लियो क्लबको निशुल्क आँखा शिविरमा १ सय ४६ जनाले लिए सेवा !
मुसिकोट । लियो क्लब अफ गुल्मी सालिमेको आयोजनामा मुसिकोट-२ मुसिकोटमा एक दिने नि-शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
मङ्गलवार उक्त वडाको देउरालीमा अवस्थित नेपाल राष्ट्रिय त्रिभुवन माबिमा सम्पन्न शिविरबाट आँखा सम्बन्धी समस्या भएका १ सय ४६ जना विरामीले सेवा लिएका छन् । जसमध्ये २४ जनाको मोतियाबिन्दु पहिचान भएको छ । अन्य विरामीहरुलाई आवश्यकता अनुसार नि-शुल्क चस्मा र औषधी वितरण गरियो क्लबले बताएको छ ।
शिविर मुसिकोट नगरपालिका वडा नम्बर २ को सह-आयोजना, श्री कृष्णहरी सापकोटा रुद्रावती आँखा उपचार केन्द्रको प्राविधिक सहयोग, ग्लोवल आईएमई बैँक वामी शाखाको सामाजिक उत्तरदायित्व अन्तर्गतको विशेष सहयोग साथै विभिन्न समाजसेवी, युवा व्यक्तित्व लगायतको सहयोगमा सम्पन्न भएको क्लबका अध्यक्ष भुगोल सापकोटाले जानकारी दिनुभयो ।
क्लबले मुसिकोट नगरपालिकाको वडा नं १,२,३ र ४ वडा भित्र आँखा सम्बन्धी समस्या ...









