालिकाको सहकार्यमा कपडा बैंक स्थापना गरेको हो । सोही अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष बश्यालले कपडाविहीनलाई कपडा दिने र कपडाविहीन मुक्त गर्ने पुण्य कार्यमा जोडिन सबैलाई आग्रह गरे । कपडा बैंकमा जम्मा हुने कपडाले दुःखी र विपन्न वर्गहरुलाई धेरै सहज हुने उनको विश्वास छ । समाज परिर्वतनका लागि युवाले सुरु गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफु जोडिन पाउँदा खुसी व्यक्त गरे ।गाउँपालिका उपाध्यक्ष ज्ञवालीले कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्ने भन्दै घर...
गुल्मी इन्द्रेगौडामा पुरुष भलिबल प्रतियोगिताको तैयारी तिब्र

गुल्मी इन्द्रेगौडामा पुरुष भलिबल प्रतियोगिताको तैयारी तिब्र

Breaking news 1, खेलकुद, शिक्षा, समाचार, स्थानीय सरकार
गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं.-५ इन्द्रेगौंडामा कृयाशिल गतिशील युवा क्लबद्वारा संचालन हुन लागेको खुल्ला वडा स्तरीय पुरुष भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम-२०८० लक्षित तैयारी तिब्र पारिएको छ। फागु पुर्णिामा (होली) को अवसर पारेर चैत १०,११ र १२ गते गरि ३ दिन सन्चालन हुने कार्यक्रममा भलिबल खेल तर्फ प्रथम पुरस्कार नगद रु. ३० हजार कप,मेडल र प्रमाण-पत्र, द्वितीय पुरस्कार नगद रु. २० हजार कप,मेडल र प्रमाण-पत्र र सान्त्वना दुई टिमलाई क्रमश ५/५ हजार र विधागत पुरस्कार (उत्कृष्ट र अनुशासन खेलाडी) रहेको गतिशील युवा क्लबका अध्यक्ष चेतनारायण अर्यालले अमलाबोट अन्लाईनलाई जानकारी दिनुभयो। त्यसै गरि खुल्ला रेकर्ड डान्स प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगद रु ५ हजार र प्रमाण-पत्र, द्वितीय पुरस्कार नगद रु.३ हजार र प्रमाण-पत्र र तृतीय पुरस्कार नगद रु एक हजार र प्रमाण-पत्र रहने कुरा ...
मुसिकोटमा जनप्रतिनिधि र कर्मचारीको छोराछोरी पनि सामुदायिक विद्यालयमा पढाउनु पर्ने

मुसिकोटमा जनप्रतिनिधि र कर्मचारीको छोराछोरी पनि सामुदायिक विद्यालयमा पढाउनु पर्ने

Breaking news 1, शिक्षा, समाचार, स्थानीय सरकार
गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकाले जनप्रतिनिधि र सरकारी सेवामा रहेका कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने सुचना जारी गरेको छ । नगरभित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरूले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने सुचना जारी गरेको हो । नगरपालिकाले सूचना निकालेर जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गरेको नगरपालिकाका नगरप्रमुख जीवन खरेलले बताउनुभयो । सामुदायिक विद्यालय शिक्षालाई गुणस्तरीय बनाउनको लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले यो व्यवस्था लागू गरेको नगरप्रमुख खरेलले बताउनुभयो । सरकारी सेवामा कार्यरत कर्मचारी र जनप्रतिनिधिले निजी विद्यालयमा अध्ययन गराएकाले यसको अत्यको लाग...
२१ दिनअघि बेनीबाट बेपत्ता भएकी युवती भीरमा मृत फेला

२१ दिनअघि बेनीबाट बेपत्ता भएकी युवती भीरमा मृत फेला

Breaking news 3, राजनीति, समाचार, स्थानीय सरकार
म्याग्दीको बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको पर्वतको मल्लाजस्थित भीरमा शव भेटिएको छ। गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मंगला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटा शनिबार बिहान पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनी सामुदायिक वन क्षेत्रमा मृत भेटिएकी हुन्। म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार शनिबार बिहान भेटिएको शव पुष्पाको भएको पुष्टि भएको र परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी दिए। शव सडेको अवस्थामा भेटिएको थियो। बेनीको कालीपुल पारी रहेको सो जङ्गलको भूगोल पर्वतमा पर्छ। घटनाको बारेमा पर्वत प्रहरीले अनुसन्धान थालेको छ। बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल हलमा कार्यरत सापकोटा कात्तिक २१ गते बिहान पौने ११ बजे त्यहाँबाट निस्किएकी थिइन्। उनको मोबाइलको ‘लोकेशन’ क्याम्पस चोकको टावर रेञ्जमा देखाएको थियो। पुष्पाको मृत्युको...
गुल्मीको चन्द्रकोट गाउँपालिकामा एकीकृत घुम्ती शिविर सुरु

