Amalabot Online

Author: Amalabot Online

गुल्मी इन्द्रेगौडामा पुरुष भलिबल प्रतियोगिताको तैयारी तिब्र

गुल्मी इन्द्रेगौडामा पुरुष भलिबल प्रतियोगिताको तैयारी तिब्र

Breaking news 1, खेलकुद, शिक्षा, समाचार, स्थानीय सरकार
गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं.-५ इन्द्रेगौंडामा कृयाशिल गतिशील युवा क्लबद्वारा संचालन हुन लागेको खुल्ला वडा स्तरीय पुरुष भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम-२०८० लक्षित तैयारी तिब्र पारिएको छ। फागु पुर्णिामा (होली) को अवसर पारेर चैत १०,११ र १२ गते गरि ३ दिन सन्चालन हुने कार्यक्रममा भलिबल खेल तर्फ प्रथम पुरस्कार नगद रु. ३० हजार कप,मेडल र प्रमाण-पत्र, द्वितीय पुरस्कार नगद रु. २० हजार कप,मेडल र प्रमाण-पत्र र सान्त्वना दुई टिमलाई क्रमश ५/५ हजार र विधागत पुरस्कार (उत्कृष्ट र अनुशासन खेलाडी) रहेको गतिशील युवा क्लबका अध्यक्ष चेतनारायण अर्यालले अमलाबोट अन्लाईनलाई जानकारी दिनुभयो। त्यसै गरि खुल्ला रेकर्ड डान्स प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगद रु ५ हजार र प्रमाण-पत्र, द्वितीय पुरस्कार नगद रु.३ हजार र प्रमाण-पत्र र तृतीय पुरस्कार नगद रु एक हजार र प्रमाण-पत्र रहने कुरा ...
मुसिकोटमा जनप्रतिनिधि र कर्मचारीको छोराछोरी पनि सामुदायिक विद्यालयमा पढाउनु पर्ने

मुसिकोटमा जनप्रतिनिधि र कर्मचारीको छोराछोरी पनि सामुदायिक विद्यालयमा पढाउनु पर्ने

Breaking news 1, शिक्षा, समाचार, स्थानीय सरकार
गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकाले जनप्रतिनिधि र सरकारी सेवामा रहेका कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने सुचना जारी गरेको छ । नगरभित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरूले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने सुचना जारी गरेको हो । नगरपालिकाले सूचना निकालेर जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गरेको नगरपालिकाका नगरप्रमुख जीवन खरेलले बताउनुभयो । सामुदायिक विद्यालय शिक्षालाई गुणस्तरीय बनाउनको लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले यो व्यवस्था लागू गरेको नगरप्रमुख खरेलले बताउनुभयो । सरकारी सेवामा कार्यरत कर्मचारी र जनप्रतिनिधिले निजी विद्यालयमा अध्ययन गराएकाले यसको अत्यको लाग...
गुल्मीको मालारानिमा ५० हजार धन राशिको खुल्ला भलिबल प्रतियोगिता हुँदै

गुल्मीको मालारानिमा ५० हजार धन राशिको खुल्ला भलिबल प्रतियोगिता हुँदै

Breaking News 2, खेलकुद, समाचार
गुल्मी जिल्ला मुसिकोट नगरपालिका ८ मालारानीमा रहेको ताराखसे युवा क्लबले खुल्ला महिला तथा पुरुष भलिबल एवम् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । “विकास अनुशासन, गतिशीलता आजको आवश्यकता, समाज परिर्वतन हाम्रो प्रतिवद्धता” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै अघि बढिरहेको ताराखसे उुवा क्लबको १२ औँ वार्षिकोत्सवमा कार्यक्रमको आयोजना गरेको हो । यही चैत्र २६ देखी २९ सम्म विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष राम बोहराले जानकारी दिए । पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार ५० हजार कप मेडल र प्रमाणपत्र, द्धितिय कप मेडल र प्रमाणपत्र, ३५ हजार कप, मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार २५ हजार कप, द्धितिय मेडल तथा विधागत सबैमा नगदी तथा उत्कृष्ट पुरस्कार रहेको छ । त्यस्तै महिला भलिबल तर्फ प्रथम पुरस्कार २५ हजार कप मेडल र प्रमाणपत्र, द्धितिय पुरस्कार १५ ह...
चन्द्रकोट दलित उत्थान समाजको अध्यक्षमा बोहरा

