Amalabot Online

लोकप्रिय

गुल्मी मुसिकोटमा ठूलो धन राशीको मेयर रनिङ्ग कपको तैयारी अन्तिम चरणमा_भोली देखि संचालन हुने

गुल्मी मुसिकोटमा ठूलो धन राशीको मेयर रनिङ्ग कपको तैयारी अन्तिम चरणमा_भोली देखि संचालन हुने

Breaking news 3, लोकप्रिय, समाचार
गुल्मी: मुसिकोट मेयर रनिङ्ग कप- २०८० अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता कार्यक्रमको तैयारी अन्तिम चरणमा पुगेको छ। बुधबार कार्तिक २२ गते देखि कार्तिक २४ गते सम्म हुने मुसिकोट मेयर रनिङ्ग कप-२०८० अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता पहिलो पटक मुसिकोटमा भएको कुरा मुसिकोट नगर खेलकुद बिकास समिति अध्यक्ष सन्दिप खत्री क्षेत्रीले बताउनु भयो। अध्यक्ष खत्रीले ठूलो धन राशिका बिच अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिताको लागि मंगलबार कार्तिक २१ गते मध्यान्ह १२ बजे सम्म दर्ता गर्न सकिने कुरा र मुसिकोट मेयर रनिङ्ग कप- २०८० लाई सफल, भब्य र सब्य रुपमा सम्पन्न गर्नका निमित्त देशका सम्पुर्ण स्थानीय तहलाइ पत्रचार गरिएको कुरा विभिन्न मिडियामा बताउनुभएको भएको छ। खत्रीका अनुसार मुसिकोटका अनेकौ राष्ट्रिय गहना र पर्यटकीय क्षेत्र, सामाजिक विकास, कृषि,उद्योग इत्याद...
भलिवल कप २०८० : दुबै उपाधी सत्यवतीले चुम्यो

भलिवल कप २०८० : दुबै उपाधी सत्यवतीले चुम्यो

Breaking News 2, खेलकुद, मनोरन्जन, लोकप्रिय, समाचार
गुल्मी । प्रथम भलिबल कप २०८० मा कालिपार भनेर चिनिने सत्यवति र कालिगण्डकी गाउँपालिकाका खेलाडीले उत्कृष्ट प्रर्दशन गरेका छन् । निर्वाचन क्षेत्रका हिसावले भलिवलमा क्षेत्र नं २ कम्जोर देखिएको छ । पुरुष तर्फको तृतिय पुरस्कार मुसिकोटले सान्त्वना मात्रै पायो । त्यो बाहेक क्षेत्र नं २ ले महिला पुरुषका सवै अवसर गुमायो । क्षेत्र नं १ तर्फ गुल्मी दरवारले महिला तर्फको तृतिय र रुरुले सान्त्वनामा चित्त बुझाएर प्रमुख अवसर बडिगाड र कालिपारका पठाउनुको विकल्प देखिएन । महिला तथा पुरुष तर्फका दुवै उपाधी सत्यवति गाउँपालिकाको पोल्टामा परेका छन् । यो बिरलै प्राप्त हुने अवसर हो । उपाधीसंगै सत्यवतिले खेल क्षेत्रमा राम्रो संभावना देखाएको छ । १५ कार्तिकबाट जिल्ला भलिबल संघ गुल्मीले पालिकास्तरिय भलिवल प्रतियोगीता आयोजना गरेको थियो । प्रतियोगीतामा सत्यवति गाउँपालिकाका महिला र पुरुषतर्फका खेलाडीले उत्कृष्ट खेल ...
पश्चिम क्षेत्रकै ठुलो मेला : न्वागी मेला मसिंर ३ गतेदेखि सुरु हुने !

पश्चिम क्षेत्रकै ठुलो मेला : न्वागी मेला मसिंर ३ गतेदेखि सुरु हुने !

