Amalabot Online

Author: Amalabot Online

गुल्मी मुसिकोटको शिद्धेवर गुफामा यज्ञ सम्पन्न

गुल्मी मुसिकोटको शिद्धेवर गुफामा यज्ञ सम्पन्न

Breaking News 2, समाचार
गुल्मीको मुसिकोट नगरपालिका-५ अमलाबोटमा रहेको शिद्धेश्वर महादेव (गुफा) मन्दिरमा हिजो माघ ८ गते भब्य यज्ञ सम्पन्न भएको हो। सधै दर्शनार्थीको घुइंचो लाग्ने शिद्धेश्वर महादेव मन्दिरमा भएको यज्ञ अहिले सम्मकै पहिलो यज्ञ भएको स्थानीय बताउछन। प्रचार-प्रसार बाट थोरै पछाडी भएको मन्दिर आज भन्दा करिब २८ वर्ष पहिले सपनीमा दीक्षा दिएर बिपनिमा उल्था भएको मन्दिर हो। यस मन्दिरमा ढुंगाबाटै बनेका बाजागाजा(मादल,खैजडी,दमाह)लगायत शिवलिङ्ग, पंचमुखे शंख रहेका छन्। खैन्चौर र अमलाबोट गाउको बीच चमेरे खोल्साको नजिकै आफै उत्पन्न भएको सोहि गुफामा धेरै सत्यता लुकेको स्थानीय बताउछन्। सुन्दर, मनोरम तथा अद्भुत दृष्य रहेको मन्दिरमा हिजो मात्र भब्य यज्ञ सम्पन्न गरि भक्तजनहरुबाट भेटि संकलन गरिएको थियो। देश तथा विदेशबाट अमलाबोट बासि तथा स्वदेश विदेशमा छरिएर रहनुभएका भक्तजनहरुबाट संकलन भेटिबाट शिद्धेवर महादेव ...
मुसिकोट नगरस्तरीय छैठौँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सुरु !

मुसिकोट नगरस्तरीय छैठौँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सुरु !

Breaking news 1, खेलकुद, समाचार
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा नगरस्तरीय छैठौँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सोमबार देखि सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा वडा नं-४ स्थित ग्वादिकाचौर खेल मैदानमा सुरु भएको प्रतियोगीताको नगरप्रमुख जीवलाल खरेल जीवनले उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खरेलले खेलाडीहरुलाइ उत्साहका साथ खेलमा सहभागी भई भविष्यमा ठुला खेलहरूमा प्रतिष्प्रधा गर्ने गरी तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । विगतका वर्षहरुमा जस्तै जिल्ला स्तरीय प्रतियोगीतामा समेत उत्कृष्ट खेलहरु प्रदर्शन गर्दै प्रथम बन्न आग्रह गर्दै उहाँले त्यस्ता खेलाडीहरुलाई नगरपालिकाले सम्मान गर्ने स्पष्ट पार्नुभयो । खेलकुद क्षेत्रमा नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । “खेलमा निरन्तरता दिने गरि खेल्नुहोस्, त्यसमा सहयोग गर्न नगरपालिका तैयार छ, मनफुकाएर नगरले लगानी...
दाङमा एउटै रुखमा झुण्डिएको अवस्थामा माइजु-भान्जाको शव फेला

दाङमा एउटै रुखमा झुण्डिएको अवस्थामा माइजु-भान्जाको शव फेला

Breaking News 2, समाचार
दाङ: तुलसीपुरको एक सामुदायिक वनमा एउटै रुखमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका-१३ को सानो बखरिया स्थित शिद्धदेव सामुदायिक वनमा एउटै रुखको छुट्टा छुट्टै हाँगामा माइजू-भान्जा मृत भेटिएका हुन। झुण्डिएको अवस्थामा एक महिला र युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए। मृत भेटिनेमा तुलसीपुर उपमहानगरपालिका-३, गोटीखोला निवासी १९ वर्षीय युवक तुलसीराम घर्ती र सोही ठाउँकी करिब ३५ वर्षीया बसन्ती थापा रहेको प्रहरीले जनाएको छ। मृतक बसन्ती विवाहित हुन। उनका श्रीमानले केही दिन अघि मात्रै श्रीमती हराएको भन्दै इप्रका तुलसीपुरमा निवेदन दिएका थिए। बुधबार पात टिप्न गएको बेला स्थानीयले झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । उनीहरूको शव सडेको अवस्थामा फेला परेको छ। घटनाबारे थप अनुसन्धान हुन ...
कठिन संघर्षको अर्को नाम विष्णु सापकोटा: बनिन् राष्ट्रिय सभा सदस्यमा उम्मेदवार

