गुल्मी इन्द्रेगौंडामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता संगै साँस्कृतिक कार्यक्रम हुँदै
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ ईन्द्रगौँणामा खुल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगीता तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
गतिशील युवा क्लवको आयोजनामा यही चैत्र १०, ११ र १२ गते भलिबल प्रतियोगीता संगै रेकर्ड डान्स कार्यक्रम र अन्य विविध सांस्कृतिक कार्यक्रम हुन गईरहेको क्लवका सचिव आकाश खरेलले जानकारी दिनुभयो ।
भलिबल प्रतियोगीतामा प्रथम हुने प्रतियोगी समुहले नगद रु ३० हजार कप मेडल र प्रमाणपत्र, द्धितिय हुने प्रतियोगी समुहले नगद रु. २० हजार कप, मेडल र प्रमाणपत्र तथा तृतीय हुने प्रतियोगी समुहले नगद रु. ५ हजार मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
त्यस्तै रेकर्ड डान्स प्रतियोगीता तर्फ प्रथम हुनेले नगद रु ५ हजार र प्रमाणपत्र, द्धितिय हुने प्रतियोगीले नगद रु ३ हजार र प्रमणपत्र तथा तृतीय हुने प्रतियोगीले नगद रु १ हजार र प्रमाण पत्र प्राप्त गर्ने क्लवक...