Breaking news 1, खेलकुद, मनोरन्जन, लोकप्रिय, समाचार
गुल्मी । पौँदीबासीहरुको महान पर्व न्वागी पर्वको अवसरमा आयोजना हुने न्वागी मेला मसिंर ३ गतेदेखि सुरु हुने भएको छ । बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा पर्ने पौंदी क्षेत्रका स्थानीयले न्वागी पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । घरमा नयाँ अन्न भित्र्याएको खुसीयालीमा न्वागी खाने प्रचलन रहेको छ । न्वागी पर्वलाई अझै उल्लासमय बनाउन पौँदी न्वागी मेला तथा संस्कृती संरक्षण समितिले प्रत्येक वर्ष साँस्कृतिक, खेलकुद र अन्य मनोरञ्जनात्मक कार्यक्रम सहित न्वागी मेला आयोजना गर्दै आईरहेको छ । यसवर्ष पनि यही मसिंर ३ गतेदेखि ८ गतेसम्म न्वागी मेला आयोजना गरिएको समितिका अध्यक्ष गुणानिधि घिमिरेले जानकारी दिनुभयो । मेलाको अवसरमा १ लाख १५ हजार राशि पुरस्कारको पुरुष भलिबल प्रतियोगीतासगैं, रेकर्ड डान्स, लाखे नाँच, नौमती बाजा, समुहगत रेकर्ड डान्स,सोरठी...
शान्तिपुरमा मनिषा मृत्यु प्रकरणः बलात्कार पछि हत्या आशंका

शान्तिपुरमा मनिषा मृत्यु प्रकरणः बलात्कार पछि हत्या आशंका

Breaking news 1, लोकप्रिय, समाचार
प्रेम सुनार गुल्मी, कार्तिक १७ । शुक्रबार गुल्मीको शान्तिपुरस्थित हुग्दीखोलाको बिच भागमको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी १५ बर्षिया किशोरी मनिषा रुचालको मृत्यु घटनालाई परिवारजनले बलात्कार पछि हत्या भएको आशंका गरेका छन । चन्द्रकोट गाउँपालिका–४ डाँडाबन माईती घर भएकी धनमाया रुचालकी छोरी मनिषा आमा सहित शान्तिपुरको श्रीलंकाटोलमा डेरामा बस्दै शान्तिपुरको उदय मावि कक्षा ९ मा पढ्दै आएकी थिईन् । विहिबार विहानै देखि घर देखि पारी पट्टि खेतमा आमा सहित धान झाँट्ने काम गर्न गएी थिईन । साथमा सातआठ जना पुरुष पनि रहेको बताईन्छ । काम गर्ने थलोबाट खेतलालाई सुर्ति किन्न भनि पसल हिडेकी दिउँसो करिव साढे ११ बजे देखि अज्ञात देखिन्छ । आमा धनमायाँ भन्छिन –‘ दिउँसो त्यस्तै ११ बजेतिर काम गर्ने मान्छेलाई सुर्ति किन्न भनि पठाएँकी थिएँ तर फर्केर आईन । धेरै बेर नआए पछि कोठा नजिकैका मानिसहरुलाई फोन गरेर पनि...
गुल्मीको वामीकोटमा दाताहरुको सहयोगमा निर्मित प्रवेशद्वार, घण्टा र खुँडाको उद्घाटन

गुल्मीको वामीकोटमा दाताहरुको सहयोगमा निर्मित प्रवेशद्वार, घण्टा र खुँडाको उद्घाटन

Breaking news 1, लोकप्रिय, शिक्षा, समाचार
गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका वडा नं-८ वामीमैदानमा अवस्थित खड्क निशान देवी कोत मन्दिर (वामी कोत) मन्दिरमा विभिन्न दाताहरुको सहयोगमा निर्मित प्रवेशद्धार, घण्टा र खुडाको उद्घाटन गरिएको छ। खड्क निशान देवी कोट मन्दिर व्यवस्थापन समितिले एक कार्यक्रमको आयोजना गरी उक्त संरचनाहरुको समुद्घाटन गरेको हो । नवनिर्मित प्रवेशद्धार संगै खुडाको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल र घण्टाको पूर्वनगरप्रमुख सोमनाथ सापकोटाले उद्घाटन गर्नुभएको हो ।मुसिकोट नगरपालिका वडा नं ८ निवासी स्व. हरिलाल सापकोटा र बुद्धिकला सापकोटाको स्मृतीमा छोराहरु कृष्ण सापकोटा र सुदिप सापकोटाले झण्डै २२ लाख लागतमा कोत मन्दिर प्रवेशद्धार निर्माण गरिदिनुभएको हो। त्यस्तै वडा नं ८ दाल्का दिगामी परिवारबाट स्व. बुबा मोतिलाल सापकोटा र स्व. आमा तनकला सापकोटाको स्मृतीमा आमा कृष्णा कुमारी सापकोटा, छोरा बुहारीहरु कृष्ण साप...
वामी बिश्व सम्पर्क मञ्च र मुसिकोट युवा क्लवको संयुक्त आयोजनामा सराय नाच प्रतियोगिता हुदै