गुल्मीको चन्द्रकोट गाउँपालिकामा एकीकृत घुम्ती शिविर सुरु

Breaking news 3, राजनीति, समाचार, स्थानीय सरकार
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले एकीकृत घुम्ती सेवाको मंगलबार देखि शुभारम्भ गरेको छ । नागरिकको घरदैलो मै पुगेर सेवा दिने उद्देश्यले सञ्चालन भएको एकीकृत घुम्ती सेवा मंसिर २४ गतेसम्म विभिन्न वडामा सञ्चालन हुने छ । चन्द्रकोट गाउँपालिका वडा नं. ५ ग्वाघाबाट सुरु भएको उक्त कार्यक्रममा योजना संझौता, उपभोक्ता समितिहरुका लागि अनुशिक्षण कार्यक्रम, जेष्ठ नागरिक परिचयपत्र वितरण, व्यवसाय तथा कृषि÷पशुफर्म दर्ता एवम् नवीकरण, माटो परिक्षणका लागि नमुना संकलन, कृषि तथा पशुसेवा परामर्श एवम् औषधि वितरण, स्वास्थ्य परिक्षण, परामर्श तथा औषधि वितरणका सेवाहरु उपलब्ध भएको थियो । पहिलो दिनको शिविरमा १७९ जना नागरिकले सेवा लिएका छन । जसमध्ये स्वास्थ्य सेवा लिनेको संख्या बढी रहेको छ । कार्यक्रम यस अघि प्रकाशित सूचना अनुसार प्रत्येक वडामा तोकिएको मितिमा संचालन हुने गाउँपालिकाले जनाएको छ । जसअन...
गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु

गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु

Breaking news 3, राजनीति, समाचार, स्थानीय सरकार
गुल्मी । गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार, मालिका गाउँपालिकाको छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला ठकुरी छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आउनुभएको थियो । बिहिबार दिउँसो साढे १ बजेको समयमा आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केसरा सुन्तला अड्किएका थिए । श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो । उपचारको लागि अस्पताल ल्याइकोमा उनलाई दिउँसो साढे २ बजेको समयमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ...
बेपत्ता भएका ढोरपाटन नगरपालिकाका मेयर एक्कासी आए सम्पर्कमा

बेपत्ता भएका ढोरपाटन नगरपालिकाका मेयर एक्कासी आए सम्पर्कमा

Breaking News 2, राजनीति, समाचार, स्थानीय सरकार
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको छ महिनापछि समाजिक संञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएका छन् । उनले आफ्नो व्यक्तिगत फेसबुकमार्फत बचत कर्ताहरुलाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नु परेको बताएका छन् । शेयर सदस्यले नै इमेज सहकारी ब्यूताउदै भन्ने समाचार प्रकाशित भएको भोलिपल्टै नेपाली फेसबुक लाईभ मार्फत सम्पर्कमा आउनुभएको छ । उहाँले मेरो घरमा हतियार सहित ज्यान मार्ने धम्की दिएको र छ लाख बचत भएकाले करोडौको घर मागेको भन्दै वेपत्ता हुनुपरेको बताउनुभयो । संस्थापक अध्यक्षकै हैसियतले वक्तव्य निकालेर जानकारी समेत दिएको भन्दै उहाँले लाईभ मार्फत इमेज सहकारीको समस्या व्यवहारिक रुपमा समाधान गर्ने बताउनुभयो । मेरो चल अचल सम्पती पुरै बागलुङमा रहेको भन्दै कर्मचारीले आफुलाई असहयोग भएको ...
मुसिकोट नगरपालिकामा मसिंर १० गते सार्वजनिक बिदा

