वामीमा ‘डिप बोरिङ’को सफल परिक्षण : प्रतिसेकेण्ड ७ लिटर पानी निस्कियो !
सागर भण्डारी, गुल्मी । सुक्खा सिजनमा गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वडा नं ७ स्थित वामीटक्सार बजारमा हुने खानेपानीको अभाव टार्न डिप बोरिङ मार्फत खानेपानी निकालिएको छ ।
वडा नं ७ वडा कार्यालयले १ सय ४५ मिटर गहिरो जमिनबाट पानी तानेर बजारमा वितरण गर्न लागेको हो । बोरिङ प्रविधि मार्फत निकालिएको पानीको बिहिवार सफल परिक्षण गरिएको छ ।
वामीटक्सार स्थित जिपपार्क नजिकै सडक माथि डिप बोरिङ मार्फत खानेपानी निकालिएको हो । करिब १ सय ४५ मिटर गहिरो खाडल निर्माण गरी पानी तानिएको छ । भारतिय इन्जिनियरसहितको प्राविधिक टोलीले करिब एक महिना लगाएर उक्त क्षेत्रमा पानी भए नभएको परीक्षण गरेको थियो । त्यसपश्चात मेसिन सहित खाडल खनेर पाईप राख्ने काम भएको थियो । ६०मिटरको गहिराईमा मटर जडान गरिएको छ ।
डिप बोरिङ मार्फत अहिले प्रतिसेकेन्ड ७ देखि ९ लिटरका दरले पानी निस्किएको मुसिकोट नगरपालिकाका प्रवक्त...









