Amalabot Online

Breaking News 2

मुसिकोट नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एक लाख सहयोग गर्ने

मुसिकोट नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एक लाख सहयोग गर्ने

Breaking News 2, खेलकुद, समाचार
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एक लाख सहयोग गर्ने निणर्य गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकको निणर्य बमोजिम भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने निणर्य गरिएको नगर प्रवक्ता एवम् वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिनुभयो । जाजरकोट आसपास केन्द्र बिन्दु बनाएर कार्तिक १७ गते मध्यराति बिनासकारी भुकम्प गएको थियो । जसका कारण ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली ब्यक्त र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना सहित सरकारको एकद्धार नीति प्रणाली बमोजिम प्रधानमन्त्री राहत कोषमा एक लाख पठाउने निणर्य कार्यपालिकाको बैठकबाट गरिएको हो । भूकम्प प्रभावित क्षेत्रमा केही भएपनि राहत महसुस होस् भन्ने हेतुले सहयोग गरिएको प्रवक्ता सापकोटाले बताउनुभयो । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा एक सय ५३ जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् । ...
गुल्मीमा बुधबार देखि सम्पर्क विहीन राजु मृत फेला

गुल्मीमा बुधबार देखि सम्पर्क विहीन राजु मृत फेला

Breaking News 2, खेलकुद, समाचार
गुल्मी । गुल्मीमा बुधबार साँझदेखि सम्पर्कविहीन रहेका २८ वर्षीय राजु मृत फेला परेका छन् ।कालीगण्डकी गाउँपालिका- १ बकेवाका भट्टराई शनिबार बिहान मृत परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । हर्मिचौरमा रहेको हनुमान पार्कको नजिकै सडकदेखि मुनि पल्सर बाइकसँगै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।निजको शवलाई स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा लगिएको पाण्डेले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ...
बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

Breaking News 2, समाचार
बागलुङ। बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत ढोरपाटन नगरपालिका-२ मलकटिबाङमा ध १ ज ९९४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।दुर्घटनामा परी ट्याक्सीमा सवार बागलुङ जिल्ला ढोरपाटन नगरपालिका-२ पाखुटे बस्ने २८ बर्षिय होम बहादुर पुन र बडिगाड गाउँपालिका ६ छिसफाटका-३२ बर्षिय अस्विन परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिका जाँदै गरेको ट्याक्सी सडक देखि एक सय मिटर तल खसेको उहाँले बताउनुभयो । ...
भलिवल कप २०८० : दुबै उपाधी सत्यवतीले चुम्यो

भलिवल कप २०८० : दुबै उपाधी सत्यवतीले चुम्यो

Breaking News 2, खेलकुद, मनोरन्जन, लोकप्रिय, समाचार
गुल्मी । प्रथम भलिबल कप २०८० मा कालिपार भनेर चिनिने सत्यवति र कालिगण्डकी गाउँपालिकाका खेलाडीले उत्कृष्ट प्रर्दशन गरेका छन् । निर्वाचन क्षेत्रका हिसावले भलिवलमा क्षेत्र नं २ कम्जोर देखिएको छ । पुरुष तर्फको तृतिय पुरस्कार मुसिकोटले सान्त्वना मात्रै पायो । त्यो बाहेक क्षेत्र नं २ ले महिला पुरुषका सवै अवसर गुमायो । क्षेत्र नं १ तर्फ गुल्मी दरवारले महिला तर्फको तृतिय र रुरुले सान्त्वनामा चित्त बुझाएर प्रमुख अवसर बडिगाड र कालिपारका पठाउनुको विकल्प देखिएन । महिला तथा पुरुष तर्फका दुवै उपाधी सत्यवति गाउँपालिकाको पोल्टामा परेका छन् । यो बिरलै प्राप्त हुने अवसर हो । उपाधीसंगै सत्यवतिले खेल क्षेत्रमा राम्रो संभावना देखाएको छ । १५ कार्तिकबाट जिल्ला भलिबल संघ गुल्मीले पालिकास्तरिय भलिवल प्रतियोगीता आयोजना गरेको थियो । प्रतियोगीतामा सत्यवति गाउँपालिकाका महिला र पुरुषतर्फका खेलाडीले उत्कृष्ट खेल ...
गुल्मीमा आजदेखि पुरुष तथा महिलाको पालिका स्तरीय भलिबल प्रतियोगिता

गुल्मीमा आजदेखि पुरुष तथा महिलाको पालिका स्तरीय भलिबल प्रतियोगिता

Breaking News 2, खेलकुद, समाचार, स्वास्थ्य
गुल्मी: गुल्मीमा आजदेखि पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै छ। आजदेखि उपल्लो तम्घासमा सुरु हुन लागको महोत्सवमा १२ वटै स्थानीय तहका पुरुष र महिला गरी २१ टिमबीच प्रतिस्पर्धा हुने जिल्ला भलिबल संघका अध्यक्ष राजन कुँवरले जानकारी दिए। कार्तिक १८ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले पुरुषतर्फ नगद ७७ हजार ७७७ सहित ट्रफी, कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५, तृतीय पुरस्कार ३३ हजार ३ सय ३३ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ सहित कप मेडल र प्रमाणपत्र रहेको जिल्ला भलिबल संघ गुल्मीका महासचिव नारायण आचार्यले जानकारी दिए । यस्तै महिला तर्फ प्रथम पुरस्कार ३५ हजार दृतिय पुरस्कार २५ हजार तृतीय पुरस्कार १५ हजार र सान्त्वना पुरस्कार १० हजार सहित शिल मेडल प्रमाणपत्र रहेको छ । कपको मुख्य प्रायोजक गुल्मीकै पहिलो अन्तर्राष्ट्रिय भलिबल खेलाड...
कर्मचारी संगठनको आयोजनमा दशैं शुभकामना आदानप्रदान