वामी बिश्व सम्पर्क मञ्च र मुसिकोट युवा क्लवको संयुक्त आयोजनामा सराय नाच प्रतियोगिता हुदै

Breaking news 3, लोकप्रिय, शिक्षा, समाचार
गुल्मी। वामी बिश्व सम्पर्क मञ्च नौमती साँस्कृतिक समिति (WWCF-९CC) र मुसिकोट युवा क्लव (MYC)को संयुक्त आयोजनामा सराय नाच प्रतियोगिता हुने भएको छ। गुल्मी मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सारमा प्रतियोगिता गर्ने गरि तयारी गरिएको बताइएको छ। विजया दशमीको पुर्णिमापछि द्वितीय तिथिको दिनमा आउदो कार्तिक १३ गते प्रतियोगिता गरिने सम्पर्क मंच नौमती सास्कृतिक समुहका संयोजक बैकुण्ठ रायमाझीले जानकारी दिनुभयो। बिस्तारै ओझेलमा पर्न लागेका धार्मिक तथा ऐतिहासिक महत्व बोकेका सास्कृतिक कार्यक्रम पुस्तान्तरण गर्नुपर्ने र बचाई राख्नुपर्ने भन्दै दुइवटा सस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको मंचका महासचिव हेमनाथ खरालले बताउनुभयो। विगत केहिवर्ष अगाडिदेखि दशैको पुर्णिमाको पर्सीपल्ट कार्तिक कृष्ण द्वितीय तिथिको दिनमा एक वर्ष बिराएर गर्दै आइरहेको नौमती बाजासंग अबदेखि आलोपालो गरि एकवर्ष नौमती बाजा र अर्को ...
गुल्मीमा दशैंको मुखैमा दानदातालाई सम्मान र निम्न परिवारलाई खाद्यान्न सामग्री वितरण

गुल्मीमा दशैंको मुखैमा दानदातालाई सम्मान र निम्न परिवारलाई खाद्यान्न सामग्री वितरण

Breaking news 1, लोकप्रिय, शिक्षा, समाचार
गुल्मी।। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ इन्द्रेगौडा स्थित वरदान सामुदायिक शहरी स्वास्थ केन्द्रमा केहि समय अगि बनेको नयाँ पार्किङ स्थलमा करिब ३०/३० फिट लामो दुई वटा फलामको बेन्जी आज मात्र उद्घाटन भएको छ। दशैं लक्षित शुभकामना आदानप्रदान कार्यक्रम मै दानदाताहरुको सहयोगबाट बनेको दुई वटा बेन्ची नगरपालिकालाई हस्तान्तरण तथा गरिब, निमुखा, अपांगता तथा दशैंमा चुलो सम्म बोल्न धौ-धौ हुने परिवारको लागि दशैं र तिहार सम्म पुग्ने रासन औपचारिक कार्यक्रमका बिच बितरण र दानदातालाई सम्मान गरिएको हो। वडा नम्बर ५ धुमी निवासी हाल वैदेशिकका लागि बेलायतमा बस्दै आउनु भएका स्व.पिता शिवलाल खराल र माता मनकला खरालको सम्झनामा छोरा डिएन खराल र बुहारी मन्जु खराल र सोही वडाकै भुकुवामा बस्ने हरिलाल खरालले अगाडि रहेको एम्बुलेन्स पार्किङको कुना र छेउमा बार हुने गरि सेवा लिन आउने बिरामीहरुको भिडमा हुने बेथा र म...
कर्मचारी संगठनको आयोजनमा दशैं शुभकामना आदानप्रदान

