Amalabot Online

Author: Amalabot Online

मुसिकोट युवा क्लबले मुसिकोटका नागरिकलाई जीवनपयोगी प्रशिक्षण गराउदै

मुसिकोट युवा क्लबले मुसिकोटका नागरिकलाई जीवनपयोगी प्रशिक्षण गराउदै

Breaking news 1, लोकप्रिय, शिक्षा, समाचार, स्थानीय सरकार
सरीता पौडेल,गुल्मी:  मुसिकोट युवा क्लब मुसिकोट गुल्मीको आयोजनामा यहि जेष्ठ १० गते राष्ट्रिय प्रशिक्षकद्वारा “जीवन रुपान्तरणका लागि सकारात्मक सोच” विषयमा प्रशिक्षण मुसिकोटमा संचालन हुने भएको छ । पछिल्लो समयमा युवाहरुमा निरासाबादी सोच बढिरहेको तथा आफ्नो कामप्रती गर्व गर्ने अवस्था नरहने देखिएकोले जिवनमा सफल हुन सकारात्मक सोचले ठूलो प्रभाव पार्ने भएकोले यो प्रशिक्षणको आयोजना गरिएको क्लबका अध्यक्ष बसन्त अधिकारीले बताउनु भयो । प्रशिक्षणमा मुसिकोट नगरपालिका भित्रका ९ वटै वडाबाट केही गर्छु भन्ने सोच भएका युवाहरु, जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा विभिन्न संघ संस्थामा आवद्ध नागरिकहरुलाई थप कुशल कार्य सम्पादनका लागि सहभागी बन्नको लागि आमन्त्रण गर्ने क्लबका महासचिव बिष्णु प्रसाद आचार्य चकितले बताउनु भयो । सार्वजनिक कार्यक्रम भएकोले इच्छुक जो सुकैले ठिक समयमा उपस्थित भएमा निशुल्क...
वामी विश्व सम्पर्क मञ्चद्धारा ७ वटा विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति !

वामी विश्व सम्पर्क मञ्चद्धारा ७ वटा विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति !

Breaking News 2, शिक्षा, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । वामी विश्व सम्पर्क मञ्चले साविकको वामी गाउँविकास समिति भित्रका ७ वटा विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । मञ्चले प्रत्येक वर्ष उपल्लो कक्षाबाट उत्कृष्ट अंक ल्याउने १ जना छात्र र १ जना छात्रालाइ जेहन्दार छात्रवृत्ति र १ जनालाई विपन्न छात्रवृत्ति गरी एक विद्यालयका ३ जनालाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ । सोही कार्यक्रम बमोजिम आईतबार विद्यालयमै पुगेर छात्रवृत्ति प्रदान गरिएको वामी विश्व सम्पर्क मञ्चका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । जसमध्ये महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका वामीटक्सारमा ४ जना विद्यार्थी र शारदा विद्या मन्दिर माध्यमिक विद्यालय वामीमैदान, जनज्योति प्राथमिक विद्यालय सेरा, मालारानी प्रा.वि.मालारानी, भगवती प्राथमिक विद्यालय काफलटोला, खड्क देवि प्राथमिक विद्यालय भलेका तथा कृष्णनारायण प्राथमिक विद्यालय परुवाका ३...
स्वास्थ्य शिविरबाट चन्द्रकोटका झण्डै १८ सय नागरिक लाभान्वित

स्वास्थ्य शिविरबाट चन्द्रकोटका झण्डै १८ सय नागरिक लाभान्वित

Breaking news 3, शिक्षा, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको पदबहालीको २ बर्ष पूरा भएको उपलक्ष्यमा गुल्मीको चन्द्रकोट गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्ने उदेश्यले गाउँपालिकाले एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । शुक्रबार गाउँपालिकाको केन्द्र शान्तिपुरमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट सुगर, प्रेसर, थाइराईड्स, दम, पेट, छाती, यौनरोग, हाडजोर्नी तथा नशारोग, महिला प्रसुती तथा स्त्री रोग, छाला तथा यौन रोग यूरो सर्जन रोगका बिरामीले सेवा लिएको चन्द्रकोट गाउँपालिका उपाध्यक्ष विष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । फजिसियन सेवा तर्फ ५ सय ८०, हाडजोर्नी तथा नशारोग तर्फ ३ सय ४७ जना महिला प्रसुती तथा स्त्री रोग तर्फ १ सय ६० युरो सर्जन तर्फ २४, छाला तथा यौन र आँखा उपचारमा १५९, प्र...
गुल्मी मोडल हस्पिटलद्वारा आगलागी पीडितको नि:शुल्क उपचार