कर्मचारी संगठनको आयोजनमा दशैं शुभकामना आदानप्रदान

Breaking News 2, लोकप्रिय, शिक्षा, समाचार
गुल्मी : नेपाल निजामती कर्मचारी संगठनको आयोजनमा शुभकामना आदानप्रदान सम्पन्न भएको छ । बिजया दशमी, तिहार, नेपाल सम्बत तथा छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री एवम नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवाली, विशिष्ट अतिथि प्रतिनिधि सभाका सदस्य सूर्य थापा, नेकपा एमाले लुम्विनी प्रदेश सदस्य कृष्ण सुनार, नेकपा एमाले गुल्मीका अध्यक्ष वालसिङ्ग काउछा , सचिव गणेश श्रीपाली, प्रेस चाैतरी पुर्व अध्यक्ष राजेन्द्र अर्याल कर्मचारी संगठनका लुम्बिनी प्रदेश ईन्चार्ज दधिराम मरासिनी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम नेपाल निजामति कर्मचारी संगठनका जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष भिमलाल खनालको अध्यक्षता तथा लालमणि भण्डारीको संचालनमा सम्पन्न भएको थियो।प्रमुख अतिथि ज्ञवालीले कर्मचारीमैत्री संघीय निजामति सेवा ऐन ल्याउ...
मुसिकोटका अधिकांश पसलमा म्याद गुज्रेका सामाग्री फेला

मुसिकोटका अधिकांश पसलमा म्याद गुज्रेका सामाग्री फेला

Breaking news 1, Breaking News 2, लोकप्रिय, शिक्षा, समाचार
गुल्मी । नेपालीहरुका महत्वपूर्ण चाडपर्वहरु नजिकिएसंगै गुल्मीको मुसिकोट नगरपालिकाले नगरपाालिका भित्र सञ्चालित विभिन्न व्यापार व्यवसायहरुको अनुगमन सुरु गरेको छ ।चाडपर्वको समयमा उपभोक्ताहरुमाथि हुने ठगी नियन्त्रण गर्ने र सचेतना प्रदान गर्ने उद्धेश्यले मंगलबार वडा नं ५ को ईन्द्रेगौँणा र तल्लाफाँट तथा वामी वडा नं २ को देउराली तथा वडा नं ३ को मैदान लगायतका मुख्य बजार क्षेत्रका पसल व्यवसायहरुको अनगुमन गरिएको हो । मुसिकोट नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७४ बमोजिम नगरपालिकाको अनुगमन समितिले चाडपर्व केन्द्रित गरेर खाद्यान्न पसलहरुको अनुगमन गरेको हो । दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा केन्द्रित रही बजार अनुगमन तथा निरीक्षण गरिएको नगरपालिकाका प्रशासन सहायक सुमन खरेलले जानकारी दिनुभयो । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा ...
बबडिगाड गाउँपालिकाको बजार अनुगमन : दोश्रो दिन ४३ पसलको अनुगमन

बबडिगाड गाउँपालिकाको बजार अनुगमन : दोश्रो दिन ४३ पसलको अनुगमन

Breaking News 2, लोकप्रिय, शिक्षा, समाचार, स्थानीय सरकार
बडिगाड । नेपालीहरुको महत्वपूणर् चाडपर्वहरु दशै तिहार नजिकिँदै गर्दा उपभोक्तालाई ठगिनबाट बँचाउन बागलुङको बडिगाड गाउँपालिकाले सोमबारबाट सुरु गरेको बजार अनुगमन आज मंगलबार पनि जारी रहेको छ । गाउँपालिकाले सोमबार मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने पालिकाका मुख्य बजार क्षेत्रका पसल व्यवसायहरुको अनुगमन गरेको थियो भने आज वडा नं ५, ६ र ७ का बजारहरुमा अनुगमन गरिएको हो । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले यसलाई न्यूनिकरण गर्न र व्यापारी तथा उपभोक्तालाई सचेत बनाउन बजार अनुगमन थालिएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो । गाउँपालिकाले खाद्यान्न, इन्धन, लत्ताकपडा, औषधी पसल, माछा मासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको हो । झण्डै ४३ वटा पसलमा गरिएक...
समाजसेवी थापाद्धारा मुसिकोटमा खेल मैदान निर्माणका लागि १ लाख सहयोग

समाजसेवी थापाद्धारा मुसिकोटमा खेल मैदान निर्माणका लागि १ लाख सहयोग

Breaking News 2, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
सागर भण्डारी, गुल्मी । समाजसेवी लिल बहादुर थापाले गुल्मीको मुसिकोट नगरपालिका वडा न.-२ स्थित एक खेल मैदान निर्माणकालागि १ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । वडा नं २ भर्जुवा लुग्रुङ स्थित लुग्रुङ खेलमैदान निर्माणका लागि थापाले पठाउनुभएको उक्त सहयोग बिहिवार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । सहयोग रकम बराबरको चेक लुग्रुङ खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु बहादुर थापालाई पहलकर्ता एवम् सचिव दिपक नेपालीले हस्तान्तरण गर्नुभएको हो । त्यस्तै सोही अवसरमा वडा नं २ का वडाध्यक्ष रविन्द्र केसीले खेलमैदान निर्माणका लागि व्यक्तिगत रुपमा ४२ हजार रुपैयाँ सहयोग गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गरिएको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा अनलाईन मार्फत बोल्दै सहयोगी लिल बहादुर थापाले आफु नेपाल आएको समयमा उक्त ठाउँमा एउटा सार्वजनिक ठाउँ र खेल मैदान निर्माणको आवश्यकता देखेका...