मुसिकोट नगरपालिकामा मसिंर १० गते सार्वजनिक बिदा

Breaking news 1, राजनीति, समाचार, स्थानीय सरकार
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले मसिंर १० गते सार्वजनिक बिदा दिने भएको छ । नगरकार्यपालिकाको कार्तिक २१ गते बसेको बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निणर्य गरेको नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिनुभयो । विशेष गरी कार्तिक शुक्ल चतुर्दशी (वैकुण्ठ चतुर्दशी) दिन मुसिकोट नगरपालिकाकै ऐतिहासिक एवम् धार्मिक क्षेत्र कुर्घा मालिका मन्दिरमा विशेष मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिईएको उहाँको भनाई छ । मालिकामा बैकुण्ठ चर्तुदशीको अवसरमा विशेष पुजाआजा हुने गर्दछ । पुजा आजाका लागि गुल्मी लगायत पाल्पा, अर्घाखाँची, वाग्लुङ्घ, प्यूठान, स्याङ्जा लगायतका जिल्लाहरूवाट सयौंको संख्यामा श्रद्धालुहरू आउने गर्दछन् । मालिका मन्दिरमा पुगेपछि श्रद्धालुहरूले मन्दिर नजिकै रहेको ढुङ्गाको कापवाट निस्कीयको पानीले नुहाउँने आफुले लगेका भाकलहरूको वली दिने, प...
मुसिकोट नगरस्तरीय पुरुष/महिला भलिबल समूह निर्माण,को को परे समुहमा ?

मुसिकोट नगरस्तरीय पुरुष/महिला भलिबल समूह निर्माण,को को परे समुहमा ?

Breaking news 1, खेलकुद, समाचार, स्थानीय सरकार
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले नगरस्तरीय पुरुष/महिला भलिबल समुह निर्माण गरेको छ । नगर खेलकुद विकास समितिले पालिका भित्र रहेका भलिबल खेलाडीहरुबीच एक आपसमा प्रतिष्प्रधात्मक खेल सम्पन्न गरी उत्कृष्ट खेलाडी छनौट गरेको हो । असौज १० गते सम्पन्न नगर खेलकुद विकास समितिको बैठकले नगरस्तरीय भलिबल समुह निर्माण गर्ने निणर्य गरेको थियो । सोही बमोजिम नगरपालिकाले खेलाडी छनौटका लागि आवेदन माग गरेको थियो । जसमध्ये ४० जना पुरुष खेलाडी र २४ जना महिला खेलाडीले आवेदन दिएका थिए । प्राप्त आवेदनका आधारमा २ दिनसम्म ग्वादिकाचौरमा आन्तरिक रुपमा प्रतिष्प्रधात्मक खेलहरु सम्पन्न गरी खेलाडी छनौट गरीएको नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो । भलिबल खेलाडीहरु छनौट गर्नका लागि सोम दर्लामीको संयोजकत्वमा ५ सदस्यीय छनौट समिति निर्माण गरिएको थियो । नविन छन्त्याल, राजेश रायमाझी, मद...
बबडिगाड गाउँपालिकाको बजार अनुगमन : दोश्रो दिन ४३ पसलको अनुगमन

बबडिगाड गाउँपालिकाको बजार अनुगमन : दोश्रो दिन ४३ पसलको अनुगमन

Breaking News 2, लोकप्रिय, शिक्षा, समाचार, स्थानीय सरकार
बडिगाड । नेपालीहरुको महत्वपूणर् चाडपर्वहरु दशै तिहार नजिकिँदै गर्दा उपभोक्तालाई ठगिनबाट बँचाउन बागलुङको बडिगाड गाउँपालिकाले सोमबारबाट सुरु गरेको बजार अनुगमन आज मंगलबार पनि जारी रहेको छ । गाउँपालिकाले सोमबार मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने पालिकाका मुख्य बजार क्षेत्रका पसल व्यवसायहरुको अनुगमन गरेको थियो भने आज वडा नं ५, ६ र ७ का बजारहरुमा अनुगमन गरिएको हो । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले यसलाई न्यूनिकरण गर्न र व्यापारी तथा उपभोक्तालाई सचेत बनाउन बजार अनुगमन थालिएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो । गाउँपालिकाले खाद्यान्न, इन्धन, लत्ताकपडा, औषधी पसल, माछा मासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको हो । झण्डै ४३ वटा पसलमा गरिएक...