Amalabot Online

Author: Amalabot Online

पाल्पामा दोस्रो माडी सास्कृतिक,पर्यटन,कृषि तथा व्यापार महाेत्सव उद्घाटन

पाल्पामा दोस्रो माडी सास्कृतिक,पर्यटन,कृषि तथा व्यापार महाेत्सव उद्घाटन

Breaking news 3, समाचार
पाल्पा ।पाल्पामा सराई युवा क्लबको आयोजनामा दोस्रो माडी सास्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८० सुरु भएको छ । दोस्रो माडी सास्कृतिक,पर्यटन,कृषि तथा व्यापार महाेत्सवको शुभारम्भ अघि बाजागाजा, विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकीसहित माथागढी गेट देखी खहरे बजार परिक्रमा गर्दै सराइ खेलमैदान महोत्सव स्थलसम्म र्‍याली प्रदर्शन गरिएको थियो। महोत्सव सफल पारौं, कृषि र पर्यटन प्रवर्द्धनमा हातेमालो गरौं भन्ने उद्घोषसहित निस्किएको विशाल महोत्सव र्‍यालीमा माथागढि गाउँपालिका अध्यक्ष यम बहादुर चिदी सहित अन्य जनप्रतिनिधिले सहभागिता जनाएका थिए । दोस्रो माडी सास्कृतिक,पर्यटन,कृषि तथा व्यापार महाेत्सवको उद्घाटन गर्दै माथागढि गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले कृषि र पर्यटनको विकास हुन नसके आर्थिक समृद्धि हासिल नहुने उल्लेख गर्नुभयो । धार्मिक पर्यटनलाई लक्षित गरी माथागढी गाउँपालिक...
गुल्मीको चन्द्रकोट गाउँपालिकामा एकीकृत घुम्ती शिविर सुरु

गुल्मीको चन्द्रकोट गाउँपालिकामा एकीकृत घुम्ती शिविर सुरु

Breaking news 3, राजनीति, समाचार, स्थानीय सरकार
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले एकीकृत घुम्ती सेवाको मंगलबार देखि शुभारम्भ गरेको छ । नागरिकको घरदैलो मै पुगेर सेवा दिने उद्देश्यले सञ्चालन भएको एकीकृत घुम्ती सेवा मंसिर २४ गतेसम्म विभिन्न वडामा सञ्चालन हुने छ । चन्द्रकोट गाउँपालिका वडा नं. ५ ग्वाघाबाट सुरु भएको उक्त कार्यक्रममा योजना संझौता, उपभोक्ता समितिहरुका लागि अनुशिक्षण कार्यक्रम, जेष्ठ नागरिक परिचयपत्र वितरण, व्यवसाय तथा कृषि÷पशुफर्म दर्ता एवम् नवीकरण, माटो परिक्षणका लागि नमुना संकलन, कृषि तथा पशुसेवा परामर्श एवम् औषधि वितरण, स्वास्थ्य परिक्षण, परामर्श तथा औषधि वितरणका सेवाहरु उपलब्ध भएको थियो । पहिलो दिनको शिविरमा १७९ जना नागरिकले सेवा लिएका छन । जसमध्ये स्वास्थ्य सेवा लिनेको संख्या बढी रहेको छ । कार्यक्रम यस अघि प्रकाशित सूचना अनुसार प्रत्येक वडामा तोकिएको मितिमा संचालन हुने गाउँपालिकाले जनाएको छ । जसअन...
गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु

गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु

Breaking news 3, राजनीति, समाचार, स्थानीय सरकार
गुल्मी । गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार, मालिका गाउँपालिकाको छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला ठकुरी छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आउनुभएको थियो । बिहिबार दिउँसो साढे १ बजेको समयमा आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केसरा सुन्तला अड्किएका थिए । श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो । उपचारको लागि अस्पताल ल्याइकोमा उनलाई दिउँसो साढे २ बजेको समयमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ...
बेपत्ता भएका ढोरपाटन नगरपालिकाका मेयर एक्कासी आए सम्पर्कमा