चन्द्रकोट दलित उत्थान समाजको अध्यक्षमा बोहरा

Breaking news 1, समाचार
गुल्मी। गुल्मीको चन्द्रकोट गाउँपालिकामा कृयाशिला श्री चन्द्रकोट दलित उत्थान समाजको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्याम बहादुर बोहरालाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ। त्यस्तै उपाध्यक्षमा मीन बहादुर नेपाली, सचिव छत्र बहादुर बोहाेरा, सह-सचिव ममता नेपाली, काेषाध्यक्ष बालकृष्ण सुनार निर्वाचित भएका छन। सदस्यहरुमा क्रमशः डिल बहादुर विक, नर बहादुर विक, टीका बहादुर नेपाली, मनिराम रम्तेल, कुमारी विटालु, कुमार सार्की , दिपक सुनार, झक बहादुर नेपाली र तिर्ख बहादुर सार्कीलाई चयन भएका छन। शनिबार चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले उद्घाटन गरेका थिए। अधिवेशनलाई सो पालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी लगायतले सम्बोधन गरेका थिए। अधिवेशन सङ्गै जिल्लामा आधिकारिक रुपमा दलित समुदाय संगठित हुने चन्द्रकोट पहिलो पालिका बनेको छ। उनिहरुलाई संगठ...
गुल्मीमा गौहत्या अभियोगका फरार प्रतिवादी पक्राउ !

गुल्मीमा गौहत्या अभियोगका फरार प्रतिवादी पक्राउ !

Breaking news 3, समाचार
गुल्मी । गुल्मीमा गाई काटेर खाएको अभियोग पछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले १ वर्ष पछि पक्राउ गरेको छ । मुसिकोट नगरपालिका वडा नं-१ का २० वर्षीय हरि नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । नेपालीलाई पशुपक्षी सम्बन्धी कसुर (गाई मारेको) मुद्दामा गुल्मी जिल्ला अदालतले मिती २०७९/०३/०७ गत र २०८०/०३/२९ गते उच्च अदालत तुल्सीपुर वुटवलले ५ महिना १९ दिन कैद सजाय तोकेको थियो । अदालतको फैसला संगै नेपाली फरार रहेका थिए । उनलाई फाल्गुण २१ गते पक्राउ गरी जिल्ला अदालत गुल्मीमा पेश गरिएकोमा अदालतको आदेश वमोजिम कैद सजांय भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । ...
गुल्मी इन्द्रेगौंडामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता संगै साँस्कृतिक कार्यक्रम हुँदै

गुल्मी इन्द्रेगौंडामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता संगै साँस्कृतिक कार्यक्रम हुँदै

Breaking news 3, खेलकुद, शिक्षा, समाचार
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ ईन्द्रगौँणामा खुल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगीता तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । गतिशील युवा क्लवको आयोजनामा यही चैत्र १०, ११ र १२ गते भलिबल प्रतियोगीता संगै रेकर्ड डान्स कार्यक्रम र अन्य विविध सांस्कृतिक कार्यक्रम हुन गईरहेको क्लवका सचिव आकाश खरेलले जानकारी दिनुभयो । भलिबल प्रतियोगीतामा प्रथम हुने प्रतियोगी समुहले नगद रु ३० हजार कप मेडल र प्रमाणपत्र, द्धितिय हुने प्रतियोगी समुहले नगद रु. २० हजार कप, मेडल र प्रमाणपत्र तथा तृतीय हुने प्रतियोगी समुहले नगद रु. ५ हजार मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै रेकर्ड डान्स प्रतियोगीता तर्फ प्रथम हुनेले नगद रु ५ हजार र प्रमाणपत्र, द्धितिय हुने प्रतियोगीले नगद रु ३ हजार र प्रमणपत्र तथा तृतीय हुने प्रतियोगीले नगद रु १ हजार र प्रमाण पत्र प्राप्त गर्ने क्लवक...
भैरहवामा ‘टेक कन्कलेभ–२०२४’ छिटै हुँदै