गुल्मी मोडल हस्पिटलद्वारा आगलागी पीडितको नि:शुल्क उपचार

Breaking news 1, शिक्षा, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । गुल्मी मोडल हस्पिटल प्रालि तम्घासले आगोलागी पीडितको नि:शुल्क उपचार गरेको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर- ४ निवासी ४० वर्षकी शान्ति दर्जीको अस्पतालले नि: शुल्क उपचार गरिदिएको हो ।  गत वैशाख १० गते आगोलागीका कारणले घर जलेर नष्ट भएको थियो । दर्जीको स्वास्थ्यमा समस्या देेखिएकाकारण उपचारको लागि गुल्मी मोडल हस्पिटलमा लगिएको थियो । उपचारमा उहाँसँग उपचार गराउने आर्थिक रकमको समस्या भएपछि  नि: शुल्क उपचार गरिदिएको मेडिकल  सुपरिटेन्डेन्ट डाक्टर विपिन भण्डारीले बताउनुभयो । दर्जीको ल्याब, भिडियो एक्सरे, औषधीमा लागेको सम्पूर्ण रकम नि: शुल्क गरिएको हो । अस्पतालले नि: शुल्क रूपमा उपचार गरिदिएकोमा दर्जीले धन्यवाद दिनुभयो । दैवीप्रकोपमा परेर  उपचार गराउन नसक्नेलाई सामाजिक उत्तरदायित्व स्वरुप नि: शुल्क उपचार गरिएको डा. भण्डारीको भनाइ छ । अस्पतालले सामा...
गुल्मीको छत्रकोटमा उखु महोत्सव हुने 

गुल्मीको छत्रकोटमा उखु महोत्सव हुने 

Breaking News 2, समाचार, स्थानीय सरकार
गुल्मी । गुल्मीमा उखु महोत्सव हुने भएको छ । जिल्लाको छत्रकोट गाउँपालिकाको आयोजनामा एक दिने उखु महोत्सव हुने भएको छ । उखु खेतीलाई प्रवद्र्धन र बजारीकरणमा टेवा पुर्याउने उदेश्यले गाउँपालिकामा  वैशाख ७ गते एक दिने उखु महोत्सव हुन लागेको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताए । गाउँपालिकाले गतवर्ष सुन्तला महोत्सव गरेको थियो । पालिका भित्र मुख्य रुपमा उत्पादन हुँने सुन्तला र उखु खेतीले परिचित छ । कृषकलाई उखु खेतीमा आकर्षण र बजारीकरणमा टेवा पुर्याउने उदेश्यले गाउँपालिकाले यसवर्ष उखु महोत्सव गर्न लागेको पालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । कृषकको सम्मान र बजारीकरणमा टेवा पुर्याउने मुख्य उदेश्य पालिकाले लिएको अध्यक्ष पाण्डेको भनाइ छ । महोत्सवमा कृषकले उत्पादन गरेका उखुका परिकारहरु खुदो, गुडका विभिन्न परिकार प्रर्दशन गरिने भएको छ । उखुलाई पेल्ने तरिका र गुड खुदो तयार गर्ने तरिका...
गुल्मी मुसिकोटमा आगो निभाउने क्रममा लडेर १ जनाको मृत्यु

गुल्मी मुसिकोटमा आगो निभाउने क्रममा लडेर १ जनाको मृत्यु

Breaking news 1, समाचार, स्थानीय सरकार
गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–१ तल्लो पौदी स्थित सर्बोदय माविको जग्गाको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले बताउनुभयो । आगो निभाउने क्रममा घाइते घर्तिको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोहि ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा घाइते हुनुभएको छ । सल्लाघारीमा लागेको आगो निभाउने क्रममा आगोको ठुलो मुस्लो आफु तर्फ आई भाग्दा लडेर घाइते हुनुभएको थियो । घाइते थापाको गुल्मी अस्पतालमा उचार भइरहेको प्रहरीले जनाएको छ ।उहाँको अवस्था मध्यम रहेको छ । ...
गुल्मीका एक पुरुषको मुस्ताङमा लेक लागेर मृत्यु

गुल्मीका एक पुरुषको मुस्ताङमा लेक लागेर मृत्यु

लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । मुस्ताङको कागबेनीमा श्राद्ध गर्न गएका एक तीर्थालुको लेक लागेर मृत्यु भएको छ । गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर ७ घमिरका ६८ वर्षीय कृष्णप्रसाद लम्सालको सोमबार बिहान वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीधाममा पुजापाठ गर्ने क्रममा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङको धार्मिक स्थल कागबेनीधामको कालिगण्डकी किनारामा दिवंगत पितृको श्राद्ध, पिण्डदान र तर्पण दिनका लागि पूजापाठ र स्नान गरिरहेको बेला अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि उनी त्यही बेहोस भई ढलेका थिए । त्यसपछि उनलाई प्रहरी र स्थानीयबासीको सहयोगमा कागबेनी स्वाथ्यचौकी पुर्‍याइएको थियो। बेहोस भई ढलेका लम्साललाई कागबेनी स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि मुस्ताङ अस्पताल जोमसोम ल्याइएको थियो । स्वास्थ्य चेकजाँच गर्ने क्रममा सोमबार बिहान ८ बजेर ५० मिनेटको समयमा...
तानसेन १३ मा एकिकृत घुम्ति शिविर, २ हजार बढी लाभान्वित

