Amalabot Online

स्वास्थ्य

स्वास्थ्य शिविरबाट चन्द्रकोटका झण्डै १८ सय नागरिक लाभान्वित

स्वास्थ्य शिविरबाट चन्द्रकोटका झण्डै १८ सय नागरिक लाभान्वित

Breaking news 3, शिक्षा, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको पदबहालीको २ बर्ष पूरा भएको उपलक्ष्यमा गुल्मीको चन्द्रकोट गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्ने उदेश्यले गाउँपालिकाले एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । शुक्रबार गाउँपालिकाको केन्द्र शान्तिपुरमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट सुगर, प्रेसर, थाइराईड्स, दम, पेट, छाती, यौनरोग, हाडजोर्नी तथा नशारोग, महिला प्रसुती तथा स्त्री रोग, छाला तथा यौन रोग यूरो सर्जन रोगका बिरामीले सेवा लिएको चन्द्रकोट गाउँपालिका उपाध्यक्ष विष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । फजिसियन सेवा तर्फ ५ सय ८०, हाडजोर्नी तथा नशारोग तर्फ ३ सय ४७ जना महिला प्रसुती तथा स्त्री रोग तर्फ १ सय ६० युरो सर्जन तर्फ २४, छाला तथा यौन र आँखा उपचारमा १५९, प्र...
गुल्मी मोडल हस्पिटलद्वारा आगलागी पीडितको नि:शुल्क उपचार

गुल्मी मोडल हस्पिटलद्वारा आगलागी पीडितको नि:शुल्क उपचार

Breaking news 1, शिक्षा, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । गुल्मी मोडल हस्पिटल प्रालि तम्घासले आगोलागी पीडितको नि:शुल्क उपचार गरेको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर- ४ निवासी ४० वर्षकी शान्ति दर्जीको अस्पतालले नि: शुल्क उपचार गरिदिएको हो ।  गत वैशाख १० गते आगोलागीका कारणले घर जलेर नष्ट भएको थियो । दर्जीको स्वास्थ्यमा समस्या देेखिएकाकारण उपचारको लागि गुल्मी मोडल हस्पिटलमा लगिएको थियो । उपचारमा उहाँसँग उपचार गराउने आर्थिक रकमको समस्या भएपछि  नि: शुल्क उपचार गरिदिएको मेडिकल  सुपरिटेन्डेन्ट डाक्टर विपिन भण्डारीले बताउनुभयो । दर्जीको ल्याब, भिडियो एक्सरे, औषधीमा लागेको सम्पूर्ण रकम नि: शुल्क गरिएको हो । अस्पतालले नि: शुल्क रूपमा उपचार गरिदिएकोमा दर्जीले धन्यवाद दिनुभयो । दैवीप्रकोपमा परेर  उपचार गराउन नसक्नेलाई सामाजिक उत्तरदायित्व स्वरुप नि: शुल्क उपचार गरिएको डा. भण्डारीको भनाइ छ । अस्पतालले सामा...
गुल्मीका एक पुरुषको मुस्ताङमा लेक लागेर मृत्यु

गुल्मीका एक पुरुषको मुस्ताङमा लेक लागेर मृत्यु

लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । मुस्ताङको कागबेनीमा श्राद्ध गर्न गएका एक तीर्थालुको लेक लागेर मृत्यु भएको छ । गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर ७ घमिरका ६८ वर्षीय कृष्णप्रसाद लम्सालको सोमबार बिहान वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीधाममा पुजापाठ गर्ने क्रममा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङको धार्मिक स्थल कागबेनीधामको कालिगण्डकी किनारामा दिवंगत पितृको श्राद्ध, पिण्डदान र तर्पण दिनका लागि पूजापाठ र स्नान गरिरहेको बेला अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि उनी त्यही बेहोस भई ढलेका थिए । त्यसपछि उनलाई प्रहरी र स्थानीयबासीको सहयोगमा कागबेनी स्वाथ्यचौकी पुर्‍याइएको थियो। बेहोस भई ढलेका लम्साललाई कागबेनी स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि मुस्ताङ अस्पताल जोमसोम ल्याइएको थियो । स्वास्थ्य चेकजाँच गर्ने क्रममा सोमबार बिहान ८ बजेर ५० मिनेटको समयमा...
तानसेन १३ मा एकिकृत घुम्ति शिविर, २ हजार बढी लाभान्वित

