Amalabot Online

Breaking news 1

गुल्मीको तल्लाफाँटमा अन्तर विद्यालय मैत्रीपूर्ण छात्र भलिबल खेल भब्य रुपमा सम्पन्न

गुल्मीको तल्लाफाँटमा अन्तर विद्यालय मैत्रीपूर्ण छात्र भलिबल खेल भब्य रुपमा सम्पन्न

Breaking news 1, खेलकुद, समाचार, स्वास्थ्य
गुल्मी। गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नम्बर ५ तल्लाफाँटको श्री शिवशंकर माद्यामिक विद्यालयमा दशैं लक्षित अन्तर विद्यालय मैत्रीपूर्ण छात्र भलिबल प्रतियोगिता हिजो सनिबार सम्पन्न भएको हो। कार्तिक १० र ११ गते दुइ दिन भनेर आयोजना गरिएको कार्यक्रम भब्य र सब्य रुपमा सम्पन्न भएको खेल संयोजक शिक्षक कृष्ण घिमिरेले जानकारी दिनुभएको हो। रोचक तरिकाले सम्पन्न भएको खेलमा करिब दर्जन टिमको सहभागिता रहेको थियो। विद्यालय तथा दानदाताहरुको सहयोगबाट आयोजना गरिएको कार्यक्रममा रेकर्ड डान्स र भलिबल खेल लगायतका कार्यक्रमहरु भएको कुरा जय जय कोटेश्वर समुह व्यवस्थापक लब्ली किरण खरेलले जानकारी दिनुभएको हो। निकै सोचक तरिकाले सम्पन्न भएको कार्यक्रममा दानदाता, खेलाडी,कलाकार,पत्रकार तथा समाजसेवी बुद्धिजीवी व्यक्तित्त्वलाइ समेत सम्मान गरिएको कुरा खेल संयोजक घिमिरेले बताउनुभएको हो। प्रमुख अतिथि नगर प्...
मुसिकोट नगरस्तरीय पुरुष/महिला भलिबल समूह निर्माण,को को परे समुहमा ?

मुसिकोट नगरस्तरीय पुरुष/महिला भलिबल समूह निर्माण,को को परे समुहमा ?

Breaking news 1, खेलकुद, समाचार, स्थानीय सरकार
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले नगरस्तरीय पुरुष/महिला भलिबल समुह निर्माण गरेको छ । नगर खेलकुद विकास समितिले पालिका भित्र रहेका भलिबल खेलाडीहरुबीच एक आपसमा प्रतिष्प्रधात्मक खेल सम्पन्न गरी उत्कृष्ट खेलाडी छनौट गरेको हो । असौज १० गते सम्पन्न नगर खेलकुद विकास समितिको बैठकले नगरस्तरीय भलिबल समुह निर्माण गर्ने निणर्य गरेको थियो । सोही बमोजिम नगरपालिकाले खेलाडी छनौटका लागि आवेदन माग गरेको थियो । जसमध्ये ४० जना पुरुष खेलाडी र २४ जना महिला खेलाडीले आवेदन दिएका थिए । प्राप्त आवेदनका आधारमा २ दिनसम्म ग्वादिकाचौरमा आन्तरिक रुपमा प्रतिष्प्रधात्मक खेलहरु सम्पन्न गरी खेलाडी छनौट गरीएको नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो । भलिबल खेलाडीहरु छनौट गर्नका लागि सोम दर्लामीको संयोजकत्वमा ५ सदस्यीय छनौट समिति निर्माण गरिएको थियो । नविन छन्त्याल, राजेश रायमाझी, मद...
पाल्पामा दशैंको मुखैमा जीप दुर्घटना_६ जनाको ज्यान गयो

पाल्पामा दशैंको मुखैमा जीप दुर्घटना_६ जनाको ज्यान गयो

Breaking news 1, शिक्षा, समाचार
पाल्पा – पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाएका छ जनाकै परिचय खुलेको छ । दुर्घटनामा पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका–१६ की पार्वती लोहनी, ६५ वर्षीय कृष्ण लोहनी, ११ वर्षीय सविस लोहनी, इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङकाे बेसीसहर नगरपालिका–२ की ५५ वर्षीया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक ३६ वर्षीय ईश्वर लोहनीको तानसेनमा रहेकाे युनाइट मिशन अस्पतालमा उपचार भइरहेको छ । पर्यटकीय स्थल रानीमहल दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१—०२६ च — ७२०९ नम्बरको जीप आज आइतवार बैकुण्ठे भीरबाट खोलामा खसेको हो । ...
गुल्मीको वामीकोटमा दाताहरुको सहयोगमा निर्मित प्रवेशद्वार, घण्टा र खुँडाको उद्घाटन

गुल्मीको वामीकोटमा दाताहरुको सहयोगमा निर्मित प्रवेशद्वार, घण्टा र खुँडाको उद्घाटन

Breaking news 1, लोकप्रिय, शिक्षा, समाचार
गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका वडा नं-८ वामीमैदानमा अवस्थित खड्क निशान देवी कोत मन्दिर (वामी कोत) मन्दिरमा विभिन्न दाताहरुको सहयोगमा निर्मित प्रवेशद्धार, घण्टा र खुडाको उद्घाटन गरिएको छ। खड्क निशान देवी कोट मन्दिर व्यवस्थापन समितिले एक कार्यक्रमको आयोजना गरी उक्त संरचनाहरुको समुद्घाटन गरेको हो । नवनिर्मित प्रवेशद्धार संगै खुडाको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल र घण्टाको पूर्वनगरप्रमुख सोमनाथ सापकोटाले उद्घाटन गर्नुभएको हो ।मुसिकोट नगरपालिका वडा नं ८ निवासी स्व. हरिलाल सापकोटा र बुद्धिकला सापकोटाको स्मृतीमा छोराहरु कृष्ण सापकोटा र सुदिप सापकोटाले झण्डै २२ लाख लागतमा कोत मन्दिर प्रवेशद्धार निर्माण गरिदिनुभएको हो। त्यस्तै वडा नं ८ दाल्का दिगामी परिवारबाट स्व. बुबा मोतिलाल सापकोटा र स्व. आमा तनकला सापकोटाको स्मृतीमा आमा कृष्णा कुमारी सापकोटा, छोरा बुहारीहरु कृष्ण साप...
गुल्मीमा दशैंको मुखैमा दानदातालाई सम्मान र निम्न परिवारलाई खाद्यान्न सामग्री वितरण

गुल्मीमा दशैंको मुखैमा दानदातालाई सम्मान र निम्न परिवारलाई खाद्यान्न सामग्री वितरण

Breaking news 1, लोकप्रिय, शिक्षा, समाचार
गुल्मी।। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ इन्द्रेगौडा स्थित वरदान सामुदायिक शहरी स्वास्थ केन्द्रमा केहि समय अगि बनेको नयाँ पार्किङ स्थलमा करिब ३०/३० फिट लामो दुई वटा फलामको बेन्जी आज मात्र उद्घाटन भएको छ। दशैं लक्षित शुभकामना आदानप्रदान कार्यक्रम मै दानदाताहरुको सहयोगबाट बनेको दुई वटा बेन्ची नगरपालिकालाई हस्तान्तरण तथा गरिब, निमुखा, अपांगता तथा दशैंमा चुलो सम्म बोल्न धौ-धौ हुने परिवारको लागि दशैं र तिहार सम्म पुग्ने रासन औपचारिक कार्यक्रमका बिच बितरण र दानदातालाई सम्मान गरिएको हो। वडा नम्बर ५ धुमी निवासी हाल वैदेशिकका लागि बेलायतमा बस्दै आउनु भएका स्व.पिता शिवलाल खराल र माता मनकला खरालको सम्झनामा छोरा डिएन खराल र बुहारी मन्जु खराल र सोही वडाकै भुकुवामा बस्ने हरिलाल खरालले अगाडि रहेको एम्बुलेन्स पार्किङको कुना र छेउमा बार हुने गरि सेवा लिन आउने बिरामीहरुको भिडमा हुने बेथा र म...
गुल्मीमा डोजरले मान्छे मारेको घ,टना गुपचाप गर्ने प्रयास_डोजरको नम्बर समेत फरक

गुल्मीमा डोजरले मान्छे मारेको घ,टना गुपचाप गर्ने प्रयास_डोजरको नम्बर समेत फरक

Breaking news 1, लोकप्रिय, शिक्षा, समाचार
गुल्मी: डोजरले हानेर मान्छे मारिन्छ । अनि घटनालाई सामन्यकरण गराउन प्रयासका साथ सञ्चार माध्यममा अर्कै समाचार टिपाईन्छ । यस्तै गरियो बुधबार गुल्मीको पराल्मी गाउँमा । बुधबार दिउँसो एक बजेर २० मिनेट जाँदा रेसुङ्गा नगरपालिका १४ पराल्मीको तारनेटा टापु जोडने सडक मर्मत गर्न लु १ क २३६४ नम्वरको जेसिभी अर्थात डोजरले हानेर स्थानीय ९२ बर्षीय कृष्णबहादुर सुनारलाई मारियो। तर प्रहरीबाट पुष्टी गर्नु पर्ने समाचार त्यता पुष्टी नगराई त्यहाँका वडाध्यक्ष धनबहाद्ुर थापालाई उदृत गर्दै डोजरले चलाईको ढुङ्गाले किचेर सुनारको मृत्यु भएको समाचार बाहिरिए पछि पिडित परिवार थप पिडित हुँदै बिहिबार जिल्ला प्रहरी कार्यालयमा आई आक्रोष ब्यक्त गर्दै थिए । दशैको सडक मर्मत सम्भार गर्न चलाईएको डोजरले सुनार परिवारको दशैं खोसियो । दशैं मान्ने तयारी गरेका सुनार । जसले सबैको सडक सुविधाका लागि सबैले भन्दा बढि जग्गा दिए । ...
मुसिकोटका अधिकांश पसलमा म्याद गुज्रेका सामाग्री फेला

मुसिकोटका अधिकांश पसलमा म्याद गुज्रेका सामाग्री फेला

Breaking news 1, Breaking News 2, लोकप्रिय, शिक्षा, समाचार
गुल्मी । नेपालीहरुका महत्वपूर्ण चाडपर्वहरु नजिकिएसंगै गुल्मीको मुसिकोट नगरपालिकाले नगरपाालिका भित्र सञ्चालित विभिन्न व्यापार व्यवसायहरुको अनुगमन सुरु गरेको छ ।चाडपर्वको समयमा उपभोक्ताहरुमाथि हुने ठगी नियन्त्रण गर्ने र सचेतना प्रदान गर्ने उद्धेश्यले मंगलबार वडा नं ५ को ईन्द्रेगौँणा र तल्लाफाँट तथा वामी वडा नं २ को देउराली तथा वडा नं ३ को मैदान लगायतका मुख्य बजार क्षेत्रका पसल व्यवसायहरुको अनगुमन गरिएको हो । मुसिकोट नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७४ बमोजिम नगरपालिकाको अनुगमन समितिले चाडपर्व केन्द्रित गरेर खाद्यान्न पसलहरुको अनुगमन गरेको हो । दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा केन्द्रित रही बजार अनुगमन तथा निरीक्षण गरिएको नगरपालिकाका प्रशासन सहायक सुमन खरेलले जानकारी दिनुभयो । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा ...
गुल्मीमै ५ वटाभन्दा बढी दुहुना गाई र भैंसी पाल्ने कृषकले पाउँछन् मासिक १० हजार

