Amalabot Online

राजनीति

देवदह नगरपालिकाले ल्यायो डेढ अर्बको बजेट

देवदह नगरपालिकाले ल्यायो डेढ अर्बको बजेट

Breaking news 1, राजनीति, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
बुटवल । देवदह नगरपालिकाले डेढ अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याएको छ । सोमबार नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले १ अर्ब ५० करोड १० लाख ६५ हजार पाँच सय रूपैयाँको बजेट पेश गरेकी हुन् । देवदहले आर्थिक वर्ष ०८१÷८२ मा २५ करोड ४६ लाख ८८ हजार ५ सय राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । संघीय सरकारबाट १२ करोड ९९ लाख र प्रदेश सरकारबाट ८ लाख १ हजार ८४० राजश्व बांडफांड मार्फत आम्दानी हुने अनुमान गरिएको छ । बजेटमा संघीय सरकारबाट विभिन्न शीर्षकमा ४० करोड बढी र प्रदेश सरकारबाट ४ करोड अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ । गतवर्ष करिव १ अर्ब ३२ करोडको बजेट ल्याएको देवदहले आगामी आर्थिक वर्षको लागि भने बजेटको आकारमा वृद्धि गरेको छ । झण्डै १८ करोड रूपैयाँ वृद्धि गरिएपनि आन्तरिक आयमा भने सोही अनुसार वृद्धि भएको देखिदैन । गत वर्ष १८ करोड ४१ लाख ६० हजार आन्तरिक राजश्व...
नेविसंघ र अखिल छैठौँले बुटवल बहुमुखीका क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिए

नेविसंघ र अखिल छैठौँले बुटवल बहुमुखीका क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिए

Breaking news 3, राजनीति, समाचार
बुटवल । नेपाल विद्यार्थी संघ र अखिल छैठौँ बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् । क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको मिलोमतोमा क्याम्पसको मुल गेटमा गयराति अनेरास्ववियूको स्वागत बोर्ड राखिएकाले क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका उपसभापति नारायण घिमिरेले बताए । फागुन ६ गते क्याम्पस प्रशासन, प्रध्यापक संङगठनहरु, स्ववियू, विद्यार्थी संङगठनहरुको सर्वदलीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्नुको साटो वोर्ड राख्न दिएकाले आफूहरु बाध्य भएर क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएको उनले बताए । ‘फागुन ६ गते क्याम्पस प्रशासन, प्रध्यापक संङगठनहरु, स्ववियू, विद्यार्थी संङगठनहरुको बैठकले क्याम्पसको मूल गेटको नजिक रहेको स्ववियू बोर्डमा लेखिएको अभिभावदन शब्द परिमार्जन गरी नमस्कार लेख्ने सहमति भएको थियो ।’–उपसभापति घिमिरेले भन...
गुल्मीमा मुसिकोटमा गोरु पाल्ने किसानलाई हलो उपहार !

गुल्मीमा मुसिकोटमा गोरु पाल्ने किसानलाई हलो उपहार !

Breaking news 1, राजनीति, समाचार
गुल्मी । बिरलै गरिने सम्मान । किसानलाई हलो उपहार । सोमबार मुसिकोट नगरपालिका-८ का कृषक ४७ बर्षीय हिरा बहादुर नेपालीले हलो उपहार पाए । उनले १५ बर्षदेखि गोरु पाल्छन् । उनले छिमेकी चार जना धनश्याम सापकोटा, भक्त केसी, गुञ्ज बहादुर केसी र कृष्ण विकको खेतबारी समेत ठेक्कामा काम गरेका छन् । छिमेकीहरु बसाई सरेर वामी र तराई झरे । हातमा बल र सीप भएका नेपालीले धान, मकै र गहुँ तीन बाली भित्राउँछन् । आफ्नो काम सकेर गाउँमा पनि गोरु पुराउँछन् । एक हल गोरु र हलीको एक हजार पाँच सय रुपैयाँ पारिश्रमीक छ । गाउँमा गोरु पाल्नेहरु निकै कम हुँदै गएको बेला वडाले गरेको सम्मानले उर्जा मिलेको नेपालीले बताए । ‘गाउँमा मेसिन नपुग्ने खेतबारी बाँझै बसे । बडो मुस्किलले गोरु पाइन्छ,’उनले भने,‘जनशक्ति नहुँदा हलो पनि पाइँदैन् ।’ मान्छे बर्षेनी दोब्बर संख्यामा पहाडबाट बसाइसराई सरेर मधेश झरेका छन् । गुल्मीका ग्रामी...
एमाले अध्यक्ष केपी शर्मा ओली गुल्मीको वामीटक्सारमा आउँदै