भैरहवामा ‘टेक कन्कलेभ–२०२४’ छिटै हुँदै

Breaking news 3, शिक्षा, समाचार
भैरहवा। भैरहवामा टेक कन्कलेभ हुने भएको छ । कोड फर चेन्ज नामक संस्थाले आईतबार रुपन्देहीको भैरहवामा ‘टेक कन्कलेभ–२०२४’ को गर्न लागेको हो । संस्थाका अध्यक्ष कृष्ण प्रसाद पोखरेलका अनुसार प्रविधिको प्रयोगमार्फत समाजमा सकारात्मक परिवर्तन तथा सूचना प्रविधिका विद्यार्थीको सुनिश्चित भविष्यको लागि प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको छ । यस अगाडि काठमाण्डौमा हुने यो कार्यक्तम यस पटक रुपन्देहीको भैरहवामा गर्न लागिएको पनि उहाँले जानकारी गराउनु भयो । सूचना प्रविधिमा रुची राख्ने प्लस टू तथा ब्याचलर तहमा अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरी गर्न लागिएको हो ।लुम्बिनी प्रदेश युवा परिषदको सहकार्यमा आयोजना गरिएको यो कार्यक्रम प्रविधि क्षेत्रमा काम गर्दै आएका उद्योग, कलेज, विद्यार्थी र सरकारी निकाय बिचमा भएको दुरीलाई कम गर्न पुलको रुपमा काम गर्ने लुम्बिनी प्रदेश युवा परिषदका उपाध्यक्ष गोविन्द...
गुल्मीमा २१ वर्षीय युवा मृत फेला

गुल्मीमा २१ वर्षीय युवा मृत फेला

Breaking news 1, समाचार
गुल्मी । गुल्मीमा २१ वर्षीय युवा मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ अम्मरपुरका २१ वर्षीय टीकाबहादुर कुमाल मृत फेला परेको प्रहरीले जनाएको छ । गत माघ २५ गतेदेखि हराइरहेका युवा सोही वडामा मदन भण्डारी राजमार्गकाे तल भिरको रुखमा अड्किएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । शवलाई पोषटमार्टम गर्नका लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको नेतृत्वमा प्रहरी परिचालन भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक सापकोटाले जानकारी दिए । ...
नेविसंघ र अखिल छैठौँले बुटवल बहुमुखीका क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिए

नेविसंघ र अखिल छैठौँले बुटवल बहुमुखीका क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिए

Breaking news 3, राजनीति, समाचार
बुटवल । नेपाल विद्यार्थी संघ र अखिल छैठौँ बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् । क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको मिलोमतोमा क्याम्पसको मुल गेटमा गयराति अनेरास्ववियूको स्वागत बोर्ड राखिएकाले क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका उपसभापति नारायण घिमिरेले बताए । फागुन ६ गते क्याम्पस प्रशासन, प्रध्यापक संङगठनहरु, स्ववियू, विद्यार्थी संङगठनहरुको सर्वदलीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्नुको साटो वोर्ड राख्न दिएकाले आफूहरु बाध्य भएर क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएको उनले बताए । ‘फागुन ६ गते क्याम्पस प्रशासन, प्रध्यापक संङगठनहरु, स्ववियू, विद्यार्थी संङगठनहरुको बैठकले क्याम्पसको मूल गेटको नजिक रहेको स्ववियू बोर्डमा लेखिएको अभिभावदन शब्द परिमार्जन गरी नमस्कार लेख्ने सहमति भएको थियो ।’–उपसभापति घिमिरेले भन...
कृष्ण कँडेल र कलाकारबिचको विवाद अदालत पुग्यो !

कृष्ण कँडेल र कलाकारबिचको विवाद अदालत पुग्यो !

खेलकुद, समाचार
काठमाडौँ। चर्चित लोक दोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र कलाकार शर्मिला श्रेष्ठबीच केही दिनदेखि सामाजिक सञ्जालमा चर्किएको विवाद अदालत पुगेको छ । इन्द्रेणीबाट निकालिएको भनिएका शर्मिलासहितका कलाकारहरुले लगाएको आरोपको आज अपराह्न पत्रकार सम्मेलन गरि खण्डन गरेका कँडेलले उनीहरुबिरुद्ध अदालतमा मुद्दा दर्ता गराएसँगै विवाद अदालत पुगेको हो । शर्मिलासहितलाई प्रतिवादी बनाएर कँडेलले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गराएका छन् । पहिले इन्द्रेणीमै काम गर्ने छ जना कलाकारहरुले पहिले फेसबुक लाइभमा र लगत्तै पत्रकार सम्मेलन गरेर कँडेलले श्रम शोषण गरेको बताएका थिए । शर्मिलाले आफू तीनवर्षदेखि ’यौन दुर्व्यवहार’ को शिकार भएको गम्भीर आक्षेपसमेत लगाएकी थिइन् । तर, कँडेलले भने त्यस्ता आरोप निराधार रहेको दाबी गरेका छन् । आज पत्रकार सम्मेलनमा उनले श्रम शोषण नगरेको...