तानसेन १३ मा एकिकृत घुम्ति शिविर, २ हजार बढी लाभान्वित

Breaking News 2, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
पाल्पा, चैत २७।घरदैलोमा जनतालाई सबै प्रकारका सेवाहरु प्रवाह गर्ने उद्देश्यले तानसेन नगरपालिका १३ मा घुम्ति शिविर कार्यक्रम सञ्चालन गरिएको छ । एक दिने घुम्ती शिविरबाट दुई हजार बढी जनता लाभान्वित भएका छन् । तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जनतालाई घरदैलोमै कृषि, पशु, स्वास्थ्य, सिफारिस तथा घटना दर्ताका सेवा प्रदान गरिएको बताए । उनी भन्छन्, निर्वाचनको घोषणा पत्र अनुसारका कार्यक्रमलाई प्राथमिकता दिँदै काम गरिरहेका छौं । ग्रामीण इलाकाहरुलाई केन्द्रीत गरेर घुम्ति शिविरलाई निरन्तरता दिने योजना बनाएका छौं । विषयगत रुपमा प्रदान गरिएका सेवाको निम्न अवस्था रहेको छ । शिविरमा पशु सेवा तर्फ १ सय २ घरधुरीका ९ सय ५० पशुपंक्षीलाई सेवा प्रदान गरिएको छ । जसमा जुकामाटेको औषधी वितरण, गोबर नमूना परीक्षण र परामर्श सेवा दिइएको थियो । कृषि विकास सेवा तर्फ १ सय ६३ घरधुरीलाई तरकारी विऊ वि...
मेची-महाकाली रक्तदान सम्बन्धि उत्प्रेरणा अभियानको ३४ औं कार्यक्रम रुपन्देहीमा सम्पन्न

मेची-महाकाली रक्तदान सम्बन्धि उत्प्रेरणा अभियानको ३४ औं कार्यक्रम रुपन्देहीमा सम्पन्न

Breaking news 1, समाचार, स्वास्थ्य
रुपन्देही। रगत व्यवस्थापनमा समन्यकारी भूमिका र रक्तदान गर्नका लागि उत्प्रेरण जागाउँदै आएको संस्था ‘ब्लड डोनर्स सोसाइटी नेपाल’ यतिबेला ‘मेची–महाकाली रक्तदान सम्बन्धि उत्प्रेरणा अभियान’ मा रहेको छ । अभियानको ३४ औ कार्यक्रम आज भैरहवा, रुपन्देहीमा अन्तरक्रिया कार्यक्रम गरि सम्पन्न भएको हो ।गत पौष ७ देखि मेची पुलबाट सुरु भएको अभियानले रुपन्देही सम्म आईपुग्दा देशका विभिन्न ३४ स्थानहरुमा कार्यक्रम सम्पन्न गरिसकेको छ । अभियान अन्तर्गत अवको कार्यक्रम कैलाली, बाके , सुर्खेत , दाङ , कपिलवस्तु , नवलपुर र चितवनमा कार्यक्रम तय गरिएको संस्थाका अध्यक्ष तथा अभियानका संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो । उहाँले एक घर एक रक्तदाता भन्ने मुल नारा लिई समाजमा रगत सम्बन्धि चेतना अभिवृद्धि गराउने र रगत अभाव हुन बाट बचाउनका लागि युवाहरुमा सचेतता फैलाउने उद्देश्यले यो अभियान सुरु गरेको बताउनु...
रिडीमा ‘लोक भजन महोत्सव’ हुँदै, तयारी तीव्र

रिडीमा ‘लोक भजन महोत्सव’ हुँदै, तयारी तीव्र

Breaking News 2, समाचार, स्वास्थ्य
गुल्मी। गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा भजन महोत्सव हुन लागेको छ। रुरु धार्मिक सेवा सञ्चार प्रालिले पुष १ गते नवौ भजन महोत्सव तथा शिखा शुत्र भजन प्रतियोगिताको आयोजना गर्न लागेको हो। विवाह पञ्चमीको अवसरमा महोत्सव तथा प्रतियोगिता गर्न लागिएको रुरु धार्मिक सेवा सञ्चारले जनाएको छ। पछिल्लो समय लोप हुन लागेका लोक भजनहरुको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको प्रालिका अध्यक्ष चुरामणी तिमिल्सीनाले बताए। उनले भने ‘सनातन हिन्दू धर्म, संस्कार र संकृतिका रूपमा रहेको लोक भजन संरक्षणका लागि हामीले अगुवाइ गरिरहेका छौँ।’ महोत्सव गरेर होस् वा प्रतियोगिता आयोजना गरेरै किन नहोस् भजनहरुको संरक्षण र प्रवर्द्धन गर्नु पर्छ भनेर नै विगत ८ वर्षदेखि सक्रिय रुपमा लाग्दै आएको तिमिल्सीनाको भनाई छ । ‘युवा पुस्ता विदेश पलायन हुने बूढापाकाको भजनमोह पुस्तान्तरण नहुँदा समस्या छ, लोक भजन संरक...
मुसिकोटको भुवाचिदीमा सञ्चालित व्यवसायहरुको अनुगमन !

मुसिकोटको भुवाचिदीमा सञ्चालित व्यवसायहरुको अनुगमन !