कर्मचारी संगठनको आयोजनमा दशैं शुभकामना आदानप्रदान

Breaking News 2, लोकप्रिय, शिक्षा, समाचार
गुल्मी : नेपाल निजामती कर्मचारी संगठनको आयोजनमा शुभकामना आदानप्रदान सम्पन्न भएको छ । बिजया दशमी, तिहार, नेपाल सम्बत तथा छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री एवम नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवाली, विशिष्ट अतिथि प्रतिनिधि सभाका सदस्य सूर्य थापा, नेकपा एमाले लुम्विनी प्रदेश सदस्य कृष्ण सुनार, नेकपा एमाले गुल्मीका अध्यक्ष वालसिङ्ग काउछा , सचिव गणेश श्रीपाली, प्रेस चाैतरी पुर्व अध्यक्ष राजेन्द्र अर्याल कर्मचारी संगठनका लुम्बिनी प्रदेश ईन्चार्ज दधिराम मरासिनी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम नेपाल निजामति कर्मचारी संगठनका जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष भिमलाल खनालको अध्यक्षता तथा लालमणि भण्डारीको संचालनमा सम्पन्न भएको थियो।प्रमुख अतिथि ज्ञवालीले कर्मचारीमैत्री संघीय निजामति सेवा ऐन ल्याउ...
गुल्मीमा डोजरले मान्छे मारेको घ,टना गुपचाप गर्ने प्रयास_डोजरको नम्बर समेत फरक

गुल्मीमा डोजरले मान्छे मारेको घ,टना गुपचाप गर्ने प्रयास_डोजरको नम्बर समेत फरक

Breaking news 1, लोकप्रिय, शिक्षा, समाचार
गुल्मी: डोजरले हानेर मान्छे मारिन्छ । अनि घटनालाई सामन्यकरण गराउन प्रयासका साथ सञ्चार माध्यममा अर्कै समाचार टिपाईन्छ । यस्तै गरियो बुधबार गुल्मीको पराल्मी गाउँमा । बुधबार दिउँसो एक बजेर २० मिनेट जाँदा रेसुङ्गा नगरपालिका १४ पराल्मीको तारनेटा टापु जोडने सडक मर्मत गर्न लु १ क २३६४ नम्वरको जेसिभी अर्थात डोजरले हानेर स्थानीय ९२ बर्षीय कृष्णबहादुर सुनारलाई मारियो। तर प्रहरीबाट पुष्टी गर्नु पर्ने समाचार त्यता पुष्टी नगराई त्यहाँका वडाध्यक्ष धनबहाद्ुर थापालाई उदृत गर्दै डोजरले चलाईको ढुङ्गाले किचेर सुनारको मृत्यु भएको समाचार बाहिरिए पछि पिडित परिवार थप पिडित हुँदै बिहिबार जिल्ला प्रहरी कार्यालयमा आई आक्रोष ब्यक्त गर्दै थिए । दशैको सडक मर्मत सम्भार गर्न चलाईएको डोजरले सुनार परिवारको दशैं खोसियो । दशैं मान्ने तयारी गरेका सुनार । जसले सबैको सडक सुविधाका लागि सबैले भन्दा बढि जग्गा दिए । ...
मुसिकोटका अधिकांश पसलमा म्याद गुज्रेका सामाग्री फेला

मुसिकोटका अधिकांश पसलमा म्याद गुज्रेका सामाग्री फेला

Breaking news 1, Breaking News 2, लोकप्रिय, शिक्षा, समाचार
गुल्मी । नेपालीहरुका महत्वपूर्ण चाडपर्वहरु नजिकिएसंगै गुल्मीको मुसिकोट नगरपालिकाले नगरपाालिका भित्र सञ्चालित विभिन्न व्यापार व्यवसायहरुको अनुगमन सुरु गरेको छ ।चाडपर्वको समयमा उपभोक्ताहरुमाथि हुने ठगी नियन्त्रण गर्ने र सचेतना प्रदान गर्ने उद्धेश्यले मंगलबार वडा नं ५ को ईन्द्रेगौँणा र तल्लाफाँट तथा वामी वडा नं २ को देउराली तथा वडा नं ३ को मैदान लगायतका मुख्य बजार क्षेत्रका पसल व्यवसायहरुको अनगुमन गरिएको हो । मुसिकोट नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७४ बमोजिम नगरपालिकाको अनुगमन समितिले चाडपर्व केन्द्रित गरेर खाद्यान्न पसलहरुको अनुगमन गरेको हो । दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा केन्द्रित रही बजार अनुगमन तथा निरीक्षण गरिएको नगरपालिकाका प्रशासन सहायक सुमन खरेलले जानकारी दिनुभयो । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा ...