मुसिकोटको भुवाचिदीमा सञ्चालित व्यवसायहरुको अनुगमन !
प्रकाश घिमिरे, मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिका वडा नं-६ कुर्घा स्थित भुवाचिदी बजारमा सञ्चालित पसल व्यवसायहरुको अनुगमन गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना एवम् जिल्ला प्रशासन कार्यालय गुल्मीको सहजीकरणमा बजार क्षेत्रका खाद्यान्न, तरकारी, फेन्सी तथा सुनचाँदी लगायतका पसलको अनुगमन गरिएको हो ।
बजारक्षेत्रका झण्डै २५ वटा पसलमा गरिएको अनुगमनका क्रममा केही पसलहरुका म्याद गुज्रेका सामाग्री भेटिएका छन् । त्यस्तै कतिपय व्यवसाय दर्ता बिना सञ्चालन रहेको, मूल्यसूची नराख्ने गरेको, दर्ता भन्दा फरक कारोबार गर्ने गरेको लगायतका समस्याहरु भेटिएको घरेलु तथा साना उद्योग कार्यालयका त्रिविक्रम ज्ञवालीले जानकारी दिनुभयो । अनुगमनमा पहिलो पटक भएकाले सुझाव र सल्लाह दिएपनि आगामी दिनमा पुनः सोही कमजोरी भेटिए कारबाही स्वरुप जरिवाना लिईने उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा झण्ड...