बेपत्ता भएका ढोरपाटन नगरपालिकाका मेयर एक्कासी आए सम्पर्कमा

Breaking News 2, राजनीति, समाचार, स्थानीय सरकार
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको छ महिनापछि समाजिक संञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएका छन् । उनले आफ्नो व्यक्तिगत फेसबुकमार्फत बचत कर्ताहरुलाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नु परेको बताएका छन् । शेयर सदस्यले नै इमेज सहकारी ब्यूताउदै भन्ने समाचार प्रकाशित भएको भोलिपल्टै नेपाली फेसबुक लाईभ मार्फत सम्पर्कमा आउनुभएको छ । उहाँले मेरो घरमा हतियार सहित ज्यान मार्ने धम्की दिएको र छ लाख बचत भएकाले करोडौको घर मागेको भन्दै वेपत्ता हुनुपरेको बताउनुभयो । संस्थापक अध्यक्षकै हैसियतले वक्तव्य निकालेर जानकारी समेत दिएको भन्दै उहाँले लाईभ मार्फत इमेज सहकारीको समस्या व्यवहारिक रुपमा समाधान गर्ने बताउनुभयो । मेरो चल अचल सम्पती पुरै बागलुङमा रहेको भन्दै कर्मचारीले आफुलाई असहयोग भएको ...
मुसिकोट नगरपालिकामा मसिंर १० गते सार्वजनिक बिदा

मुसिकोट नगरपालिकामा मसिंर १० गते सार्वजनिक बिदा

Breaking news 1, राजनीति, समाचार, स्थानीय सरकार
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले मसिंर १० गते सार्वजनिक बिदा दिने भएको छ । नगरकार्यपालिकाको कार्तिक २१ गते बसेको बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निणर्य गरेको नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिनुभयो । विशेष गरी कार्तिक शुक्ल चतुर्दशी (वैकुण्ठ चतुर्दशी) दिन मुसिकोट नगरपालिकाकै ऐतिहासिक एवम् धार्मिक क्षेत्र कुर्घा मालिका मन्दिरमा विशेष मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिईएको उहाँको भनाई छ । मालिकामा बैकुण्ठ चर्तुदशीको अवसरमा विशेष पुजाआजा हुने गर्दछ । पुजा आजाका लागि गुल्मी लगायत पाल्पा, अर्घाखाँची, वाग्लुङ्घ, प्यूठान, स्याङ्जा लगायतका जिल्लाहरूवाट सयौंको संख्यामा श्रद्धालुहरू आउने गर्दछन् । मालिका मन्दिरमा पुगेपछि श्रद्धालुहरूले मन्दिर नजिकै रहेको ढुङ्गाको कापवाट निस्कीयको पानीले नुहाउँने आफुले लगेका भाकलहरूको वली दिने, प...
गुल्मीबाट तिहार मनाउन दिदिघर हिंडेका एक पुरुषको भिरबाट लडेर मृत्यु

गुल्मीबाट तिहार मनाउन दिदिघर हिंडेका एक पुरुषको भिरबाट लडेर मृत्यु

Breaking news 1, समाचार
गुल्मी । गुल्मीबाट तिहार मनाउन दिदिघर हिंडेका एकजना पुरुषको भिरबाट लडेर ज्यान गएको छ ।गुल्मीको धुर्कोट गाउँपालिका-२, पिपलधाराका ३६ वर्षीय खुम बहादुर घर्ती अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-३ को सिख्रास्थित भिरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । कात्तिक २९ गते भाईटिकाको दिन खुम बहादुर भुमिकास्थानको वडा नम्बर-३, धारापानी बस्ने कमला घर्तिको घरमा तिहार मनाउन हिंडेका थिए । अबेरसम्म टिका लगाउन घर नपुगेपछि खोजी गर्ने क्रममा उनको शव सिख्रास्थित भिरमा फेला परेको थियो । प्रत्यक्षदर्शीका अनुसार उनले अत्याधिक मदिरा सेवन गरेका थिए। मदिरा सेवन गरेका कारण उनि भिरबाट लडेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्दपी घटनाबारे थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ । ...
प्युठानमा ४ दिन देखि हराएका आमा छोराको शव भेटियो

प्युठानमा ४ दिन देखि हराएका आमा छोराको शव भेटियो

Breaking news 3, समाचार
प्युठान । नौबहिनी गाउँपालिका वडा नम्वर ३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । खवांगको काईया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी हराइरहेकी ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाहानेका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख इश्वर थापा नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको छ । ...
न्वागी खाने शुभ साईत सार्वजनिक

न्वागी खाने शुभ साईत सार्वजनिक

Breaking news 3, खेलकुद, समाचार
गुल्मी।पौदीबासीहरुले घरमा नयाँ बालि भित्र्याएको खुसीयालीमा प्रत्येक वर्ष मनाउँदै आएको न्वागी पर्वको यस वर्षको शुभ साईत मसिंर ३ गते परेको छ। बडिगाड गाउँपालिका वडा नं ५ वडा कार्यालयले आज एक सुचना जारी गर्दै न्वागीको शुभ साईत सार्वजनिक गरेको हो। वडाध्यक्ष विष्णु प्रसाद आचार्यद्धारा जारी गरिएको सुचनामा न्वागी खाने शुभ साईत मसिंर ३ गते आईतबार बिहान ९ बजेर ३४ मिनेटमा न्वागी खानु शुभ रहेको उल्लेख गरिएको छ । न्वागी खाँदा पूर्व मुख गरेर खान पनि आग्रह गरिएको छ । पौंदि क्षेत्रका वासिन्दाहरुले न्वागीलाई स्थानीइ पर्वको रुपमा मनाउँदै आएका छन् । नयाँ धान भित्राएपछि सोहि धानको नयाँ चामल दहिमा भिजाएर खाने परिकारलाई न्वागी भनिन्छ । विशेष गरि रैथाने जडन जातको धानको चामल विशेष मसलाहरुको प्रयोग गरि दहिमा भिजाएर खाने गरिन्छ। इश्मा राज्य अन्तरगत पर्ने बागलुङ र गुल्मीका विभिन्न ७ गाविस क्षेत्रला...
मुसिकोट नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एक लाख सहयोग गर्ने

मुसिकोट नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एक लाख सहयोग गर्ने

Breaking News 2, खेलकुद, समाचार
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एक लाख सहयोग गर्ने निणर्य गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकको निणर्य बमोजिम भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने निणर्य गरिएको नगर प्रवक्ता एवम् वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिनुभयो । जाजरकोट आसपास केन्द्र बिन्दु बनाएर कार्तिक १७ गते मध्यराति बिनासकारी भुकम्प गएको थियो । जसका कारण ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली ब्यक्त र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना सहित सरकारको एकद्धार नीति प्रणाली बमोजिम प्रधानमन्त्री राहत कोषमा एक लाख पठाउने निणर्य कार्यपालिकाको बैठकबाट गरिएको हो । भूकम्प प्रभावित क्षेत्रमा केही भएपनि राहत महसुस होस् भन्ने हेतुले सहयोग गरिएको प्रवक्ता सापकोटाले बताउनुभयो । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा एक सय ५३ जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् । ...
गुल्मीमा बुधबार देखि सम्पर्क विहीन राजु मृत फेला

गुल्मीमा बुधबार देखि सम्पर्क विहीन राजु मृत फेला

Breaking News 2, खेलकुद, समाचार
गुल्मी । गुल्मीमा बुधबार साँझदेखि सम्पर्कविहीन रहेका २८ वर्षीय राजु मृत फेला परेका छन् ।कालीगण्डकी गाउँपालिका- १ बकेवाका भट्टराई शनिबार बिहान मृत परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । हर्मिचौरमा रहेको हनुमान पार्कको नजिकै सडकदेखि मुनि पल्सर बाइकसँगै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।निजको शवलाई स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा लगिएको पाण्डेले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ...