उहिलेको ‘तमघाँस’ अहिलेको ‘तम्घास’ बजार
अनिल खत्री, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा बढदो आधुनिकतासँगै पुराना डिजाइनका घरहरु भत्काएर नयाँ घरहरु निर्माण गर्ने क्रम बढदै गएको छ । कुनै समयका निकै राम्रो मानिएका ढुंगा, माटो, काठ र जस्ता पाता लगायत प्रयोग गरेर निर्माण गरिएका घरहरु तम्घास बजारमा हराउदै जान थालेका छन् ।
गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको विकाससँगै अहिले पुराना डिजाइनका घरहरु हराउदै जान थालेका छन् । त्यस्ता घरहरु तम्घास बजारमा अहिले केहि मात्रामा मात्रै देख्न सकिन्छ ।अहिले बजार रहेका ती पुराना डिजाइनका घरहरु कुनै समयमा निकै राम्रा मध्येका घर हुन् । आधुनिकताको विकाससँगै अहिले सिमेन्टर, छड, इटा प्रयोग गरेर घरहरु धमाधम निर्माण हुँदै गएका छन् ।
यसरी निर्माण हुँदा पुराना डिजाइनका घरहरु अहिले हराउदै गएका हुन् । पुराना घरहरु हराएसँगै तम्घास बजारले नयाँ स्वरुप लिएको छ । २००९ सालअघिसम्म तम्घासको पुरै झाडी थि...









