Amalabot Online

Breaking news 3

गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु

गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु

Breaking news 3, राजनीति, समाचार, स्थानीय सरकार
गुल्मी । गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार, मालिका गाउँपालिकाको छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला ठकुरी छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आउनुभएको थियो । बिहिबार दिउँसो साढे १ बजेको समयमा आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केसरा सुन्तला अड्किएका थिए । श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो । उपचारको लागि अस्पताल ल्याइकोमा उनलाई दिउँसो साढे २ बजेको समयमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ...
प्युठानमा ४ दिन देखि हराएका आमा छोराको शव भेटियो

प्युठानमा ४ दिन देखि हराएका आमा छोराको शव भेटियो

Breaking news 3, समाचार
प्युठान । नौबहिनी गाउँपालिका वडा नम्वर ३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । खवांगको काईया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी हराइरहेकी ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाहानेका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख इश्वर थापा नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको छ । ...
न्वागी खाने शुभ साईत सार्वजनिक

न्वागी खाने शुभ साईत सार्वजनिक

Breaking news 3, खेलकुद, समाचार
गुल्मी।पौदीबासीहरुले घरमा नयाँ बालि भित्र्याएको खुसीयालीमा प्रत्येक वर्ष मनाउँदै आएको न्वागी पर्वको यस वर्षको शुभ साईत मसिंर ३ गते परेको छ। बडिगाड गाउँपालिका वडा नं ५ वडा कार्यालयले आज एक सुचना जारी गर्दै न्वागीको शुभ साईत सार्वजनिक गरेको हो। वडाध्यक्ष विष्णु प्रसाद आचार्यद्धारा जारी गरिएको सुचनामा न्वागी खाने शुभ साईत मसिंर ३ गते आईतबार बिहान ९ बजेर ३४ मिनेटमा न्वागी खानु शुभ रहेको उल्लेख गरिएको छ । न्वागी खाँदा पूर्व मुख गरेर खान पनि आग्रह गरिएको छ । पौंदि क्षेत्रका वासिन्दाहरुले न्वागीलाई स्थानीइ पर्वको रुपमा मनाउँदै आएका छन् । नयाँ धान भित्राएपछि सोहि धानको नयाँ चामल दहिमा भिजाएर खाने परिकारलाई न्वागी भनिन्छ । विशेष गरि रैथाने जडन जातको धानको चामल विशेष मसलाहरुको प्रयोग गरि दहिमा भिजाएर खाने गरिन्छ। इश्मा राज्य अन्तरगत पर्ने बागलुङ र गुल्मीका विभिन्न ७ गाविस क्षेत्रला...
गुल्मी मुसिकोटमा ठूलो धन राशीको मेयर रनिङ्ग कपको तैयारी अन्तिम चरणमा_भोली देखि संचालन हुने

गुल्मी मुसिकोटमा ठूलो धन राशीको मेयर रनिङ्ग कपको तैयारी अन्तिम चरणमा_भोली देखि संचालन हुने

Breaking news 3, लोकप्रिय, समाचार
गुल्मी: मुसिकोट मेयर रनिङ्ग कप- २०८० अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता कार्यक्रमको तैयारी अन्तिम चरणमा पुगेको छ। बुधबार कार्तिक २२ गते देखि कार्तिक २४ गते सम्म हुने मुसिकोट मेयर रनिङ्ग कप-२०८० अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता पहिलो पटक मुसिकोटमा भएको कुरा मुसिकोट नगर खेलकुद बिकास समिति अध्यक्ष सन्दिप खत्री क्षेत्रीले बताउनु भयो। अध्यक्ष खत्रीले ठूलो धन राशिका बिच अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिताको लागि मंगलबार कार्तिक २१ गते मध्यान्ह १२ बजे सम्म दर्ता गर्न सकिने कुरा र मुसिकोट मेयर रनिङ्ग कप- २०८० लाई सफल, भब्य र सब्य रुपमा सम्पन्न गर्नका निमित्त देशका सम्पुर्ण स्थानीय तहलाइ पत्रचार गरिएको कुरा विभिन्न मिडियामा बताउनुभएको भएको छ। खत्रीका अनुसार मुसिकोटका अनेकौ राष्ट्रिय गहना र पर्यटकीय क्षेत्र, सामाजिक विकास, कृषि,उद्योग इत्याद...
वामी बिश्व सम्पर्क मञ्च र मुसिकोट युवा क्लवको संयुक्त आयोजनामा सराय नाच प्रतियोगिता हुदै

वामी बिश्व सम्पर्क मञ्च र मुसिकोट युवा क्लवको संयुक्त आयोजनामा सराय नाच प्रतियोगिता हुदै

Breaking news 3, लोकप्रिय, शिक्षा, समाचार
गुल्मी। वामी बिश्व सम्पर्क मञ्च नौमती साँस्कृतिक समिति (WWCF-९CC) र मुसिकोट युवा क्लव (MYC)को संयुक्त आयोजनामा सराय नाच प्रतियोगिता हुने भएको छ। गुल्मी मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सारमा प्रतियोगिता गर्ने गरि तयारी गरिएको बताइएको छ। विजया दशमीको पुर्णिमापछि द्वितीय तिथिको दिनमा आउदो कार्तिक १३ गते प्रतियोगिता गरिने सम्पर्क मंच नौमती सास्कृतिक समुहका संयोजक बैकुण्ठ रायमाझीले जानकारी दिनुभयो। बिस्तारै ओझेलमा पर्न लागेका धार्मिक तथा ऐतिहासिक महत्व बोकेका सास्कृतिक कार्यक्रम पुस्तान्तरण गर्नुपर्ने र बचाई राख्नुपर्ने भन्दै दुइवटा सस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको मंचका महासचिव हेमनाथ खरालले बताउनुभयो। विगत केहिवर्ष अगाडिदेखि दशैको पुर्णिमाको पर्सीपल्ट कार्तिक कृष्ण द्वितीय तिथिको दिनमा एक वर्ष बिराएर गर्दै आइरहेको नौमती बाजासंग अबदेखि आलोपालो गरि एकवर्ष नौमती बाजा र अर्को ...
गुल्मीमा पहिरोमा परी १७ वर्षीय किशोरको मृत्यु, दुई जना घाइते ।

गुल्मीमा पहिरोमा परी १७ वर्षीय किशोरको मृत्यु, दुई जना घाइते ।

Breaking news 3, लुम्बिनी प्रदेश, लोकप्रिय, शिक्षा, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मीमा पहिरोमा परी मजदुरको मृत्यु भएको छ ।जिल्लाको रेसुङगा नगरपालिका वडा नम्वर तीन भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधिन घर माथिबाट पहिरो खस्दा मजदुर प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर तीनका १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए ।यस्तै पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर तीनका २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शबलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ...
गुल्मीको मुसिकोट नगरपालिकाका वडाध्यक्ष मृत फेला

गुल्मीको मुसिकोट नगरपालिकाका वडाध्यक्ष मृत फेला

Breaking news 3, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मोहन घिमिरे मृत फेला परेका छन् । उनी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । बिहान फेसबुक स्ट्याटस लेखेर ‘अलबिदा’ भनेका घिमिरे  घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।  प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको बताएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन्। ...