गुल्मीमा मुसिकोटमा गोरु पाल्ने किसानलाई हलो उपहार !
गुल्मी । बिरलै गरिने सम्मान । किसानलाई हलो उपहार । सोमबार मुसिकोट नगरपालिका-८ का कृषक ४७ बर्षीय हिरा बहादुर नेपालीले हलो उपहार पाए । उनले १५ बर्षदेखि गोरु पाल्छन् । उनले छिमेकी चार जना धनश्याम सापकोटा, भक्त केसी, गुञ्ज बहादुर केसी र कृष्ण विकको खेतबारी समेत ठेक्कामा काम गरेका छन् । छिमेकीहरु बसाई सरेर वामी र तराई झरे ।
हातमा बल र सीप भएका नेपालीले धान, मकै र गहुँ तीन बाली भित्राउँछन् । आफ्नो काम सकेर गाउँमा पनि गोरु पुराउँछन् । एक हल गोरु र हलीको एक हजार पाँच सय रुपैयाँ पारिश्रमीक छ । गाउँमा गोरु पाल्नेहरु निकै कम हुँदै गएको बेला वडाले गरेको सम्मानले उर्जा मिलेको नेपालीले बताए । ‘गाउँमा मेसिन नपुग्ने खेतबारी बाँझै बसे । बडो मुस्किलले गोरु पाइन्छ,’उनले भने,‘जनशक्ति नहुँदा हलो पनि पाइँदैन् ।’
मान्छे बर्षेनी दोब्बर संख्यामा पहाडबाट बसाइसराई सरेर मधेश झरेका छन् । गुल्मीका ग्रामी...









