चिच्चाएर बर माग्ने ठाउँ मालिकामा पुर्णिमा मेला सम्पन्न
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ६ कुर्घामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मालिका मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने मेला संगै पुजाआजा सम्पन्न भएको छ । प्रत्येक वर्ष उक्त मन्दिरमा पुजाआजाका लागि विभिन्न ठाउँबाट श्रद्धालुहरु पुग्ने गर्दछन् ।
हजारौँ दर्शनार्थीहरुले सोमबार कुर्घाको मालिका भगवती मन्दिरको दर्शन एवम् पुजा गरेका छन् । मन्दिरमा प्रत्येक बर्षको कात्तिक शुक्ल पूर्णिमा दिन मेला लाग्नुका साथै चिच्याएर वर माग्ने प्रचलन रहेको छ । जसका कारण दर्शनार्थीहरुको सधै भीड हुने गर्दछ । यस बर्ष पनि एकैदिन करिब एक हजारले मेलाको अवलोकन संगै पुजाआजा गरेको मन्दिर व्यवस्थापन समितिको भनाई छ ।
पुजाआजा संगै मेला हेर्नका लागि मुसिकोट नगरपालिका साथ साथै धुर्कोट, मदाने, मालिका, रेसुङ्गा नगरपालिका सहित जिल्लाका विभिन्न पालिकाका नागरिक एवम् अर्घाखाँची, बाग्लुङ, प्युठान, पर्वत ...