तानसेन १३ मा एकिकृत घुम्ति शिविर, २ हजार बढी लाभान्वित

Breaking News 2, लोकप्रिय, समाचार, स्थानीय सरकार, स्वास्थ्य
पाल्पा, चैत २७।घरदैलोमा जनतालाई सबै प्रकारका सेवाहरु प्रवाह गर्ने उद्देश्यले तानसेन नगरपालिका १३ मा घुम्ति शिविर कार्यक्रम सञ्चालन गरिएको छ । एक दिने घुम्ती शिविरबाट दुई हजार बढी जनता लाभान्वित भएका छन् । तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जनतालाई घरदैलोमै कृषि, पशु, स्वास्थ्य, सिफारिस तथा घटना दर्ताका सेवा प्रदान गरिएको बताए । उनी भन्छन्, निर्वाचनको घोषणा पत्र अनुसारका कार्यक्रमलाई प्राथमिकता दिँदै काम गरिरहेका छौं । ग्रामीण इलाकाहरुलाई केन्द्रीत गरेर घुम्ति शिविरलाई निरन्तरता दिने योजना बनाएका छौं । विषयगत रुपमा प्रदान गरिएका सेवाको निम्न अवस्था रहेको छ । शिविरमा पशु सेवा तर्फ १ सय २ घरधुरीका ९ सय ५० पशुपंक्षीलाई सेवा प्रदान गरिएको छ । जसमा जुकामाटेको औषधी वितरण, गोबर नमूना परीक्षण र परामर्श सेवा दिइएको थियो । कृषि विकास सेवा तर्फ १ सय ६३ घरधुरीलाई तरकारी विऊ वि...
फर्साटिकरमा शुद्धोधन जुत्ता मेला सुरु,मेला बैशाख ५ सम्म चल्ने

फर्साटिकरमा शुद्धोधन जुत्ता मेला सुरु,मेला बैशाख ५ सम्म चल्ने

Breaking news 3, लोकप्रिय, समाचार, स्थानीय सरकार
फर्साटिकर रुपन्देही ।रुपन्देहीको शुद्धोधन ४ फर्साटिकरमा शुद्धोधन जुत्ता मेला सुरु भएको छ। नेपाली जुत्ता घरको आयोजनामा आयोजित मेलाको शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले उद्घाटन गर्नुभयो ।कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले स्वदेशी उत्पादनलाई प्रवद्धन गर्नुपर्ने बताउनुभयो ।उहाले नेपालमै उत्पादन भएका जुत्ता तथा चप्पल मेलाले पश्चिम क्षेत्रका जनता लाभान्वित हुने बताउनुभयो ।अध्यक्ष बस्यालले मेलाको प्रचारप्रसार गरि जतिसक्दो उपभोक्ता सामु पुर्‍याउन सबैलाइ आग्रह गर्नुभयो । शुद्धोधन गाउँपालिका प्रवक्ता एंव वडा न.४ का अध्यक्ष केशब प्रसाद अधिकारीले फर्साटिकरमा पहिलोपटक लागिरहेको मेलामा जुत्ता तथा चप्पल जनताले सुपथ मुल्यमा खरिद गर्न पाउने विश्वास व्यक्त गर्नुभयो ।नेपाल जुत्ता उत्पादन संघका केन्द्रिय सदस्य चोला प्रसाद पाठकले ५ कम्पनीले उत्पादन गरेका ९ प्रकारका जुत्ता चप्पल विक्...
शुद्धोधनमा कपडा बैंक सञ्चालनमा

शुद्धोधनमा कपडा बैंक सञ्चालनमा

Breaking news 1, समाचार, स्थानीय सरकार
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा कपडा बैंक (क्लोथ बैंक) सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बश्याल, उपाध्यक्ष शान्तादेवी ज्ञवाली, प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर घर्ती लगायतले कपडा बैंकको उद्घाटन गरे । क्लोथ एण्ड फूड बैंक नेपालले शुद्धोधन गाउँपालिकाको सहकार्यमा कपडा बैंक स्थापना गरेको हो । सोही अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष बश्यालले कपडाविहीनलाई कपडा दिने र कपडाविहीन मुक्त गर्ने पुण्य कार्यमा जोडिन सबैलाई आग्रह गरे । कपडा बैंकमा जम्मा हुने कपडाले दुःखी र विपन्न वर्गहरुलाई धेरै सहज हुने उनको विश्वास छ । समाज परिर्वतनका लागि युवाले सुरु गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफु जोडिन पाउँदा खुसी व्यक्त गरे ।गाउँपालिका उपाध्यक्ष ज्ञवालीले कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्ने भन्दै घर...