गुल्मीको मुसिकोट नगरपालिकाका वडाध्यक्ष मृत फेला
Breaking news 3, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मोहन घिमिरे मृत फेला परेका छन् । उनी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
बिहान फेसबुक स्ट्याटस लेखेर ‘अलबिदा’ भनेका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको बताएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन्।
...


