Amalabot Online

समाचार

लतिला निवास प्रकरणका दुई आरोपी रिहा, अरुको पाँच दिन म्याद थप

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकामध्ये दुई जना रिहा भएका छन् । मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रिहा भएका छन् । स्वास्थ्यका कारण उनीहरुलाई मुद्दा बुझाउने दिन पेश गर्ने गरी बुधबार रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन् । सो प्रकरणमा पक्राउ परेका अन्यलाई भने आजै काठमाडौँ जिल्ला अदालतबाट थप ५ दिन म्याद थप भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत हिरासतमा छन् । ...
गुल्मीको मुसिकोट नगरपालिकाका वडाध्यक्ष मृत फेला

गुल्मीको मुसिकोट नगरपालिकाका वडाध्यक्ष मृत फेला

Breaking news 3, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मोहन घिमिरे मृत फेला परेका छन् । उनी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । बिहान फेसबुक स्ट्याटस लेखेर ‘अलबिदा’ भनेका घिमिरे  घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।  प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको बताएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन्। ...
समाजसेवी थापाद्धारा मुसिकोटमा खेल मैदान निर्माणका लागि १ लाख सहयोग

समाजसेवी थापाद्धारा मुसिकोटमा खेल मैदान निर्माणका लागि १ लाख सहयोग

Breaking News 2, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
सागर भण्डारी, गुल्मी । समाजसेवी लिल बहादुर थापाले गुल्मीको मुसिकोट नगरपालिका वडा न.-२ स्थित एक खेल मैदान निर्माणकालागि १ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । वडा नं २ भर्जुवा लुग्रुङ स्थित लुग्रुङ खेलमैदान निर्माणका लागि थापाले पठाउनुभएको उक्त सहयोग बिहिवार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । सहयोग रकम बराबरको चेक लुग्रुङ खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु बहादुर थापालाई पहलकर्ता एवम् सचिव दिपक नेपालीले हस्तान्तरण गर्नुभएको हो । त्यस्तै सोही अवसरमा वडा नं २ का वडाध्यक्ष रविन्द्र केसीले खेलमैदान निर्माणका लागि व्यक्तिगत रुपमा ४२ हजार रुपैयाँ सहयोग गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गरिएको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा अनलाईन मार्फत बोल्दै सहयोगी लिल बहादुर थापाले आफु नेपाल आएको समयमा उक्त ठाउँमा एउटा सार्वजनिक ठाउँ र खेल मैदान निर्माणको आवश्यकता देखेका...
आइतबारदेखि संसदको अवरोध हट्छ : प्रधानमन्त्री

आइतबारदेखि संसदको अवरोध हट्छ : प्रधानमन्त्री

Breaking news 1, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (आइतबार) संसदको अवरोध हट्ने बताएका छन् । आज (शनिबार) स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले संसद् गतिरोध अन्त्यका लागि आफू निरन्तर लागिरहेको बताए । उनले आज (शनिबार) पनि आफूले संसद् अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाए । शनिबार साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् बैठक सुसञ्चालन हुनेमा आफू आशावादी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘हामीले निरन्तर पहल गर्दै आएको तपाईंहरूलाई थाहा छँदैछ । हिजो मात्रै पनि सभामुखजी बालुवाटार नै उहाँ आउनु भयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौँ । आशा छ ...