मुसिकोट भित्र सञ्चालित होटल व्यवसायहरुमा भदौदेखि नयाँ मुल्य सुची
Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
सागर भण्डारी, गुल्मी । होटल व्यवसायी मञ्च मुसिकोटले नगरभित्र सञ्चालित होटल व्यवसायहरुले बिक्री वितरण गर्ने वस्तु तथा सेवाको नयाँ मुल्य कायम गरेको छ ।
होटल व्यवसायी मञ्च गुल्मीको श्रावण २० गते बसेको बैठकको निणर्य अनुसार जिल्लाभरका होटल व्यवसायका लागि निर्धारित नयाँ मुल्यसूचीलाई मुसिकोट शाखाको २७ गते बसेको बैठकले अनुमोदन गरी कार्यान्वयन गर्ने निणर्य गरेको हो ।
होटल व्यवसायमा प्रयोग हुने कच्चा पदार्थ सहित खाद्यान्न र अन्य सामाग्रीहरुको मुल्य वृद्धि भएकाले होटलबाट उत्पादन हुने खाद्यान्न सामाग्रीहरुको पनि मुल्य वृद्धि गरिएको होटल व्यवसायी मञ्च मुसिकोटका अध्यक्ष विवेक काफ्लेले जानकारी दिनुभयो ।
बजार र व्यवसायको आधारमा मञ्चले विभिन्न समयमा मुल्यसूची परिमार्जन गर्दै आईरहेको छ । थोक मूल्य र छिमेकी जिल्लाहरुको मूल्य दरको आधारमा हाल कायम गरिएको नयाँ मूल्यसूची पुरानो मूल्यसू...