कठिन संघर्षको अर्को नाम विष्णु सापकोटा: बनिन् राष्ट्रिय सभा सदस्यमा उम्मेदवार

Breaking news 1, समाचार
गुल्मी: आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट विष्णु सापकोटा उम्मेदवार बनेकी छन्। सत्ता गठबन्धन नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सापकोटा हाल नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पदमा रहेकी छन्। गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा जन्मेकी सापकोटाले २०३६ सालदेखि नेपाली कांग्रेसको राजनितिमा प्रवेश गरेकी हुन्। पहिलेको त्यो समयमा महिलाहरुले राजनीति गर्न निकै कठिन अवस्था थियो।महिलाले घरको काम गर्नु पर्छ, विहे गरेर जानुपर्छ भनेर घरबाट राजनिति गर्न दिने चलन पनि थिएन। तर त्यो संघर्षलाई चिर्दै सापकोटाले भने सानै उमेरदेखि महिला पुरुष बिच विभेद हुनुहुदैन भन्दै नेतृत्व गर्दै आइन। गुल्मी जिल्लाको वामी टक्सार स्थित महेन्द्र आर्दश माध्यमिक विद्यालयका कक्षा ८ मा पढ्दा नेविसंघको सदस्य बनेर राजनिति प्रवेश गरेकी थिइन। २०४२ सालखेखि नेपाली ...
दाङको भालुबाङ बस दुर्घटना मृत्यु हुनेको संख्या १२ पुग्यो

दाङको भालुबाङ बस दुर्घटना मृत्यु हुनेको संख्या १२ पुग्यो

Breaking news 1, समाचार
दाङको भालुबाङ्मा बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्जबाट काठमाडौं जादै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब साढे १० बजे पुलबाट राप्ती नदीमा खसेको हो । दुर्घटनामा अन्य १७ जना घाइते छन् । दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।धेरै जनाको बसले च्यापिएर मृत्यु भएको बताईएको छ । घाइतेहरुलाई उपचारका लागि लमही र राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान घोराहीमा पठाइएको छ ।इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । मृतकहरुको सनाखत भएको छैन । बस पुलको रेलिङ भाँच्दै राप्ती नदीमा खसेको छ ...
गुल्मीमा आगाे ताप्ने क्रममा जलेर एक जना घाइते

गुल्मीमा आगाे ताप्ने क्रममा जलेर एक जना घाइते

Breaking News 2, समाचार
गुल्मी । गुल्मीमा आगाे ताप्ने क्रममा जलेर एक महिला घाइते भएकि छन । जिल्लाको इस्मा गाउँपालिका -६ कि ६९ बर्षिए मुना महत घाइते भएकी हुन । मंगलबार साझ ५ बजेको समयमा खाना पकाउने दाउराको चुलोमा आगो ताप्ने क्रममा आफुले लगाएको सुतिको साडिमा आगो लाग्दा दुबै खुट्टा जलि घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।महतको जिल्ला अस्पताल गुल्मीमा उपचार भैरहेको र अवस्था मध्यम रहेको पाण्डेले जानकारी दिए । महत विगत २ महिना देखी नन्द नाता पर्ने सुमित्रा गिरीको घरमा बस्दै आएकी थिन । ...
गुल्मीमा ट्रयाक्टरको इन्जिनभित्र नुनै मुन भेटियो

