गुल्मीमा ट्रयाक्टरको इन्जिनभित्र नुनै मुन भेटियो
गुल्मी: गुल्मीमा पार्किङ गरेर राखिएको ट्याक्टर इन्जिनभित्र नुन फेला परेको छ। जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न.४ बाट संचालित सगरमाथा कन्स्ट्रक्सनका संचालक तथा निर्माण व्यवसायी माधव खड्काको पार्किङमा राखिएको लु ४ त ५५७ नम्बरको ट्याक्टरको इन्जिन खोलेर हेर्दा इन्जिनमा नुन फेला परेको हो।
पार्किङ स्थल चौताराबाट गाउँपालिकाको वडा न.५ दाङ्सिर जाँदै गर्दा बाटोमा एक्कासि ट्याक्टर चल्न बन्द भएपछि पटकपटक कोसिस गर्दा पनि स्टार्ट नभएपछि चालकले मिस्त्रीलाई बोलाएका थिए।
तर सदरमुकाम तम्घासबाट मिस्त्रीले गाडी तानेर ग्यारेजमै ल्याउन भनेपछि तानेर तम्घास पुर्याउनुभन्दा गाडीमा हालेर बुटवल पुर्याउन सके गाडीमा ठूलो समस्या आएपनि बनाउन सजिलो हुने भन्दै ट्रकमा हालेर बुटवल पुर्याइएको र त्यहाँ पुगेर इन्जिन खोलेर हेर्दा ट्याक्टरको इन्जिनभित्र नुन भेटिएको र जसको कारण इन्जिन सिज भएको पाइएको कन्स्ट्रक्स...