गुल्मीमै ५ वटाभन्दा बढी दुहुना गाई र भैंसी पाल्ने कृषकले पाउँछन् मासिक १० हजार

Breaking news 1, लोकप्रिय, समाचार
\ गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले ५ वटाभन्दा बढी दुहुना गाई र भैंसी पाल्ने पालिकाभित्रका कृषकलाई १० हजार रुपैयाँ दिँदै आएको छ । गाउँपालिकाले गत आर्थिक वर्ष ६ वटा कृषि फर्मलाई मासिक १० हजार रुपैयाँका दरले गाई भैंसी हेरालु खर्च भनेर रकम उपलब्ध गराएको हो । चालु आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकामा ४ वटा फर्मले ५ वटाभन्दा बढी दुहुना गाई र भैंसी पाल्दै आएको गाउँपालिका कृषि शाखा प्रमुख तुल्सी थापाले बताए । ती फर्मलाई गाउँपालिकाले मासिक १० हजार रुपैयाँ उपलब्ध गराएको छ । गाउँपालिकामा दर्ता भएको नमुना कृषि तथा पशुपन्छी फर्ममा हाल ९ वटा दुहुना गाई रहेका छन् । गाउँपालिकाको वडा नम्बर ५ मा रहेको उक्त फर्मले अघिल्लो आर्थिक वर्षदेखि नै निरन्तर ५ वटा भन्दा बढी दुहुना गाई पाल्दै आएको छ । त्यस्तै वडा नम्बर १ मा रहेको गौरव कृषि तथा पशुपन्छी फर्ममा हाल दुहुना गाई र भैंसी गरी ९ वटा रहेका...
गुल्मीको मदाने युवा क्लबले कार्तिक ९ देखि ११ गतेसम्म आफ्नो चौधौं वार्षिकोत्सब मनाउने

गुल्मीको मदाने युवा क्लबले कार्तिक ९ देखि ११ गतेसम्म आफ्नो चौधौं वार्षिकोत्सब मनाउने

Breaking news 1, लोकप्रिय, समाचार, स्वास्थ्य
गोविन्द भुसाल,गुल्मी । मदाने युवा क्लबले चौधौं वार्षिकोत्सबमा विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमको तयारी तिब्र पारेको छ ।  मदाने गाउँपालिका वार्ड नम्बर २ बाझकटेरीमा क्लब दर्ता भएपछि नै विभिन्न सामाजिक कार्य समेत गर्दै आएको छ । मदाने गाउँपालिका वडा नम्बर २ मा स्थापना भएको क्लबले कार्तिक ९ देखि ११ गते सम्म कल्बको चौधौं वार्षिकोत्सव मनाउने घोषणा गरेको छ ।  `विकास,अनुशासन,गतिशीलता हाम्रो प्रतिबद्धता´ भन्ने नारा लिएर स्थापित क्लबले मदाने गाउँपालिका वडा स्तरीय पुरुष भलिबल ,फुट्सल र विविध सास्कृतिक कार्यक्रम आयोजना गरेको कल्बका अध्यक्ष जय प्रकाश भुसालले जानकारी दिनुभयो  ।  युवाहरूलाई एकताबद्द गरेर समाज विकासमा आवद्द गराउने गराउने उदेश्यले वडाका सम्पुर्ण युवाहरुलाई समेटेर क्लब गठन गरि प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सब मनाउदै आएको उहाँको भनाई छ ।  आगामी दिनमा युवालाई बिकृती र बिंसगति बाट बचाउ...
संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन्: सांसद शाह

संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन्: सांसद शाह

Breaking news 1, फिचर, बागमती प्रदेश, राजनीति, लोकप्रिय, समाचार
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय अभ्यासमा नयाँ छ। तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन। रास्वपाबाट समानुपातिक सांसद चुनिएका असिम शाहको करिब नौ महिनाको संसदीय अभ्यास भने उनले चाहेजति सन्तोषजनक छैन। उनकै शब्दमा भन्दा,’एक्सन ओरिन्टेट’ काम गर्न सदन र सरकार दुवै असफल छन्। ‘सांसदसँग-रासस’ संवादका क्रममा क्रममा सांसद शाहले सुरुआती दिनमा संसदीय अभ्यास र गतिविधि बुझ्नै समय लागेको तर पछि बुझ्दै गएपछि संसद् पनि स्वतन्त्र ढङ्गले सञ्चालन हुने नसकेको आभाष भएको बताए। ‘सुरुमा हामी आफै सिकिरहेका थियौँ। हाम्रो आफ्नै भोगाइ र सिकाइ रह्यो। तर बुझ्दै जाँदा संसद् सत्ताधारी दलबाट आफ्नो अनुकूल सञ्चालन हुने रहेछ भन्ने थाहा भयो’, सांसद शाह भन्छन्,’हामीले पटक-पटक सदन अवरोध नगर्न अनुरोध गरिरह्यौँ तर सत्तापक्ष र प्रत...