गुल्मीमा ट्रयाक्टरको इन्जिनभित्र नुनै मुन भेटियो

Breaking news 1, समाचार
गुल्मी: गुल्मीमा पार्किङ गरेर राखिएको ट्याक्टर इन्जिनभित्र नुन फेला परेको छ। जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न.४ बाट संचालित सगरमाथा कन्स्ट्रक्सनका संचालक तथा निर्माण व्यवसायी माधव खड्काको पार्किङमा राखिएको लु ४ त ५५७ नम्बरको ट्याक्टरको इन्जिन खोलेर हेर्दा इन्जिनमा नुन फेला परेको हो। पार्किङ स्थल चौताराबाट गाउँपालिकाको वडा न.५ दाङ्सिर जाँदै गर्दा बाटोमा एक्कासि ट्याक्टर चल्न बन्द भएपछि पटकपटक कोसिस गर्दा पनि स्टार्ट नभएपछि चालकले मिस्त्रीलाई बोलाएका थिए। तर सदरमुकाम तम्घासबाट मिस्त्रीले गाडी तानेर ग्यारेजमै ल्याउन भनेपछि तानेर तम्घास पुर्याउनुभन्दा गाडीमा हालेर बुटवल पुर्याउन सके गाडीमा ठूलो समस्या आएपनि बनाउन सजिलो हुने भन्दै ट्रकमा हालेर बुटवल पुर्याइएको र त्यहाँ पुगेर इन्जिन खोलेर हेर्दा ट्याक्टरको इन्जिनभित्र नुन भेटिएको र जसको कारण इन्जिन सिज भएको पाइएको कन्स्ट्रक्स...
गुल्मीमा काठका भाँडा बनाउने चुँदारा समुदायको पेसा सङ्कटमा !

गुल्मीमा काठका भाँडा बनाउने चुँदारा समुदायको पेसा सङ्कटमा !

Breaking news 1, समाचार
गुल्मी । गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय सङ्कटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका सामग्री आउन थालेपछि परम्परागत हातले बनाएका काठका सामग्रीको प्रयोग घटेको मालिका गाउँपालिकाको घमिरका नरबहादुर कार्कीले बताए । आयातित प्लास्टिकका सामग्रीले काठका भाँडालाई विस्थापित गरिदिँदा पेसा नै सङ्कटमा परेको उनको भनाइ थियो । आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सस्तोमा आकर्षक तथा आधुनिक भाँडाकुँडा प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको हो । “ग्रामीण क्षेत्रमा गिठीको काठबाट निर्माण गरिएका ठेका, आरीलगायत भाँडाहरु दूध, दही र मही राख्नका लागि प्रयोग गरिन्छ”, कार्कीले भने,...
पत्रकार मोहन बस्नेतद्वारा अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा प्रदान

पत्रकार मोहन बस्नेतद्वारा अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा प्रदान

लोकप्रिय, शिक्षा, समाचार
गुल्मी: गुल्मीका चर्चित पत्रकार तथा युट्युबर मोहन बस्नेतले विवाहको खर्च कटाएर उपल्लो तम्घास माध्यमिक विद्यालय, तम्घासमा अध्ययनरत २७ जना बहिरा तथा सुस्तमनस्थिति भएका विद्यार्थीहरुलाई आज न्यानो कपडा कपडा प्रदान गरेका छन। गत मंसिर १३ गते उनी र सरु आचार्य विवाह बन्धनमा बाँधिएका थिए। कुनै तडकभडक बिना विवाह सम्पन्न गरेका उनले उक्त रकम समाजसेवा र परोपकारमा खर्चिने बताए। उनकै पहलमा यही पुष १४ गते भाँडगाउँमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविरको आयोजना पनि हुँदैछ। शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ, छाती तथा मुटु, नसा तथा हाडजोर्नी र मनोरोग विशेषज्ञ चिकित्सकले सेवा दिने पनि उनले बताए। शिविरमा आवश्यकता अनुसार निःशुल्क इसिजी, रगत परिक्षण, भिडियो एक्सरे सेवा पनि रहनेछ। ‘स्वस्थ तन, स्वस्थ मन: तपाईंको आशिर्वाद, हाम्रो मिलन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको शिविरमा स्वास्थ्य...
मुसिकोटका युवाको जापानमा असामयिक निधन, अन्तिम संस्कारको लागि आर्थिक सहयोगको अपिल

मुसिकोटका युवाको जापानमा असामयिक निधन, अन्तिम संस्कारको लागि आर्थिक सहयोगको अपिल

Breaking news 1, समाचार
गुल्मी: मुसिकोट नगरपालिका-७, चिसापानी काफलटोल स्थायी घर भै हाल जापानको टोकियो बस्दै आएका सागर सापकोटाको यहि पौष ११ गते राती असमायिक निधन भएको छ। जापानको टोकियोस्थित आफ्नो श्रीमती सहित निप्पोरीमा बस्दै आएका सापकोटा आफ्नै कोठामा सुतिरहेकै अवस्थामा मृत फेला परेका हुन। मृत सापकोटाको अन्तिम संस्कार तथा अन्त्येष्टीको लागि वामी सेवा समिती जापानले आर्थिक संकलन अभियान शुरुवात गरेको छ भने सहयोगको लागि सबैलाइ अपिल गरेको छ। ...