बडिगाडमा भिरबाट लडेर मृत्यु भएका गुरुङको परिवारलाई सहयोग
Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । खर बोक्ने क्रममा भिरबाट लडेर ज्यान गुमाएका बडिगाड गाउँपालिका वडा नं ५ दाँगका स्व. देविराम गुरुङको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
घरको अभिभावक गुरुङको मृत्यु भएपछि परिवारको विचल्ली भएको अवस्थाका बारेमा जिटिभि नेपालले केही महिना अगाडी भिडियो सामाग्री प्रशारण गरेको थियो । उक्त भिडियो सामाग्री हेरेपश्चात हाल हङकङमा रहनुहुने प्रितिका गुरुङले पठाउनुभएको नगद रु १० हजार रुपैयाँ जिटिभि नेपालले घरमै पुगेर हस्तान्तरण गरेको हो । गुरुङले यसभन्दा अगाडी पनि उक्त परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।
दैनिक ज्याला मजदुरी गरी परिवारको जिविकोपार्जन गर्दै आईरहेका स्व.देविरामको मृत्यु पछि उनका सन्तानको विचल्ली भएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा पुग्नुभएका बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले समेत उक्त परिवारलाई नगद रु १ हजार रुपैयाँ स...