Breaking news 1, समाचार, स्वास्थ्य
प्रकाश घिमिरे, मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिका वडा नं-६ कुर्घा स्थित भुवाचिदी बजारमा सञ्चालित पसल व्यवसायहरुको अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना एवम् जिल्ला प्रशासन कार्यालय गुल्मीको सहजीकरणमा बजार क्षेत्रका खाद्यान्न, तरकारी, फेन्सी तथा सुनचाँदी लगायतका पसलको अनुगमन गरिएको हो । बजारक्षेत्रका झण्डै २५ वटा पसलमा गरिएको अनुगमनका क्रममा केही पसलहरुका म्याद गुज्रेका सामाग्री भेटिएका छन् । त्यस्तै कतिपय व्यवसाय दर्ता बिना सञ्चालन रहेको, मूल्यसूची नराख्ने गरेको, दर्ता भन्दा फरक कारोबार गर्ने गरेको लगायतका समस्याहरु भेटिएको घरेलु तथा साना उद्योग कार्यालयका त्रिविक्रम ज्ञवालीले जानकारी दिनुभयो । अनुगमनमा पहिलो पटक भएकाले सुझाव र सल्लाह दिएपनि आगामी दिनमा पुनः सोही कमजोरी भेटिए कारबाही स्वरुप जरिवाना लिईने उहाँले बताउनुभयो । अनुगमनका क्रममा झण्ड...
अस्पतालले मृत्यु प्रमाणपत्र बनाएर पठाएको व्यक्ति घाट लैजान लाग्दा जीवितै!

अस्पतालले मृत्यु प्रमाणपत्र बनाएर पठाएको व्यक्ति घाट लैजान लाग्दा जीवितै!

Breaking news 1, समाचार, स्वास्थ्य
इटहरी । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवितै पाइएको हो । प्रतापका छिमेकी पहल कटुवालका अनुसार उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोश भएका थिए। उनलाई तत्काल इनरुवा अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नहुने भन्दै विराटनगरमा रहेको कोशी अस्पताल रिफर गरिएको थियो । उपचारका क्रममा कोशी अस्पताल लगिएका ...
गुल्मीको मदानेमा १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न, १४७ जनाले लिए लाभ

गुल्मीको मदानेमा १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न, १४७ जनाले लिए लाभ

Breaking news 1, समाचार, स्वास्थ्य
गोविन्द भुसाल, गुल्मी । मदाने आँखा उपचार केन्द्रको आयोजनामा मदाने गाउँपालिका वार्ड नम्बर २ को बाझँकटेरी स्वास्थ्य चौकीमा १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । बाझँकटेरी स्वास्थ्य चौकीको उज्यालो अभियान कार्यक्रम अन्तर्गत मदाने आँखा उपचार केन्द्रको आयोजना तथा बाझँकटेरी स्वास्थ चौकी र बाझँकटेरी समाज काठमाडौंको सह आयोजनामा शिविर संचालन गरिएको बाझँकटेरी स्वास्थ्य चौकीका इन्चार्ज घन बहादुर थापा मगरले जानकारी दिनुभयो । उक्त एक दिने आँखा शिविरमा १४७ जनाको निशुल्क आँखा जाँच गरिएको थियो । जसमा १०२ बर्सिय कुवारी सुनारको समेत आँखा उपचार गरिएको थियो ।बाझँकटेरी स्वास्थ्य चौकी इन्चार्ज थापा मगरका अनुसार यस शिविरबाट ६६ जनालाई चस्मा वितरण र बाझँकटेरी समाज काठमाडौंको सौजन्यमा तेह्र हजार पाँच सय दस बराबरको निशुल्क औषधि वितरण गरेको थियो । यस्तै उक्त आँखा शिविरमा १० जनाको मोतियाबिन...
गुल्मीमा आजदेखि पुरुष तथा महिलाको पालिका स्तरीय भलिबल प्रतियोगिता

गुल्मीमा आजदेखि पुरुष तथा महिलाको पालिका स्तरीय भलिबल प्रतियोगिता

Breaking News 2, खेलकुद, समाचार, स्वास्थ्य
गुल्मी: गुल्मीमा आजदेखि पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै छ। आजदेखि उपल्लो तम्घासमा सुरु हुन लागको महोत्सवमा १२ वटै स्थानीय तहका पुरुष र महिला गरी २१ टिमबीच प्रतिस्पर्धा हुने जिल्ला भलिबल संघका अध्यक्ष राजन कुँवरले जानकारी दिए। कार्तिक १८ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले पुरुषतर्फ नगद ७७ हजार ७७७ सहित ट्रफी, कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५, तृतीय पुरस्कार ३३ हजार ३ सय ३३ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ सहित कप मेडल र प्रमाणपत्र रहेको जिल्ला भलिबल संघ गुल्मीका महासचिव नारायण आचार्यले जानकारी दिए । यस्तै महिला तर्फ प्रथम पुरस्कार ३५ हजार दृतिय पुरस्कार २५ हजार तृतीय पुरस्कार १५ हजार र सान्त्वना पुरस्कार १० हजार सहित शिल मेडल प्रमाणपत्र रहेको छ । कपको मुख्य प्रायोजक गुल्मीकै पहिलो अन्तर्राष्ट्रिय भलिबल खेलाड...