एमाले अध्यक्ष केपी शर्मा ओली गुल्मीको वामीटक्सारमा आउँदै

Breaking News 2, राजनीति, समाचार
गुल्मी। नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गुल्मीको वामीटक्सार आउनुहुनेभएको छ। यही मंसिर २० गते मुसिकोट नगरपालिका-७, वामीटक्सारमा आयोजित ऐतिहासिक जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली वामीटक्सार आउनुहुने भएको हो। ‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने मुल नाराका साथ नेकपा एमालेले ल्याएको बैतडीको झुलाघाट देखि पाँचथरको चिवाझञ्ज्याङसम्मको मध्यपहाडी पुष्पलाल लोकमार्गमा चल्ने संकल्प यात्रा अन्तर्गत देशभर हुने ३ ठुला सभा मध्ये वामीमा वृहत सभा हुन लागेको र उक्त सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो । अध्यक्ष ओली सहित झण्डै २०० केन्द्रिय नेता सहभागी हुने उक्त कार्यक्रमलाई भव्य बनाउनका लागि तैयारीका कामहरु तीब्र रुपमा अगाडी बढाईएको उहाँले बताउनुभयो । वामीटक्सार स्मार्टपार्कमा हु...
२१ दिनअघि बेनीबाट बेपत्ता भएकी युवती भीरमा मृत फेला

२१ दिनअघि बेनीबाट बेपत्ता भएकी युवती भीरमा मृत फेला

Breaking news 3, राजनीति, समाचार, स्थानीय सरकार
म्याग्दीको बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको पर्वतको मल्लाजस्थित भीरमा शव भेटिएको छ। गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मंगला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटा शनिबार बिहान पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनी सामुदायिक वन क्षेत्रमा मृत भेटिएकी हुन्। म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार शनिबार बिहान भेटिएको शव पुष्पाको भएको पुष्टि भएको र परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी दिए। शव सडेको अवस्थामा भेटिएको थियो। बेनीको कालीपुल पारी रहेको सो जङ्गलको भूगोल पर्वतमा पर्छ। घटनाको बारेमा पर्वत प्रहरीले अनुसन्धान थालेको छ। बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल हलमा कार्यरत सापकोटा कात्तिक २१ गते बिहान पौने ११ बजे त्यहाँबाट निस्किएकी थिइन्। उनको मोबाइलको ‘लोकेशन’ क्याम्पस चोकको टावर रेञ्जमा देखाएको थियो। पुष्पाको मृत्युको...
गुल्मीको चन्द्रकोट गाउँपालिकामा एकीकृत घुम्ती शिविर सुरु

गुल्मीको चन्द्रकोट गाउँपालिकामा एकीकृत घुम्ती शिविर सुरु

Breaking news 3, राजनीति, समाचार, स्थानीय सरकार
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले एकीकृत घुम्ती सेवाको मंगलबार देखि शुभारम्भ गरेको छ । नागरिकको घरदैलो मै पुगेर सेवा दिने उद्देश्यले सञ्चालन भएको एकीकृत घुम्ती सेवा मंसिर २४ गतेसम्म विभिन्न वडामा सञ्चालन हुने छ । चन्द्रकोट गाउँपालिका वडा नं. ५ ग्वाघाबाट सुरु भएको उक्त कार्यक्रममा योजना संझौता, उपभोक्ता समितिहरुका लागि अनुशिक्षण कार्यक्रम, जेष्ठ नागरिक परिचयपत्र वितरण, व्यवसाय तथा कृषि÷पशुफर्म दर्ता एवम् नवीकरण, माटो परिक्षणका लागि नमुना संकलन, कृषि तथा पशुसेवा परामर्श एवम् औषधि वितरण, स्वास्थ्य परिक्षण, परामर्श तथा औषधि वितरणका सेवाहरु उपलब्ध भएको थियो । पहिलो दिनको शिविरमा १७९ जना नागरिकले सेवा लिएका छन । जसमध्ये स्वास्थ्य सेवा लिनेको संख्या बढी रहेको छ । कार्यक्रम यस अघि प्रकाशित सूचना अनुसार प्रत्येक वडामा तोकिएको मितिमा संचालन हुने गाउँपालिकाले जनाएको छ । जसअन...
गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु

गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु

Breaking news 3, राजनीति, समाचार, स्थानीय सरकार
गुल्मी । गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार, मालिका गाउँपालिकाको छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला ठकुरी छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आउनुभएको थियो । बिहिबार दिउँसो साढे १ बजेको समयमा आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केसरा सुन्तला अड्किएका थिए । श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो । उपचारको लागि अस्पताल ल्याइकोमा उनलाई दिउँसो साढे २ बजेको समयमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ...
बेपत्ता भएका ढोरपाटन नगरपालिकाका मेयर एक्कासी आए सम्पर्कमा

बेपत्ता भएका ढोरपाटन नगरपालिकाका मेयर एक्कासी आए सम्पर्कमा

Breaking News 2, राजनीति, समाचार, स्थानीय सरकार
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको छ महिनापछि समाजिक संञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएका छन् । उनले आफ्नो व्यक्तिगत फेसबुकमार्फत बचत कर्ताहरुलाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नु परेको बताएका छन् । शेयर सदस्यले नै इमेज सहकारी ब्यूताउदै भन्ने समाचार प्रकाशित भएको भोलिपल्टै नेपाली फेसबुक लाईभ मार्फत सम्पर्कमा आउनुभएको छ । उहाँले मेरो घरमा हतियार सहित ज्यान मार्ने धम्की दिएको र छ लाख बचत भएकाले करोडौको घर मागेको भन्दै वेपत्ता हुनुपरेको बताउनुभयो । संस्थापक अध्यक्षकै हैसियतले वक्तव्य निकालेर जानकारी समेत दिएको भन्दै उहाँले लाईभ मार्फत इमेज सहकारीको समस्या व्यवहारिक रुपमा समाधान गर्ने बताउनुभयो । मेरो चल अचल सम्पती पुरै बागलुङमा रहेको भन्दै कर्मचारीले आफुलाई असहयोग भएको ...
मुसिकोट नगरपालिकामा मसिंर १० गते सार्वजनिक बिदा

मुसिकोट नगरपालिकामा मसिंर १० गते सार्वजनिक बिदा

Breaking news 1, राजनीति, समाचार, स्थानीय सरकार
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले मसिंर १० गते सार्वजनिक बिदा दिने भएको छ । नगरकार्यपालिकाको कार्तिक २१ गते बसेको बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निणर्य गरेको नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिनुभयो । विशेष गरी कार्तिक शुक्ल चतुर्दशी (वैकुण्ठ चतुर्दशी) दिन मुसिकोट नगरपालिकाकै ऐतिहासिक एवम् धार्मिक क्षेत्र कुर्घा मालिका मन्दिरमा विशेष मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिईएको उहाँको भनाई छ । मालिकामा बैकुण्ठ चर्तुदशीको अवसरमा विशेष पुजाआजा हुने गर्दछ । पुजा आजाका लागि गुल्मी लगायत पाल्पा, अर्घाखाँची, वाग्लुङ्घ, प्यूठान, स्याङ्जा लगायतका जिल्लाहरूवाट सयौंको संख्यामा श्रद्धालुहरू आउने गर्दछन् । मालिका मन्दिरमा पुगेपछि श्रद्धालुहरूले मन्दिर नजिकै रहेको ढुङ्गाको कापवाट निस्कीयको पानीले नुहाउँने आफुले लगेका भाकलहरूको वली दिने, प...
संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन्: सांसद शाह

संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन्: सांसद शाह

Breaking news 1, फिचर, बागमती प्रदेश, राजनीति, लोकप्रिय, समाचार
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय अभ्यासमा नयाँ छ। तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन। रास्वपाबाट समानुपातिक सांसद चुनिएका असिम शाहको करिब नौ महिनाको संसदीय अभ्यास भने उनले चाहेजति सन्तोषजनक छैन। उनकै शब्दमा भन्दा,’एक्सन ओरिन्टेट’ काम गर्न सदन र सरकार दुवै असफल छन्। ‘सांसदसँग-रासस’ संवादका क्रममा क्रममा सांसद शाहले सुरुआती दिनमा संसदीय अभ्यास र गतिविधि बुझ्नै समय लागेको तर पछि बुझ्दै गएपछि संसद् पनि स्वतन्त्र ढङ्गले सञ्चालन हुने नसकेको आभाष भएको बताए। ‘सुरुमा हामी आफै सिकिरहेका थियौँ। हाम्रो आफ्नै भोगाइ र सिकाइ रह्यो। तर बुझ्दै जाँदा संसद् सत्ताधारी दलबाट आफ्नो अनुकूल सञ्चालन हुने रहेछ भन्ने थाहा भयो’, सांसद शाह भन्छन्,’हामीले पटक-पटक सदन अवरोध नगर्न अनुरोध गरिरह्यौँ तर सत्तापक्ष र प्रत...