मलद्वारबिहिन बालकलाई उपचारमा समाजसेवी पाण्डेको सहयोग
गुल्मी । गुल्मीमा आर्थिक अवस्था कमजोर भएर उपचार नपाएका मलद्वारबिहिन बालकलाई उपचारका लागि काठमाडौं पठाइएको छ । गुल्मीका समाजसेवी तथा अगुवा रक्तदाता धुव्र पाण्डेको सहयोगमा बिरामी बालकलाई उपचारका लागि पठाइएको हो ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर १४ रातामाटाका बाबुराम बिक र कमला बिकका सात वर्षीय छोरा आशिष बिकको जन्मदेखि नै मलद्वार थिएन । कम्मरको बायाँ तर्फमा प्वाल बनाएर दिसा गर्दै आएका आशिषको आर्थिक अवस्था कमजोर भएका कारण उपचार हुन सकेको थिएन ।
आशिषलाई उपचारको लागि गत कार्तिकमा गुल्मी अस्पताल ल्याइएको थियो । त्यस क्रममा रक्तदाता समाजसेवी धुव्र पाण्डेले बालकको अवस्था देखेपछि आफ्नै पहलमा उपचार गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले उपचारका लागि काठमाडौं मोडल अस्पतालमा लाग्ने करिब छ लाख रुपैयाँ सहजीकरण गरी जुटाएका छन् । १२ पुस २०७४ मा घरमै जन्मिएका आशिषको मलद्वार नै थिएन । उनको मूत्र...









